Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरमा उपचाररत १० बर्षे बालकको सहयोगार्थ ‘ऐ मेरो हजुर-२’ डिसीमा प्रदर्शन हुने

२०७४, ३ फाल्गुन बिहीबार ०७:३६

विजय थापा/फागुन ३, वाशिंगटन डिसी  l अमेरिकाको भ्रमणमा रहेका नायिका तथा निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापा को "ऐ मेरो हजुर–२ ” डिसीमा प्रदर्शन हुने भएको छ l 


नेपालमा चलचित्र निर्माण गरे पछि युरोपका विभिन्न देशहरुमा  "ऐ मेरो हजुर–२ ”सफलता पूर्वक प्रदर्शन गरे पछि अमेरिकाको बिभिन्न शहरहरुमा प्रदर्शन गर्ने तयारीमा भै रहेको अवसरमा "ऐ मेरो हजुर–२ ” डिसी क्षेत्रमा प्रदर्शन गर्ने निधो गरेका हुन् l चलचित्र मार्च ४ ,२ बजे अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च शहर स्थित लोमन प्लाजा चलचित्र मन्दिरमा प्रदर्शन हुने छ l 

उनीहरुले भरतपुरमा रक्त क्यान्सरको उपचार गराई रहेका १० बर्षे बालक विवेक आचार्यको सहयोगार्थ आफ्नो चलचित्र प्रदर्शन गर्ने भएका हुन् l विवेक आचार्य लाई पप सम्राट ओम बिक्रम बिष्ट ले १ हजार डलर ईनास द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा उठेको रकम बाट हस्तान्तरण गरेका थिए l 

यसै गरि भर्जिनिया हर्नडन निवासी समाज सेवी परशु राम भण्डारीले को पहलमा संकलन गरिएको २ हजार ४४ डलर पिडितका पिता लाई ईनास भर्जिनिया द्वारा रकम पठाईएको थियो l 

गत फेब्रुअरी ११ तारिख आइतबार एक समुदाय तथा पत्रकार भेटघाट कार्यक्रम राखी नायिका तथा निर्देशक झरना थापाले आफूले पहिलो पटक निर्माण गरेको चलचित्र हेर्न आई दिन सबैमा आग्रह गर्दै हौशला दिन समेत अनुरोध गरेकी छिन् l यस अघि पनि हामीले बाढी पिडित ,तराईमा शीत लहर ,परियार बैनी लाई समेत सहयोग गरेको बताईन l 


उनले अगाडी भनिन , १० बर्षे बालक विवेक आचार्य बल्ड क्यान्सर बाट पीडित लाई हामी सवै जुटेर सहयोग गर्नु पर्ने बताईन l आफ्नो चलचित्र को बारेमा धेरै बताउन चाहन्न किनभने छोटकरीमा भन्नु पर्दा सरल चलचित्र बनाएको छु l धेरै अपेक्षा नगर्न आग्रह गर्दै कलाकारले पहिलो पटक चलचित्र निर्देशन गरेको बताइन l प्रेममा आधारित तथा मसलेदार चलचित्र हो भनिन l 

निर्माता सुनिल थापा ले २० बर्ष यस क्षेत्रमा छु भने l र मेरो छैठौ चलचित्र भएको बताउदै चलचित्र को छायांकन सबै भन्दा अग्लो ठाउँमा गएर बनाईएको बताए l चलचित्र को मुख्य ध्येय पर्यटन प्रबर्धन तथा विकासको लागि गरिएको बताए l 

सुनिल थापाले मेहनत गरेर बनाएका छौ र आई दिन हुन् समेत सबैमा आग्रह गरेका छन् l कार्यकम अन्तरराष्ट्रिय नेपाली कलाकार मंच (ईनास) भर्जिनिया शाखा को अगुवाईमा प्रदर्शन हुने भएको छ l उक्त भेटघाटमा संचारकर्मी तथा सहभागीले जिज्ञासा समेत राखेका थिए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली