Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लुसाकामा नेपालको पर्यटन प्रबर्द्धन को लागि कार्यक्रम आयोजना

By kit 9 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

असार २५ काठमाण्डौ | गैर आबासिय नेपाली संघ , जाम्बियाले नेपाल दूतावास दक्षिण अफ्रिकाको सहयोगमा , मुलूंगुशी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुशाका, जाम्बियामा हालै नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धी एक बिशेष कार्यक्रमको आयोजना गरेको  छ ।

कार्यक्रममा  जाम्बिया विश्वविद्यालय, संयुक्त राष्ट्र एजेन्सीहरू, आईएलओ, युएनएड्स जस्ता अन्तर्राष्ट्रिय संस्थाहरू र स्थानीय उद्यमी, वकील र  मिडिया सेलिब्रिटीहरू को प्रतिनिधित्व थियो । जाम्बियाको पररास्ट्र मन्त्रालयको राजनैतिक र अन्तरराष्ट्रीय सम्बन्ध निर्देशक, विश्वविद्यालयका डेपुटी भाइस चांसलर र डीन, संयुक्त राष्ट्र संघ संस्थाका निर्देशक कार्यक्रममा उपस्थित उच्च स्तरको ब्याक्तिहरुको समेत उपस्थिति रहेका  थिए।

साथै जाम्बियामा रहेका समेतको नेपालीहरू यस कार्यक्रममा सहभागीता रहेको  थिए।

नेपालको रास्ट्रीयगान बाट सुरु भएको कार्यक्रममा एनआरएनए जाम्बियाका अध्यक्ष  प्रोफेसर बिशाल नाथ उप्रेतीले कार्यक्रमको उदेश्य माथि प्रकाश पर्दै अतिथिहरुलाई स्वागत गरे। आफ्नो स्वागत भाषणमा प्रोफेसर उप्रेतीले एनआरएनए को संक्षिप्त परिचय दिनुको साथै नेपालका गौरवपूर्ण इतिहास र संस्कृति र राजनीतिक घटनाक्रमको बारे उजागर गर्दै नेपाल र जाम्बिया बीचको सुमधुर कूटनीतिक सम्बन्ध विकास र दुई देशबीचको वर्तमान उच्च

स्तरको सम्बन्धको विकासको संभावना पेश गर्नुभयो।

नेपालका रहेको अद्वितीय पर्यटकिय आकर्षणका बारेमा प्रोफेसर उप्रेतीले उल्लेख गर्दै, उपस्थित पहुनाहरुलाई नेपाल आउन प्रोत्साहन गर्नु भयो। उहाँले जाम्बियन सहभागिहरु विशेष गरी सरकारी प्रतिनिधिहरूलाई पर्यटकिय विकासका क्षेत्रहरुमा नेपालसंग एकसाथ काम गर्न सकिने सम्भावनाहरुबारे पनि  उल्लेख गर्नु भयो।

नेपाल पर्यटन सम्बन्धी स्वागत भिडियोको एक प्रस्तुतीकरण पछि; नेपालका प्रमुख पर्यटकिय स्थलहरूको झलकहरु आईएलओमा काम गर्ने नेपाली नागरिक  गुंजन डल्लाकोटि द्वारा प्रस्तुत गरिएको थियो। युएनएड्स जाम्बियामा कार्यरत र एनआरएनए जाम्बियाका  सल्लाहकार डा. नर्मदा आचार्यले रोचक रूपमा कार्यक्रम  सञ्चालन गर्नुभएको थियो। उहाले सहभागीहरुलाई भूकम्प पछिको देशको पुनर्निर्माण कार्यमा पनि नेपाललाई सहयोग पुर्याउन अपील गर्नु भयो।

अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुले बिगतका आफ्ना नेपालको भ्रमणको बारेमा आफ्ना विचारहरु र अनुभवहरु आदान प्रदान गरे। सहभागीहरूले नेपालका बारे आफ्ना प्रश्नहरू / जिज्ञासाहरू पनि राखे जुन नेपाली सदस्यहरूबाट सम्बोधन गरिएको थियो। अंतत नेपालको प्राकृतिक सुन्दरताको आकर्षण, विभिन्न सांस्कृतिक र भौतिक वातावरणहरु, हिमालयको हिउचुली, विश्वको छत सगरमाथा , भगवान बुद्धको जन्मस्थान, गोर्खाली वीरताको इतिहास, विशिष्टता सहितको झण्डा, पौराणिक र सुन्दरता को भूमि, आदि छलफलका मुख्य विषयहरू थिए । युएनएचसीआर जाम्बियामा कार्यरत र एनसीसी-जाम्बियाका सल्लाहकार केशव श्रेष्ठले, “नेपालका जीवित देवी – कुमारी” को कथाको बारेमा व्याख्या गर्नुभयो।

कार्यक्रममा जाम्बिया राजस्व प्राधिकरणको एक अधिकारी (जसले नेपाल भ्रमण गरेका थिए) ले आफ्नो अनुभव सुनाउनु भएको थियो र नेपालमा अत्यधिक प्रभावकारी राजस्व संकलन व्यवस्था लागू गरिएको र कर फिर्ता दाखिल गर्न निजि क्षेत्रको प्रतिनिधिमुलक संस्था उद्ध्योग बाणिज्य महासंघ को भूमिका र  सहयोगको प्रसंसा गर्नु भयो।

अन्तमा, एनसीसी जाम्बियाका संस्थापक अध्यक्ष बिदुर खनालले उपस्थित अथितिहरुलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गर्नु भयो। उनले यस महत्त्वपूर्ण कार्यक्रमको आयोजनका लागि नेपाल राजदूतावास, प्रिटोरिया, दक्षिण अफ्रिकालाई आफ्नो कृतज्ञता व्यक्त गर्नु भयो। उहाँले जाम्बियाका एक मात्र नेपाली

उद्यमी रोशन थापालाई उदार वित्तीय योगदानका लागि धन्यवाद दिनुभयो, साथै कार्यक्रम सफल बनाउन  मदत  गर्ने  समस्त जाम्बियावासी नेपालीहरुको योगदानको प्रसंसा गर्दै, कृतज्ञता ब्यक्त गर्नु भयो ।

कार्यक्रमको अन्तमा रात्रिभोज आयोजना गरिएको थियो । सहभागीहरूले रात्रिभोजका बखत अनौपचारिक छलफल र विचारहरू आदान प्रदान गरे । नेपाली र नेपाली जनताको बारेमा थप ज्ञान, तथा नेपाल र जाम्बिया बीच पर्यटनको संभावना बारे थाहा पाउँदा खुसी ब्यक्त गरेका थिए । अतिथिहरुद्वारा कार्यक्रमको सराहना गर्नुको साथै नेपाल र नेपाली जनताको बारेमा यस कार्यक्रम मार्फत धेरै जान्ने मौका पाउदा खुशी थिए ।

सारांशमा, नेपालको परिचय, नेपाल को पर्यटन प्रबर्द्धन गर्नका लागी आयोजना गरिएको यस कार्यक्रम अत्यन्त सफलतासाथ सम्पन्न भयो ।