2026-09-08 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली मूलका ह्यारी भण्डारी अमेरिकी प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा प्राथमिक चरणमा बिजयी

विजय थापा | असार १३, अमेरिका | डेमोक्रेटिक दलका तर्फबाट अमेरिकी प्रतिनिधि सदस्यका लागि दोश्रो पटक उम्मेदवार बनेका एचबि ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा बिजयी भएका छन् ।  उनि डेमोक्रेटिक दलको तर्फबाट उम्मेदवार बनेका थिए । शीर्ष ३ उम्मेदवार मध्ये राम्रो मत ल्याए पछि उनको आगामी नोवेम्बरमा हुने आम निर्वाचनको लागी ढोका खुलेको छ । 

उनले आगामी नोवेम्बरमा रिपब्लिकनका उम्मेदवार संग चुनावी मैदानमा भिड्नु पर्ने छ । ४ जना प्रतिस्प्रद्धिमा एरिक ब्रोम्वेल पहिला, भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका हुन् । 

२०७२६ मत खसेकोमा भण्डारीले ५७६५ मत ल्याई दोश्रो स्थानमा रही २८ प्रतिसत मत ल्याई बिजयी भएका छन् । एरिक ब्रोम्वेल ले ६३८७ ल्याई प्रथम भएका थिए ।

यसै गरि मेरिल्याण्ड डेमोक्रेटिक दल को केन्द्रिय सदस्यमा पनि भण्डारी सर्वाधिक मत ल्याई बिजयी हुनु भएको कुरा डेमोक्रेटिक दल मेरिल्याण्ड राज्यले जनाएको छ । 

डेमोक्रेटिक निर्वाचन क्षेत्र ८ बाट ३ जना उम्मेदवार मध्ये उनि परेका हुन् । सन् २०१४ मा उनि चौथो स्थान भए पछि उनि प्राथमिक चरण मै बाहिरिएका थिए । 

यो केवल प्राथमिक निर्वाचन मात्र हो भने आम निवार्चनमा भण्डारीले जिते भने उनले नेपाली समुदायको ईतिहासमा नाम लेख्ने अवसर पाउने छन । 

ह्यारीले सन् २०१४ मा अमेरिकन प्रतिनिधिका लागि मेरिल्याण्ड राज्यको जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएका थिए । दोश्रो पटक पुन: उम्मेदवार बनेका ह्यारी भण्डारी जुन २६ का दिन अमेरिकन सांसदको लागि उम्मेदवार बनेका हुन् भने उनले प्राथमिक चरणको निर्वाचन जितेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ