2026-09-08 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कता नेपाली ?’ छोटो भिडियो प्रतियोगिताको लागि आबेदन खुल्ला

मङ्सिर २०, वाशिंगटन डि.सी | गैर सरकारी संस्था कोड फर नेपालले रु. ३०,००० पुरस्कार राशी सहितको एक छोटो भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको शीर्षक “कता नेपाली ?” राखिएको छ | यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा ” नेपालीहरु नेपालको भविस्यको बारे कस्तो सपना र सम्भावना देखछन्? ” भन्ने  बिषयमा रचनात्मक  छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ।

कोड फर नेपालले यस प्रतियोगितामा, नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सो भन्दा माथिका नेपाली भिडियोग्राफरहरु बाट सहभागिताको आशा गरेको छ। भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न पाइनेछ।

प्रतियोगितामा डिसेम्बर ७ – डिसेम्बर ३१, २०१७ को समयाबधि भित्र पेश गरिएका भिडियो मात्र स्वीकार गरिनेछ । प्रतियोगिताका लागि पेश गरिएका प्रस्तुतिहरु www.codefornepal.com/katanepali मार्फत संकलन गरिनेछ। प्रतियोगिताका अन्तिम निर्णय फेब्रुअरी १४,  २०१८ मा घोषणा गरिनेछ|

रोसन घिमिरे, कोड फर नेपालका साझेदारी तथा मिडिया प्रबन्धक भन्छन् “विजेताको चयन मौलिकता तथा भिडियोले दिन खोजेको सन्देशको स्पष्टताका आधारमा हुनेछ” |  घिमिरे भन्छन ” हामी सहभागीहरुद्वारा पेश गरिएका फोटो वा भिडियोको स्तरीयता भन्दा तत्व  र भाव लाइ महत्व दिनेछौ |  “ नेपालको जनसंख्या पहिलो पल्ट ठुलो पुस्तान्तर बाट गुज्रिरहेको छ। सचेत युवा वर्गकोको संख्या ठुलो छ, जो आफ्नो धेरै समय सामाजिक संजाल र इन्टरनेटमा  बिताउछन्। यो प्रतियोगिताले  नेपालको उज्ज्वल भबिष्य र नेपालमा  सम्भावना देख्ने सबै सचेत नेपालीलाइ एक ठाउँमा ल्याउने छ।” घिमिरे भन्छन |

प्रतियोगिताका अन्तिम निर्णय फेब्रुअरी १४,  २०१८ मा घोषणा गरिनेछ| भिडियो प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार विजेतालाई रु. २०,००० प्रदान गरिनेछ भने द्वितीय र तृतीय स्थानका विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

घिमिरे भन्छन् “अहिलेको सुचना प्रबिधिको युगमा, सामाजिक संजालमा हुने सार्थक संबादले नेपाल जस्तो बहुभाषिक, बहुजातीय, बहु सास्कृतिक देशको समाज बलियो बनाउन अहम भूमिका खेल्छ। हामीले आयोजना गरेको “कता नेपाली?” ले  यो  बहसलाइ अझ  बलियो बनाउने छ।”

कोड फर नेपाल नेपालमा डिजिटल साक्षरता तथा खुला डाटाको प्रयोग बढाउनका लागि युनाइटेड स्टेट्स अफ अमेरिकामा दर्ता गरिएको  एउटा  501(c)(3) गैर सरकारी संस्था हो|

थप जानकारीका लागि हाम्रो संचार समूह लाई [email protected] मा सम्पर्क गर्नुहोला |

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल