Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कलाकार श्रेष्ठसँग पत्रकार बानिया र गायक महतबीच अन्तरक्रिया हुँदै

२०७५, ८ श्रावण मंगलवार ०२:५३

विजय थापा | साउन ८, अमेरिका | अमेरिकाको डिसी महानगर क्षेत्रमा वरिष्ठ  कलाकार मदनकृष्ण श्रेष्ठ संग गरिने बिशेष अन्तरक्रिया कार्यक्रमको प्रस्तुतिकरण पत्रकार प्रेम बानिया तथा वरिष्ठ लोक गायक तथा अवैतनिक महा बाणिज्यदुत प्रेम राजा महतले गर्ने भएका छन् । 

अन्तरक्रिया कार्यक्रम डिसी महानगर क्षेत्रको क्रियाशील स्थापित गरि मुनाफा सामाजिक सँस्था नेपा पास पुचः अमेरीकाये (एनपीपीए )ले आगामी अगस्त ४ शनिबार को दिन गर्ने भएको छ । यसका लागि सँस्थाले चाजोपाजो मिलाई रहेको छ भने आधा भन्दा ज्यादा टिकट (स-शुल्क प्रवेश पत्र )बिक्रि गरेको जनाएको छ ।  


कार्यक्रमको लागि नेपाल बाट मदन कृष्ण  श्रेष्ठ अमेरिका आई पुगेका छन् । उनि कार्यक्रम सकिए पछि लगतै अगस्त ७ मा नेपाल फर्कने छन् । यसै गरि पत्रकार प्रेम बानिया अमेरिका आई पछि यसरी नेपाली समुदाय बीच सार्वजनिक रुपमा प्रस्तुतिको रुपमा सम्भवत पहिलो पटक देखिने भएका छन । 

कलाकर मदन कृष्ण श्रेष्ठले पत्रकार बानियालाई नेपाल देखि नै चिनेको र कार्यक्रम प्रस्तुतिको लागि पत्रकार बानियाको नाम सिफारिस समेत गरेकोले बानियाले अन्तर क्रिया कार्यक्रममा भाग लिने र प्रस्तुति गर्ने पक्का भएको जानकारी संस्थाका अध्यक्ष राजु जोशीले दिएका छन् । 

यसै गरि वरिष्ठ लोक गायक प्रेम राजा महतले पनि उक्त कार्यक्रममा प्रस्तुति गर्ने छन् । आयोजकले जनाए अनुसार बानिया तथा महतले कार्यक्रम संचालन गर्ने नभई ,बिशेष अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण कार्यक्रम प्रस्तोताको रुपमा पेश हुने छन् । 


उक्त कार्यक्रममा कलाकार श्रेष्ठ संग जीवनका कुराहरु ,महको 'म’ पुस्तक ,गायन क्षेत्र ,कलाकारिता क्षेत्र तथा अन्य जिज्ञाशा आदी ईत्यादी बिषयमा द्वय वरिष्ठ लोक गायक प्रेम राजा महत तथा पत्रकार प्रेम बानियाले सोध्ने छन् । साथै दर्शकहरुले समेत जिज्ञाशा समेत राख्न सक्ने छन् । वरिष्ठ लोकगायक महतले वहा जस्तो महान कलाकार संग आफूले केही कुराहरु राख्न पाउनु अहोभाग्य हो भन्दै सबैलाई यो मौका न गुमाउन हुन् अनुरोध गरेका छन् । 

पत्रकार प्रेम बानियाले पनि मदन कृष्ण श्रेष्ठ जस्तो वरिष्ठ कलाकार संग भेट हुन् पाउनु र कार्यक्रममा आफूले मौका पाएकोमा हर्ष व्यक्त गर्दै गर्व लागेको  बताएका छन् । 

उक्त कार्यक्रममा कलाकार श्रेष्ठ संग प्रत्यक्ष रुपमा भेटघाट गर्न पाइने ,अन्तरक्रियामा सहभागी हुन् पाइने ,जिज्ञाशा राख्न पाउने ,उनका संक्षेपमा जीवनका कुरा सुन्न पाइने ,उनको आत्मकथा ‘महको म’ पुस्तक बारेमा चर्चा सुन्न पाइने तथा गीत समेत सुन्न पाइने भएकोले डिसी वासीहरु उत्साहित भएका छन् ।


अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यको को जर्मन टाउन शहरमा हुने छ । सीमित सिट(स्थान) भएकोले चाडो भन्दा चाडो टिकट लिन अनुरोध गरिएको छ । अन्तरक्रिया कार्यक्रम सहित रात्रिभोजन को लागि $ ६० डलर तथा संस्थाका संरक्षक तथा आजीवन सदस्यरुलाई $ ५५ डलर दर्ता शुल्क तोकिएको छ । 

आयोजकले जनाए अनुसार संकलन भएको केहि रकम क्यान्सर सोसाइटी तथा नेपालमा संस्था द्वारा संचालित छात्रवृत्तिमा जाने जानकारी संस्थाका अध्यक्ष राजु जोशीले दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै