2026-10-26 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कलाकार श्रेष्ठसँग पत्रकार बानिया र गायक महतबीच अन्तरक्रिया हुँदै

विजय थापा | साउन ८, अमेरिका | अमेरिकाको डिसी महानगर क्षेत्रमा वरिष्ठ  कलाकार मदनकृष्ण श्रेष्ठ संग गरिने बिशेष अन्तरक्रिया कार्यक्रमको प्रस्तुतिकरण पत्रकार प्रेम बानिया तथा वरिष्ठ लोक गायक तथा अवैतनिक महा बाणिज्यदुत प्रेम राजा महतले गर्ने भएका छन् । 

अन्तरक्रिया कार्यक्रम डिसी महानगर क्षेत्रको क्रियाशील स्थापित गरि मुनाफा सामाजिक सँस्था नेपा पास पुचः अमेरीकाये (एनपीपीए )ले आगामी अगस्त ४ शनिबार को दिन गर्ने भएको छ । यसका लागि सँस्थाले चाजोपाजो मिलाई रहेको छ भने आधा भन्दा ज्यादा टिकट (स-शुल्क प्रवेश पत्र )बिक्रि गरेको जनाएको छ ।  

कार्यक्रमको लागि नेपाल बाट मदन कृष्ण  श्रेष्ठ अमेरिका आई पुगेका छन् । उनि कार्यक्रम सकिए पछि लगतै अगस्त ७ मा नेपाल फर्कने छन् । यसै गरि पत्रकार प्रेम बानिया अमेरिका आई पछि यसरी नेपाली समुदाय बीच सार्वजनिक रुपमा प्रस्तुतिको रुपमा सम्भवत पहिलो पटक देखिने भएका छन । 

कलाकर मदन कृष्ण श्रेष्ठले पत्रकार बानियालाई नेपाल देखि नै चिनेको र कार्यक्रम प्रस्तुतिको लागि पत्रकार बानियाको नाम सिफारिस समेत गरेकोले बानियाले अन्तर क्रिया कार्यक्रममा भाग लिने र प्रस्तुति गर्ने पक्का भएको जानकारी संस्थाका अध्यक्ष राजु जोशीले दिएका छन् । 

यसै गरि वरिष्ठ लोक गायक प्रेम राजा महतले पनि उक्त कार्यक्रममा प्रस्तुति गर्ने छन् । आयोजकले जनाए अनुसार बानिया तथा महतले कार्यक्रम संचालन गर्ने नभई ,बिशेष अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण कार्यक्रम प्रस्तोताको रुपमा पेश हुने छन् । 

उक्त कार्यक्रममा कलाकार श्रेष्ठ संग जीवनका कुराहरु ,महको ‘म’ पुस्तक ,गायन क्षेत्र ,कलाकारिता क्षेत्र तथा अन्य जिज्ञाशा आदी ईत्यादी बिषयमा द्वय वरिष्ठ लोक गायक प्रेम राजा महत तथा पत्रकार प्रेम बानियाले सोध्ने छन् । साथै दर्शकहरुले समेत जिज्ञाशा समेत राख्न सक्ने छन् । वरिष्ठ लोकगायक महतले वहा जस्तो महान कलाकार संग आफूले केही कुराहरु राख्न पाउनु अहोभाग्य हो भन्दै सबैलाई यो मौका न गुमाउन हुन् अनुरोध गरेका छन् । 

पत्रकार प्रेम बानियाले पनि मदन कृष्ण श्रेष्ठ जस्तो वरिष्ठ कलाकार संग भेट हुन् पाउनु र कार्यक्रममा आफूले मौका पाएकोमा हर्ष व्यक्त गर्दै गर्व लागेको  बताएका छन् । 

उक्त कार्यक्रममा कलाकार श्रेष्ठ संग प्रत्यक्ष रुपमा भेटघाट गर्न पाइने ,अन्तरक्रियामा सहभागी हुन् पाइने ,जिज्ञाशा राख्न पाउने ,उनका संक्षेपमा जीवनका कुरा सुन्न पाइने ,उनको आत्मकथा ‘महको म’ पुस्तक बारेमा चर्चा सुन्न पाइने तथा गीत समेत सुन्न पाइने भएकोले डिसी वासीहरु उत्साहित भएका छन् ।

अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यको को जर्मन टाउन शहरमा हुने छ । सीमित सिट(स्थान) भएकोले चाडो भन्दा चाडो टिकट लिन अनुरोध गरिएको छ । अन्तरक्रिया कार्यक्रम सहित रात्रिभोजन को लागि $ ६० डलर तथा संस्थाका संरक्षक तथा आजीवन सदस्यरुलाई $ ५५ डलर दर्ता शुल्क तोकिएको छ । 

आयोजकले जनाए अनुसार संकलन भएको केहि रकम क्यान्सर सोसाइटी तथा नेपालमा संस्था द्वारा संचालित छात्रवृत्तिमा जाने जानकारी संस्थाका अध्यक्ष राजु जोशीले दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने