२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म निको भए भने अमेरिकाकामा नि:शुल्क गीत गाउने छु: पप सम्राट बिष्ट

२०७४, ९ माघ मंगलवार ०६:२७

विजय थापा/माघ ९, अमेरिका l दुवै मृगौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने घोषणा गरेका छन् l 

उनले यो कुरा डिसी महानगर क्षेत्रको भर्जिनियामा अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (ईनास )ले सांस्कृतिक साँझ नामक कार्यक्रम बाट प्राप्त रकम हस्तान्तरण गर्ने एक कार्यक्रममा भनेका हुन् l 

गत जनवरी २० तारिखमा सम्पन्न पप सम्राट ओम बिक्रम बिष्ट सहयोगार्थ सांस्कृतिक साँझ कार्यक्रम बाट उनलाई $ ११ हजार डलर अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (ईनास )का पदाधिकारीहरुले संचार माध्यम तथा समुदाय सदस्यहरुलाई साक्षी राख्दै उक्त रकम उनलाई हस्तान्तरण गरेका छन् l 


न्यू योर्कमा हप्ता तीन पटक डायलसिस गराई रहेका कलाकार ओम बिक्रम बिष्ट चिकित्सक तथा बिमा संस्थाको बिशेष सिफारिस तथा निर्देशनमा सांस्कृतिक साँझ कार्यक्रम को लागि डिसी आएका हुन् l 

डिसीमा रहदा पनि सिफारिस गरिएकै चिकित्सक संग डायलसिस गराई रहेका छन् l र आज उक्त रकम को धनादेश (चेक) उनलाई हस्तान्तरण गरिने भएकोले उनि स्वयम उपस्थित भएका थिए l 

बिष्ट को स्वास्थ्य उपचारको सहयोगार्थ कोष वृद्धि गर्ने उद्देस्यले गरिएको सांगीतिक कार्यक्रम मा अपेक्षा गरे भन्दा निकै कम दर्शकहरु आएका थिए l संचार कर्मीलाई ईनास भर्जिनियाका सचिव कृष्ण श्रेष्ठले कूल $ १६ हजार ५ सय ५ डलर उठेको बताए l यसै गरि खर्च ८ हजार ६ सय ८७ डलर भएको जानकारी दिएका छन् l 

जनवरी २० तारिखमा सांस्कृतिक सांझ कार्यक्रममा १० हजार डलर दिने घोषणा गरेता पनि आज रकम हस्तान्तरण कार्यक्रममा १ हजार डलर बढाएर ११ हजार डलर प्रदान गरिएको छ l उक्त रकम गो फन्ड खाता समेत मिलाएर १६ हजार ५ सय ५ डलर भएको जनाएको छ l 

सचिव श्रेष्ठले यस्तो बिपतमा यस्ता कलाकारलाई समुदायको ठुलो सहयोग पाउने अपेक्षा गरिएको भएता पनि सहभागिता निकै कमजोर पुग्न गएकोमा दुख लागेको बताए l 

करिव १ हजार क्षमताको कार्यक्रम स्थल भएता पनि टिकट बिक्रि कूल ३ सय ७५ मात्र भएकोले यस्तो बेलामा एक जुट हुन् नसकेको र हामी यस्ता कुराम गम्भीर नभएकोमा दुख लागेको जनाए l 

पप सम्राट बिष्ट ,लगायत बाहिर बाट आएका कलाकारलाई खान र बसोबास को मात्र व्यवस्था गरिएको र अन्य कार्यक्रममा लागेको खर्च सवै पृथक संग राखिएको जानकारी दिएका छन् l 

यसै गरि नेपाल बाट आएका कलाकार सरोज खनालले यस पटकको अमेरिका यात्रा नै ओम दाई (ओम बिक्रम बिष्ट )संग ईश्वर ले नै भेट गर्ने जुराएको ले भेट हुन् पाउदा हर्ष लागेको बताए l 

नायक खनाल ले ओम बिक्रम बिष्ट सहयोगार्थ कोष वृद्धि कार्यक्रम भर अहोरात्र खटेका थिए l उनले ओम बिक्रम बिष्टलाई दाई भन्दै सम्बोधन गर्दै दाई तपाई को स्वास्थ्य लाभ होस् र फेरी उन यहाँका सदाबहार गीत गाउन सक्नु होस भन्दै ईश्वर संग प्रार्थना गर्छु भने 

सरोज खनालले डिसी क्षेत्रका नेपाली समुदायको उपस्थिति निम्न र पातलो रहेकोले दुख ब्यक्त गर्दै आफूले संचालन गरेको युनाईटेड नेपाल द्वारा आयोजना गर्ने मनोरंजन गर्ने कार्यक्रममा खचाखच भिड हुन्थ्यो भने यस्तो अवस्थामा रहेका कलाकारलाई सहयोग गर्न नजुटेकोमा मानिसलाई यस्तो हुन् पनि सक्ने ध्यानाकर्षण गराएका छन् l 

घाटीको समस्या भएका ओम बिक्रम बिष्टले कष्ट साथ बिस्तारै बोल्दै अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (ईनास )लाई बिशेष धन्यबाद दिएका छन l उनले आफ्ना प्रशंसक तथा कलाकारलाई माया गर्ने सवैलाई सम्झना गरे l 

पप सम्राट बिष्टले ईनास अमेरिकाका आनन्दु लामा ,ईनाशका भर्जिनिया शाखाका अध्यक्ष गोविन्द श्रेष्ठ ,सरोज खनाल ,किरण प्रताप केसी ,ईनासका सल्लाहकार रमेश मैनाली तथा महासचिव कृष्ण श्रेष्ठ लाई बिशेष धन्यबाद दिएका छन् l उनले ईनेप्लिज कि सहयोगी हात सच्ची मैनालीले लिएको अन्तर्वार्ता को व्यापकता भएकोले धन्यबाद दिएका छन् l 

यसै गरि ईनास अमेरिकाका लागि क्षेत्रीय संयोजक हरि शर्माकलाकार ओम बिक्रम बिष्ट स्वास्थ्य लाभ को कामना साथै बिशेष धन्यबाद दिए l ईनास अमेरिकाका आनन्दु लामाले जिउदा श्रस्टा लाई सम्मान गरौ भन्ने नारा लाई व्यापक गराई सार्थक बनाएका छन् l यसको साथै ईनासले "हामिले नगरे कसले गर्ने ,अहिले नगरे कहिले गर्ने " नारा मार्फत संदेश समुदायमा पुर्याउन सफल भएका छन् l 

पप सम्राट ओम बिक्रम बिष्ट सहयोगार्थ सांस्कृतिक साँझ नामक कार्यक्रममा स्थानीय कलाकार तथा बाह्य राज्यबाट आएका कलाकारहरु गीत तथा नृत्य प्रस्तुति गरेका थिए l कलाकारहरु सपना श्री ,राम श्रेष्ठ ,जगदीश समाल ,पुनम प्रधान ,नविन केसी ,संजिव प्रधान ,सरिस्मा अमात्य ,सुधान्सु जोशी ,लुना श्रेष्ठ ,पासा ब्याण्ड ,सुपर मम को बिशेष प्रस्तुति रहेको थियो l उक्त कार्यक्रममा लाउडन काउन्टी बोर्ड अफ सुपर भाइजर्सकि सभापति फिलिस जे रयानडल लाई उनले आफ्नो सरकारी वेबसाइट (संजाल)मा नेपाली भाषा लाई पनि राखेकी हुनाले उनलाई सम्मान गरिएको थियो l 

पप सम्राट ओम बिक्रम बिष्ट ले करुणा र दयाको भावनाको उद्देस्यले आफू पनि बाचौ अर्कालाई पनि बचाऔ भन्दै भरतपुर क्यान्सर अस्पतालमा ब्लड क्यान्सरको उपचार गराई रहेका  बिबेक आचार्य लाई आफूले प्राप्त गरेको ११ हजार डलर मध्ये बाट १ हजार डलर दिने घोषणा गरेका छन् l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा