2026-09-08 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनको आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न

जेष्ठ २० काठमाण्डौ | गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन ) को आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ। वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरुको समस्या समाधानमा पहलकदमी चाल्ने उद्देश्यले गठन भएको यस उपसमितिको बैठक सन्चालन संयोजक दीपक खरेलले गरेका थिए ।

बैठकमा सहभागी सदस्यहरुको छोटो परिचय एवं स्वागत कार्यक्रम पश्चात उपसमितिका सल्लाहकारद्वय  डा. बोधराज सुबेदी र धरम के .सी. ले बैदेशिक रोजगारीमा बिदेशिएका नेपालीहरुको समस्या बारे जानकारी संकलन गरि त्यसको छलफल सम्बन्धित मुलुकका एनआरएनएसंग गर्नु पर्ने आबश्यकता भएको कुरामा  जोड दिएका छन्। बैठकले  नवराज पोखरेललाई  उपसमितिको उपसंयोजकमा नियुक्त गरेको छ। 

आगामी महिनामा हुने दोस्रो बैठकमा उपसमितिका सहभागी सदस्यहरुले आआफ्नो क्षेत्रमा बैदेशिक रोजगारमा बिदेशिएका नेपालीहरुका बिबिध समस्या हरुको लिखित टिप्पणी पेश गर्ने निर्णय ग-यो। 

संयोजक दिपक खरेलले दैनिक बढ्दै गइरहेको मानव तस्करी रोक्न र वैदेशिक समस्या समाधानमा सरकारसँग मिलेर काम गर्नु पर्ने आबश्यकता भएको कुरा बताएका छन्। बैठकमा संयोजक दीपक खरेल (स्पेन), उपसंयोजक नवराज पोखरेल (रोमानिया), सल्लाहकारद्वय डा. बोधराज सुबेदी(पोल्याण्ड) र धरम के.सी.(सउदी अरब), का साथै मिन कुमार श्रेष्ठ (फ्रान्स),  मित्रलाल पार्दे (पोल्याण्ड), दिनेशबाला श्रेष्ठ (ईटली), सुरेशराज त्रिपाठी (साउदी अरव), केदारनाथ ढुंगाना (स्पेन), सन्तोष पौडेल (स्पेन), आनन्द घिमिरे (पोल्याण्ड), भगवती बस्नेत,(ईजरायल) डिल्ली खरेल ‘सुमन’ (रसिया) र जर्मनीका डा. यज्ञ अधिकारीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ