2026-10-26 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कता नेपाली ?’ छोटो भिडियो प्रतियोगिताको लागि आबेदन खुल्ला

मङ्सिर २०, वाशिंगटन डि.सी | गैर सरकारी संस्था कोड फर नेपालले रु. ३०,००० पुरस्कार राशी सहितको एक छोटो भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको शीर्षक “कता नेपाली ?” राखिएको छ | यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा ” नेपालीहरु नेपालको भविस्यको बारे कस्तो सपना र सम्भावना देखछन्? ” भन्ने  बिषयमा रचनात्मक  छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ।

कोड फर नेपालले यस प्रतियोगितामा, नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सो भन्दा माथिका नेपाली भिडियोग्राफरहरु बाट सहभागिताको आशा गरेको छ। भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न पाइनेछ।

प्रतियोगितामा डिसेम्बर ७ – डिसेम्बर ३१, २०१७ को समयाबधि भित्र पेश गरिएका भिडियो मात्र स्वीकार गरिनेछ । प्रतियोगिताका लागि पेश गरिएका प्रस्तुतिहरु www.codefornepal.com/katanepali मार्फत संकलन गरिनेछ। प्रतियोगिताका अन्तिम निर्णय फेब्रुअरी १४,  २०१८ मा घोषणा गरिनेछ|

रोसन घिमिरे, कोड फर नेपालका साझेदारी तथा मिडिया प्रबन्धक भन्छन् “विजेताको चयन मौलिकता तथा भिडियोले दिन खोजेको सन्देशको स्पष्टताका आधारमा हुनेछ” |  घिमिरे भन्छन ” हामी सहभागीहरुद्वारा पेश गरिएका फोटो वा भिडियोको स्तरीयता भन्दा तत्व  र भाव लाइ महत्व दिनेछौ |  “ नेपालको जनसंख्या पहिलो पल्ट ठुलो पुस्तान्तर बाट गुज्रिरहेको छ। सचेत युवा वर्गकोको संख्या ठुलो छ, जो आफ्नो धेरै समय सामाजिक संजाल र इन्टरनेटमा  बिताउछन्। यो प्रतियोगिताले  नेपालको उज्ज्वल भबिष्य र नेपालमा  सम्भावना देख्ने सबै सचेत नेपालीलाइ एक ठाउँमा ल्याउने छ।” घिमिरे भन्छन |

प्रतियोगिताका अन्तिम निर्णय फेब्रुअरी १४,  २०१८ मा घोषणा गरिनेछ| भिडियो प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार विजेतालाई रु. २०,००० प्रदान गरिनेछ भने द्वितीय र तृतीय स्थानका विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

घिमिरे भन्छन् “अहिलेको सुचना प्रबिधिको युगमा, सामाजिक संजालमा हुने सार्थक संबादले नेपाल जस्तो बहुभाषिक, बहुजातीय, बहु सास्कृतिक देशको समाज बलियो बनाउन अहम भूमिका खेल्छ। हामीले आयोजना गरेको “कता नेपाली?” ले  यो  बहसलाइ अझ  बलियो बनाउने छ।”

कोड फर नेपाल नेपालमा डिजिटल साक्षरता तथा खुला डाटाको प्रयोग बढाउनका लागि युनाइटेड स्टेट्स अफ अमेरिकामा दर्ता गरिएको  एउटा  501(c)(3) गैर सरकारी संस्था हो|

थप जानकारीका लागि हाम्रो संचार समूह लाई [email protected] मा सम्पर्क गर्नुहोला |

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने