Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-10-26 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरमा उपचाररत १० बर्षे बालकको सहयोगार्थ ‘ऐ मेरो हजुर-२’ डिसीमा प्रदर्शन हुने

विजय थापा/फागुन ३, वाशिंगटन डिसी  l अमेरिकाको भ्रमणमा रहेका नायिका तथा निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापा को “ऐ मेरो हजुर–२ ” डिसीमा प्रदर्शन हुने भएको छ l 

नेपालमा चलचित्र निर्माण गरे पछि युरोपका विभिन्न देशहरुमा  “ऐ मेरो हजुर–२ ”सफलता पूर्वक प्रदर्शन गरे पछि अमेरिकाको बिभिन्न शहरहरुमा प्रदर्शन गर्ने तयारीमा भै रहेको अवसरमा “ऐ मेरो हजुर–२ ” डिसी क्षेत्रमा प्रदर्शन गर्ने निधो गरेका हुन् l चलचित्र मार्च ४ ,२ बजे अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च शहर स्थित लोमन प्लाजा चलचित्र मन्दिरमा प्रदर्शन हुने छ l 

उनीहरुले भरतपुरमा रक्त क्यान्सरको उपचार गराई रहेका १० बर्षे बालक विवेक आचार्यको सहयोगार्थ आफ्नो चलचित्र प्रदर्शन गर्ने भएका हुन् l विवेक आचार्य लाई पप सम्राट ओम बिक्रम बिष्ट ले १ हजार डलर ईनास द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा उठेको रकम बाट हस्तान्तरण गरेका थिए l 

यसै गरि भर्जिनिया हर्नडन निवासी समाज सेवी परशु राम भण्डारीले को पहलमा संकलन गरिएको २ हजार ४४ डलर पिडितका पिता लाई ईनास भर्जिनिया द्वारा रकम पठाईएको थियो l 

गत फेब्रुअरी ११ तारिख आइतबार एक समुदाय तथा पत्रकार भेटघाट कार्यक्रम राखी नायिका तथा निर्देशक झरना थापाले आफूले पहिलो पटक निर्माण गरेको चलचित्र हेर्न आई दिन सबैमा आग्रह गर्दै हौशला दिन समेत अनुरोध गरेकी छिन् l यस अघि पनि हामीले बाढी पिडित ,तराईमा शीत लहर ,परियार बैनी लाई समेत सहयोग गरेको बताईन l 

उनले अगाडी भनिन , १० बर्षे बालक विवेक आचार्य बल्ड क्यान्सर बाट पीडित लाई हामी सवै जुटेर सहयोग गर्नु पर्ने बताईन l आफ्नो चलचित्र को बारेमा धेरै बताउन चाहन्न किनभने छोटकरीमा भन्नु पर्दा सरल चलचित्र बनाएको छु l धेरै अपेक्षा नगर्न आग्रह गर्दै कलाकारले पहिलो पटक चलचित्र निर्देशन गरेको बताइन l प्रेममा आधारित तथा मसलेदार चलचित्र हो भनिन l 

निर्माता सुनिल थापा ले २० बर्ष यस क्षेत्रमा छु भने l र मेरो छैठौ चलचित्र भएको बताउदै चलचित्र को छायांकन सबै भन्दा अग्लो ठाउँमा गएर बनाईएको बताए l चलचित्र को मुख्य ध्येय पर्यटन प्रबर्धन तथा विकासको लागि गरिएको बताए l 

सुनिल थापाले मेहनत गरेर बनाएका छौ र आई दिन हुन् समेत सबैमा आग्रह गरेका छन् l कार्यकम अन्तरराष्ट्रिय नेपाली कलाकार मंच (ईनास) भर्जिनिया शाखा को अगुवाईमा प्रदर्शन हुने भएको छ l उक्त भेटघाटमा संचारकर्मी तथा सहभागीले जिज्ञासा समेत राखेका थिए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने