२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन महिला फोरम स्वीटजरल्याण्डले नारी दिवस मनाउने

२०७४, १ फाल्गुन मंगलवार ०७:१७

बिजय शर्मा दर्पण/फागुन १, स्वीटजरल्याण्ड  । अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले सम्मान काम, समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले नारी दिवस मनाउने गरिन्छ। 

हरेक बर्ष मार्च ८ तारिकमा हुने नारी दिवस नेपाली महिलाहरुले पनि विभिन्न ठाउँहरुमा नारीको हकहित, चेतना र समानता लगायत विभिन्न महिला अधिकारका बिषयहरु समेटी कार्यक्रमहरु गरि मनाईने गरिएको छ ।

गैर आवसीय नेपाली संघ महिला फोरम स्वीटजरल्याण्डले आउँदो मार्च १० मा १०८ औं अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम भब्यरुपमा मनाउने भएको छ । 


बर्तमान अवस्थामा एन आर एन स्वीटजरल्याण्डले अन्य देश भन्दा पृथक र रचनात्मक कृयाकलापहरु एक पछि अर्को इतिहासं रच्दैँछ । ४ फेब्रुअरीमा भएको दुतावास तथा विभिन्न संघसंस्थाहरुको अन्तरक्रिया कार्यक्रममा नारि दिबस एन आर एन स्वीटजरल्याण्ड को महिला फोरम ले मनाउने सहमति भएको थियो । अघिल्ला बर्ष पनि महिला फोरमले नै कार्यक्रम गर्दै आईरहेको छ ।

महिला फोरमकी संयोजक सुभा एल्मर लामाको संयोजकत्वमा १०८ औं अन्तराष्ट्रिय नारी दिवस मनाउने भएको हो । अन्तराष्ट्रिय नारी दिवस मार्च ८ मा मनाएतापनि स्वीटजरल्याण्डमा भने सार्बजनिक बिदाको अवसर पारेर मनाइन्छ। 

लामाको अनुसार यस बर्षको अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम महिला जागरणको साथ साथै केहि परियोजनालाई सफल बनाउन आर्थिक सहयोग जुटाउने उधेश्य समेत रहेको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधि , नारि समाज पोर्तुगलकी अध्यक्ष तथा एन आर एन महिला फोरम पोर्तुगलकी संयोजक सिता बराल त्यस्तै नारि समाज पोर्तुगलकी महासचिब मिना खरेलको बिसेष उपस्थिति रहने छ । 

बिशेष गरि कार्यक्रममा महिला माथि हुने हिसांको समाधान र अन्त्य लगायतका विषयमा छलफल तथा अन्तरक्रया समेत हुने भएको छ । कार्यक्रममा स्थानिय कलाकारहरुद्वारा नेपाली सांस्कृतिक झल्कने नृत्य पनि प्रस्तुत गरीने छ । 

कार्यक्रममा प्रवेश शुल्क निशुल्क राखिएको छ भने खानाको २० फ्र्यांक र बिद्यार्थी तथा १६ बर्ष मुनिका लाई ५० प्रतिशत कम गरिएको छ । स्विसमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुका प्रतिनिधि , ब्यापारी , बिद्यार्थी , पत्रकार लगायत स्विसमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुलाई उपस्थित भै कार्यक्रम भब्य बनाईदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल