Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिका आउने

२०७४, २७ मंसिर बुधबार ०३:४२

विजय थापा/मङ्सिर २७, अमेरिका l नया बर्ष २०१८ को लागि नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिकाको प्रत्यक्ष सांगीतिक यात्रा कार्यक्रम को लागि अमेरिका आउने भएका छन् l 

नेपाल आइडल टप थ्री युएस टुर नामक उक्त कार्यक्रम अमेरिकाका विभिन्न शहरहरुमा हुने तय भएको छ l केटिएम इनटरटेन्टमेन्ट को आयोजनामा हुने उत्कृष्ट ३ अमेरिका यात्रा नामक कार्यक्रम अमेरिकाका बिभिन्न राज्यहरुका बिभिन्न शहरहरुमा नया बर्ष २०१८ मा बेजोड प्रस्तुति हुने भएको छ l यस अघि उनीहरुले प्रथम नेपाल आइडलका ३ बिजयीहरुले नेपाली समुदायको जन घनत्व ज्यादा भएका देशहरुमा आफ्नो प्रस्तुति देखाई सकेका छन् l 

नया बर्ष २०१८ को जनवरी ११ देखि फेब्रुअरी १८ सम्म अमेरिकाका बिभिन्न शहरहरुमा हुने मिती तथा स्थान समेत तय भएको छ l जस अनुसार जनवरी ११ तारिख न्युयोर्कको मेलरोज बलरुम ,जनवरी २१ तारिख बोस्टन को वनडरल्याण्ड बलरुम ,यसै गरि जनवरी २६ तारिख मेरिल्याण्डको टाउसनको टोरेन्ट लंज तथा जनवरी २७ तारिख भर्जिनियाको अर्न्स्ट कम्युनिटी कल्चर सेन्टरमा हुने भएको छ l 


यसै गरि फेब्रुअरी २ तारिख टेक्ससको ड्यालसको हाउस अफ ब्लुमा ,फेब्रुअरी ३ तारिखमा अस्टिनको सहारा लंजमा,यसै गरि फेब्रुअरी १० तारिख ह्युस्टनको हाउस अफ ब्लु तथा फेब्रुअरी ८ तारिख क्यालिफोर्नियाको ओकल्याण्डको ओकल्याण्ड स्कोटिस रुल तथा फेब्रुअरी ९ तारिखमा क्यालिफोर्नियाको सन्फ्रानसिस्कोको मेजानिनमा हुने भएको छ l 

यसै गरि फेब्रुअरी १० मा नै लस एन्जेलस को एलरे थेटरमा ,फेब्रुअरी १६ मा वाशिंगटन को शोर्लिन कन्फेरेन्स सेन्टर ,फेब्रुअरी १७ मा मिजौरी को दि पिजेन्ट तथा फेब्रुअरी १८ मा मिनासोटाको अर्फीम थेटरमा हुने भएको छ l हाल सम्म तय भएको १३ वटा शहरका सबै स्थानमा कार्यक्रम साँझ ६ बजे राखिएको आयोजकले दिएका छन् l 

कार्यक्रमका लागि नेपाल आइडलका विजयीहरूसँगै कार्यक्रम संचालनका लागि सुशील नेपाल आउने छन् भने अमेरिकाका अन्य शहरहरुमा प्रदर्शनको लागि डिजे राकेश संग सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् l सबै मिति र तिथि को प्रस्तावमा आएको आयोजकले जनाएका छन् l 

तिनै कलाकारहरुले अद्वितीय नेपाली संगीतको प्रस्तुति गर्ने छन् भने उनीहरुले बिबिध समाजका बिभिन्न जातिहरूको प्रतिनिधित्व गर्ने छन् ।नेपाल आइडल टप थ्री युएस टुर नामक सांगीतिक यात्रा कार्यक्रम ऐतिहासिक तथा अद्वितीय हुने छ भन्ने कुरामा आयोजक बिश्वस्त रहेका छन् l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो