विजय थापा/जुन ४ वाशिंगटन डिसी | एक दशकदेखि डिसी क्षेत्रमा बस्दै आएका चित्रकार राजेन्द्र केसी द्वारा प्रस्तुत गरिएको चित्रकलाले प्रथम स्थान हासिल गरेको छ । उनले अमेरिकाको मेरिल्याण्ड राज्यको पर्यटक तथा पुरानो चर्चित शहर एनापोलिसमा भएको चित्रकला प्रदर्शनमा पहिलो स्थान हासिल गरेका हुन् ।

उनले उक्त प्रतियोगितामा दर्जनौ कलाकारहरुले बनाएका प्रदर्शित चित्रलाई हेर्न आएका दर्शक तथा निर्णायकहरुले केसीका चित्रलाई मतदान गरि उनि प्रथम स्थान हासिल गर्दै $ ५ सय डलर नगद तथा सम्मान स्वरुप पुरस्कार प्राप्त गरेका छन् l

निर्णायकहरुले निश्चित तोकेको समय भित्र उनले दृश्य चित्र बनाएर नेपालीको नाम उच्च राखन सफल भएका छन । उनि एक मात्र नेपाली चित्रकार (कलाकार ) सहभागी रहेका थिए । यसको साथै उनले बनाएको चित्र तुरुन्तै बिक्रि पनि भएको केसीले बताए ।

डिसी क्षेत्रमा रहने केसीले विभिन्न पुरस्कार पाई रहने गर्दछन । काठमाडौँ जावलाखेल घर भै झन्डै १० बर्ष अगाडी सपरिवार अमेरिका आएका केसीले प्रारम्भिक चरणमा नेपालबाट अमेरिका आउदा आफु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न नपाउदा उकुस मुकुस भएको बताए l

अमेरिकाका स्थानीय बिदेशी कलाकारहरु संग हातेमालो गरे पछि आफु पनि बिदेशीसंग अगाडी बढ्न मार्ग खुलेकोले केसी बताउद्छन । यसको साथै अमेरिकामा आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाएकोमा केसी दंग छन् ।

सन् १९९६ देखि नै ब्यबसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा नेपाली मूलका कलाकार जम्दै छन् l