2026-10-18 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

प्रवासमा गायक जिसी सहित दुई युवाको मृत्यु

प्रेम सुनार | वैशाख १२, गुल्मी । गत दुई दिनको अन्तरालमा भारत सहित विभिन्न मुलुकमा प्रवासी जिवन बिताएका एक जना अर्घाखाँची र एक जना गुल्मीका युवाको ज्यान गएको छ । 

सोमवार साँझ साढे ७ वजेको समयमा भारतको हरियाणामा रेलको  ठक्करबाट अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्वर १३ का २३ वर्षिय विष्णु नेपालीको ज्यान गएको खवर आज मात्र यता  परिवारलाई जानकारी गराईएको हो । त्यस्तै गुल्मी हाडहाडेका  ३२ वर्षिय अमर जिसीको सउँदी अरवमा उपचारका क्रममा ज्यान गएको छ । 

भरतको गुडगााँवा न्युपालम विहार रुटमा चल्ने रेलको ठक्करबाट  ज्यान गएका नेपालीको शव भारत मै रहेको उनका पीता र श्रीमति सुमित्राले उहि  दाह संस्कार गरेको खवर प्राप्त भएको छ ।    वर्षऔं अघि देखि वावु संगै मजदुरी गरेका नेपाली परिवारको अवस्था नाजुक रहेकोले प्रवासी नेपाली जनसमाज भारत गुडगावाँ नगर समितिले सवैसंग सहयोगको अपिल गरेको छ ।

यता धुर्कोट गाउँपालिका वडा नम्वर ३, हाडहाडे वर्दवास गाँउका अमर जिसीको  शव साउँदी अरवमा रहेको छ । गत जेठ महिनामा छुट्टीमा आएर  फेरी सउदी पुगेका जिसी त्यहाँ पुगेको अझै वर्ष दिन  पुगेको छैन् । भर्खर ११  महिना टेक्दै थियो ।  उनि जिसी अमरका नामले  नेपाली लोक दोहरी र मोडलिङ्ग क्षेत्रमा छाएका कलाकार थिए ।

ईन्द्र जिसी सहित टि–टाईम म्युजिक मार्फत सयौं गितमा उनले स्वर दिएका छन भने त्यति नै गीतमा शव्द, लय सिर्जना र अभिनय पनि गरेका छन् ।

एक वर्ष अघि मात्र उनका पिताको मृत्यु भएको थियो । चार वर्ष अघि आमाको मृत्यु हुँदा उनले आफ्नी आमामा समर्पित ‘आमा मेरी आमा’ बोलको गीत वजारमा ल्याएका थिए ।

उनको वैदेशिक रोजगारको कमाई जति नेपाली सांङ्गेतिक क्षेत्र मै खर्चेर  बचत गर्न सकेनन् ।  उनको निधनले नेपाली सांङ्गेतिक क्षेत्र शोकाकुल बनेको गायक ईन्द्र जिसीले बताए ।

‘हामी शोकाकुल छौं , जिसी अमरका नामले यस क्षेत्रमा परिचीत उनि छिट्टै चर्चामा आएका कलाकार थिए । उनी स्वारमा मात्र होईन  शव्द सिर्जना , लय र अभिनय सवैमा पारङ्गगत थिए’– जिसीले भने –‘उनि प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवार प्रति गहिरो सहानुभुती ब्यक्त गर्दछु ।

यति वेला परिवारमा रुवावासी रहेको छ । एक श्रीमति र स–साना दुई सन्तानको विचल्ली हुने भएको छ , स्थानिय समाज सेवी गोविन्द कुँवरले भने सवै संग सहयोगको हात नफैलाउनुको विकल्प छैन् ।  त्यस वडाका वडाध्यक्ष विष्णुबहादुर थापा श्रीसले पनि परिवारको अवस्था नाजुक भएको भन्दै सवैसंग सहयोगको अपिल गरेका छन । उनले  पछिल्लो चरण ‘अन्तिम सम्झना’ गीतको वोल वजारमा ल्याएका थिए । संयोग उनको वास्तविक जिपवनमा समेत त्यो गीत अन्तिम सम्झना नै बन्न पुग्यो । 

के विमारले अस्पताल भर्ना भएका थिए भन्ने स्पष्ट नभए पनि उनका कम्पनीका एक साथीले फोन गरेर आज विहान उनको  आँखाको अप्रेशन हुँने वाला थियो र त्यस अघि नै मृत्यु भएको जानकारी गराएको स्थानिय कुँवरले बताए । 


माथिको तस्वीरमा: रातो टिशर्टमा मृतक नेपाली र ‘भि गला’ टिशर्टमा जिसी | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु