२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म निको भए भने अमेरिकाकामा नि:शुल्क गीत गाउने छु: पप सम्राट बिष्ट

९ माघ २०७४, मंगलवार ०६:२७

विजय थापा/माघ ९, अमेरिका l दुवै मृगौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने घोषणा गरेका छन् l 

उनले यो कुरा डिसी महानगर क्षेत्रको भर्जिनियामा अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (ईनास )ले सांस्कृतिक साँझ नामक कार्यक्रम बाट प्राप्त रकम हस्तान्तरण गर्ने एक कार्यक्रममा भनेका हुन् l 

गत जनवरी २० तारिखमा सम्पन्न पप सम्राट ओम बिक्रम बिष्ट सहयोगार्थ सांस्कृतिक साँझ कार्यक्रम बाट उनलाई $ ११ हजार डलर अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (ईनास )का पदाधिकारीहरुले संचार माध्यम तथा समुदाय सदस्यहरुलाई साक्षी राख्दै उक्त रकम उनलाई हस्तान्तरण गरेका छन् l 


न्यू योर्कमा हप्ता तीन पटक डायलसिस गराई रहेका कलाकार ओम बिक्रम बिष्ट चिकित्सक तथा बिमा संस्थाको बिशेष सिफारिस तथा निर्देशनमा सांस्कृतिक साँझ कार्यक्रम को लागि डिसी आएका हुन् l 

डिसीमा रहदा पनि सिफारिस गरिएकै चिकित्सक संग डायलसिस गराई रहेका छन् l र आज उक्त रकम को धनादेश (चेक) उनलाई हस्तान्तरण गरिने भएकोले उनि स्वयम उपस्थित भएका थिए l 

बिष्ट को स्वास्थ्य उपचारको सहयोगार्थ कोष वृद्धि गर्ने उद्देस्यले गरिएको सांगीतिक कार्यक्रम मा अपेक्षा गरे भन्दा निकै कम दर्शकहरु आएका थिए l संचार कर्मीलाई ईनास भर्जिनियाका सचिव कृष्ण श्रेष्ठले कूल $ १६ हजार ५ सय ५ डलर उठेको बताए l यसै गरि खर्च ८ हजार ६ सय ८७ डलर भएको जानकारी दिएका छन् l 

जनवरी २० तारिखमा सांस्कृतिक सांझ कार्यक्रममा १० हजार डलर दिने घोषणा गरेता पनि आज रकम हस्तान्तरण कार्यक्रममा १ हजार डलर बढाएर ११ हजार डलर प्रदान गरिएको छ l उक्त रकम गो फन्ड खाता समेत मिलाएर १६ हजार ५ सय ५ डलर भएको जनाएको छ l 

सचिव श्रेष्ठले यस्तो बिपतमा यस्ता कलाकारलाई समुदायको ठुलो सहयोग पाउने अपेक्षा गरिएको भएता पनि सहभागिता निकै कमजोर पुग्न गएकोमा दुख लागेको बताए l 

करिव १ हजार क्षमताको कार्यक्रम स्थल भएता पनि टिकट बिक्रि कूल ३ सय ७५ मात्र भएकोले यस्तो बेलामा एक जुट हुन् नसकेको र हामी यस्ता कुराम गम्भीर नभएकोमा दुख लागेको जनाए l 

पप सम्राट बिष्ट ,लगायत बाहिर बाट आएका कलाकारलाई खान र बसोबास को मात्र व्यवस्था गरिएको र अन्य कार्यक्रममा लागेको खर्च सवै पृथक संग राखिएको जानकारी दिएका छन् l 

यसै गरि नेपाल बाट आएका कलाकार सरोज खनालले यस पटकको अमेरिका यात्रा नै ओम दाई (ओम बिक्रम बिष्ट )संग ईश्वर ले नै भेट गर्ने जुराएको ले भेट हुन् पाउदा हर्ष लागेको बताए l 

नायक खनाल ले ओम बिक्रम बिष्ट सहयोगार्थ कोष वृद्धि कार्यक्रम भर अहोरात्र खटेका थिए l उनले ओम बिक्रम बिष्टलाई दाई भन्दै सम्बोधन गर्दै दाई तपाई को स्वास्थ्य लाभ होस् र फेरी उन यहाँका सदाबहार गीत गाउन सक्नु होस भन्दै ईश्वर संग प्रार्थना गर्छु भने 

सरोज खनालले डिसी क्षेत्रका नेपाली समुदायको उपस्थिति निम्न र पातलो रहेकोले दुख ब्यक्त गर्दै आफूले संचालन गरेको युनाईटेड नेपाल द्वारा आयोजना गर्ने मनोरंजन गर्ने कार्यक्रममा खचाखच भिड हुन्थ्यो भने यस्तो अवस्थामा रहेका कलाकारलाई सहयोग गर्न नजुटेकोमा मानिसलाई यस्तो हुन् पनि सक्ने ध्यानाकर्षण गराएका छन् l 

घाटीको समस्या भएका ओम बिक्रम बिष्टले कष्ट साथ बिस्तारै बोल्दै अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (ईनास )लाई बिशेष धन्यबाद दिएका छन l उनले आफ्ना प्रशंसक तथा कलाकारलाई माया गर्ने सवैलाई सम्झना गरे l 

पप सम्राट बिष्टले ईनास अमेरिकाका आनन्दु लामा ,ईनाशका भर्जिनिया शाखाका अध्यक्ष गोविन्द श्रेष्ठ ,सरोज खनाल ,किरण प्रताप केसी ,ईनासका सल्लाहकार रमेश मैनाली तथा महासचिव कृष्ण श्रेष्ठ लाई बिशेष धन्यबाद दिएका छन् l उनले ईनेप्लिज कि सहयोगी हात सच्ची मैनालीले लिएको अन्तर्वार्ता को व्यापकता भएकोले धन्यबाद दिएका छन् l 

यसै गरि ईनास अमेरिकाका लागि क्षेत्रीय संयोजक हरि शर्माकलाकार ओम बिक्रम बिष्ट स्वास्थ्य लाभ को कामना साथै बिशेष धन्यबाद दिए l ईनास अमेरिकाका आनन्दु लामाले जिउदा श्रस्टा लाई सम्मान गरौ भन्ने नारा लाई व्यापक गराई सार्थक बनाएका छन् l यसको साथै ईनासले "हामिले नगरे कसले गर्ने ,अहिले नगरे कहिले गर्ने " नारा मार्फत संदेश समुदायमा पुर्याउन सफल भएका छन् l 

पप सम्राट ओम बिक्रम बिष्ट सहयोगार्थ सांस्कृतिक साँझ नामक कार्यक्रममा स्थानीय कलाकार तथा बाह्य राज्यबाट आएका कलाकारहरु गीत तथा नृत्य प्रस्तुति गरेका थिए l कलाकारहरु सपना श्री ,राम श्रेष्ठ ,जगदीश समाल ,पुनम प्रधान ,नविन केसी ,संजिव प्रधान ,सरिस्मा अमात्य ,सुधान्सु जोशी ,लुना श्रेष्ठ ,पासा ब्याण्ड ,सुपर मम को बिशेष प्रस्तुति रहेको थियो l उक्त कार्यक्रममा लाउडन काउन्टी बोर्ड अफ सुपर भाइजर्सकि सभापति फिलिस जे रयानडल लाई उनले आफ्नो सरकारी वेबसाइट (संजाल)मा नेपाली भाषा लाई पनि राखेकी हुनाले उनलाई सम्मान गरिएको थियो l 

पप सम्राट ओम बिक्रम बिष्ट ले करुणा र दयाको भावनाको उद्देस्यले आफू पनि बाचौ अर्कालाई पनि बचाऔ भन्दै भरतपुर क्यान्सर अस्पतालमा ब्लड क्यान्सरको उपचार गराई रहेका  बिबेक आचार्य लाई आफूले प्राप्त गरेको ११ हजार डलर मध्ये बाट १ हजार डलर दिने घोषणा गरेका छन् l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य