2026-09-08 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व मिस नेपाल मलिना ‘मिस नेपाल यूएस-२०१८’ को प्रशिक्षकमा नियुक्त

विजय थापा | जेठ २२, वाशिंगटन डिसी | अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी नियुक्ति भएकी छिन् । 

टेक्ससको ड्यालसमा आगामी अगस्ट १९ ,२०१८ आइतबारका दिन हुने उक्त कार्यक्रमको लागि मलिनालाई छनौट गरिएको आयोजकले जानकारी दिएका छन् । 

सन् २०१४ मा पनि मिस नेपाल यूएस को आधिकारिक प्रशिक्षक बनि सकेकी मलिनालाई दोश्रो पटक पुन:आयोजक संस्थाले नियुक्त गरेको हो। मलिना एसियन पेन्ट्स कि ब्रान्ड इन्डोरसर ,डिस होम कि ब्रान्ड सद्भावदुत ,मिस भुटान युएसए कि आधिकारिक कोरियोग्राफी ,मिस नेपाल क्यालिफोर्निया कि आधिकारिक कोरियोग्राफी ,बिश्व बन्य जन्तु नेपाल कि पूर्व युवा संरक्षण लगायतमा उनले काम गरि सकेकी छिन् । 

मिस नेपाल यूएस २०१८ को बिजेतालाई $ ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति  प्रदान गरिने छ । साथै प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ बर्षका युवतीहरु प्रतियोगितामा सहभागिता लिन पाउने छन् । उक्त प्रतियोगिताको आवेदन खुला भएकोले प्रतियोगीहरुले निवेदनहरु दिन सुरु गरि सकेका छन् । जुन २३ तारिख दरखास्त दिने अन्तिम म्याद रहेको छ । 

साथै नेपाली अमेरिकी युवा प्रतिभा, सुन्दरता, संस्कृति, ज्ञान र शक्तिलाई समाजको नेतृत्व गर्न र उल्लेखनीय प्रभाव छोड्नको लागि प्रदर्शन गर्न आयोजकले आब्हान गरेका छन् । ​

बिस्तृत जानकारीको लागि यसको साथै आधिकारिक संजाल (वेब साइट ) https://www.missnepalus.com/मा जान सकिए छ भने आयोजकहरुसँग यस ईमेल मार्फत [email protected] सम्पर्क गर्न सकिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ