Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अमेरिकामा बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसंग अन्तरक्रिया गरिने

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

विजय थापा/असार २१, काठमाण्डौ | बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसंग अमेरिकाको मेरिल्याण्डमा बिशेष अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा २७ बर्ष अगाडी स्थापना भएको अमेरिका कै सर्वाधिक सक्रिय सँस्था मध्ये कै एक नेपा पास पुचः अमेरीकाये (एनपीपीए )ले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उक्त संस्थाका संस्थापक ,समाजसेवी ,सामाजिक अभियन्ता , नेपाली समुदायका अग्रज राम मालाकार संग निकट पारिवारिक सम्बन्ध समेत रहेका कलाकार द्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य सहित संस्थाको २५ औ बार्षिक उत्सवमा आएका थिए । र​,​ उनीहरुले आफ्नो प्रहसन प्रस्तुत समेत गरेका थिए ।

यस पटक भने मदन कृष्ण श्रेष्ठ मात्र एकल रुपमा अमेरिका आउने छन् भने उनि संग डिसी महानगर क्षेत्रका नेपाली समुदायले प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्न पाउने भएका छन् ।

एनपीपीएका वर्तमान अध्यक्ष राजु जोशीका भनाई अनुसार वरिष्ठ कलाकार श्रेष्ठ संग प्रत्यक्ष रुपमा भेटघाट गर्न पाइने ,अन्तरक्रियामा सहभागी हुन् पाइने ,उनका संक्षेपमा जीवनका कुरा सुन्न पाइने ,प्रतिभा प्रस्तुति गर्ने ,उनको आत्मकथा ‘महको म’  पुस्तक बारेमा चर्चा गर्ने  र सबै दर्शक बीच मनोरंजन हेतु गीत समेत प्रस्तुत गर्ने बताएका छन् ।

अन्तरक्रिया कार्यक्रम आगामी अगस्त ४ तारिख मेरिल्याण्ड को जर्मन टाउन शहरमा हुने भएको छ । उनको आत्मकथा ‘महको म’  पुस्तक उनले ६ बर्ष लगाएर लेख्ने काम २०७४ मा पुरा गरेका हुन् ।

सीमित स्थान (सिट)रहेकोले चाडो भन्दा चाडो दर्ता गराउनु पर्ने छ भने अन्तरक्रिया कार्यक्रम सहित रात्रिभोजनको लागि $ ६० डलर तथा संस्थाका संरक्षक तथा आजीवन सदस्यरुलाई $ ५५ डलर दर्ता शुल्क तोकिएको आयोजकले जनाएका छन् ।

संकलन भएको केहि रकम क्यान्सर सोसाइटी तथा नेपालमा  संस्था द्वारा संचालित छात्रवृत्तिमा जाने बताईएको छ ।