2026-09-08 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिसीमा नेवा समुदायको सामूहिक ब्रतबन्ध भव्यताको साथ सम्पन्न

विजय थापा | अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले आयोजना गरेको केयता पूजा (सामूहिक ब्रतबन्ध) भव्यताको साथ सम्पन्न भएको छ । 

गत जुलाई १४ तारिख मेरिल्याण्ड राज्य स्थित वाशिंगटन काली मन्दिरमा १२ नेपाली युवकहरुको सामूहिक ब्रतबन्ध सम्पन्न भएको छ ।

नेवा: अर्गनाईजेसन अफ अमेरिका (एनओए ) भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्धेश्यले १७ बर्ष अगाडी स्थापना भएको भएको हो । नेवा समुदायका पण्डित/पुरोहित तथा साँस्कृतिक राजदुत बासव राजोपाध्यायद्वारा पूजाआजा गरी सम्पन्न भएको थियो । 

उक्त मन्दिरमा नेपाल जस्तै परम्परागत वैद्धिक विधिबाट ब्रतबन्ध सम्पन्न गरिएको साँस्कृतिक राजदुत बासव राजोपाध्यायदले बताए । उक्त सामुहिक ब्रतबन्धमा क्यानडा बाट ३, अमेरिकाको टेनेसी राज्य बाट २, मेरिल्याण्ड राज्यबाट ३, बोस्टन बाट १, भर्जिनिया बाट २ तथा पेनसेलभेनियाबाट १ जना गरेर कूल १२ जना बटुकहरुको सहभागिता रहेको थियो । 

बटुकहरुमा क्रमस मेरिल्याण्डका १९ बर्षिय देभान्सु तमोट, क्यानाडा ओटावा ओन्टारियो का १८ बर्षिय शोभान रंजितकार, पेनसेलभेनियाका १८ बर्षिय सिधान्त तिवारी,मेरिल्याण्डका १५ बर्षिय स्नेहल तमोट, भर्जिनियाका १२ बर्षिय रिकेश थन्जु, क्यानाडा ओटावा ओन्टारियोका ११ बर्षिय सक्रिय रंजितकार, क्यानाडा ओन्टारियो ब्रामटन का ११ बर्षिय रोनिन राज श्रेष्ठ, मेरिल्याण्डका १० बर्षिय शान श्रेष्ठ, बोस्टनका १० बर्षिय निर्भिक सिंह, टेनेसीका १० बर्षिय श्रीजन श्रेष्ठ, भर्जिनिया कै १० बर्षिय निलन राज जोशी तथा टेनेसीका ८ बर्षिय मृनभ श्रेष्ठ को सहभागिता रहेको थियो । 

१२ जना बटुक मध्ये १ जना सिधान्त तिवारी मात्र ब्राम्हण थरका रहेका थिए । सामूहिक व्रत वन्ध रहेकोले कुनै जात र थर बिशेषको लागि मात्र नभएर मात्र सबैलाई स्वागत हुने आयोजकले बताए । 

उक्त सामुहिक ब्रतबन्धको लागि बटुकका आफन्त फुपू, मामा, हजुरबुवा हजुरआमा, वरपर तथा विभिन्न राज्यहरुबाट समेत नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।

संस्थाका कार्यबाहक अध्यक्ष पुस्कर प्रजापतिले सबैलाई स्वागत मन्तब्य राख्नु को साथै धन्यवाद दिएका थिए । उक्त कार्यक्रम  पितृ श्राद्ध, लसकुस परम्परागत स्वागत, कार्य शुद्धि, सामूहिक मण्डप पूजा, स्नान, अभिषेक आशिर्बाद, भिक्षा दान, सात चाल पछि सबैलाई स्वागत गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

तस्बिर : राजिव श्रेष्ठ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ