Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाल्टिमोरका नेपालीहरु बीच ऐक्यबद्धता

२०७५, १५ श्रावण मंगलवार ००:४२

विजय थापा | साउन १५, वाशिंगटन डिसी | जुलाई ३० ,अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका नेपालीहरु बीच एकता कायम भएको छ । गत जुलाई २९ तारिख आइतबारका दिन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को आफ्नै सामुदायिक भवनमा ऐक्यबद्धता भएको सार्बजनिक रुपमा घोषणा गरिएको छ । 

ऐक्यबद्धताको बिशेष प्रयास तथा खास पहल महा बाणिज्यदुत प्रेम राजा महतले गरेका थिए भने बाचन प्रविण दिनबन्धु पोखरेलको उपस्थितिमा उक्त शुभ कार्य सम्पन्न भएको थियो । 

बाना कि अध्यक्ष अनु श्रेष्ठ वन्त, बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ, बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य, एनआरएन अमेरिकाका उपाध्यक्ष जेदु पोख्रेल, प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा, राप्रपाका सहायक महा मन्त्रि तथा समाजसेवी प्रेम श्रेष्ठ, समाज सेवी डा श्याम कार्की, हिन्दु बुद्ध मन्दिरका क्रिस घिमिरे, समाज सेवी द्वय तरुण पौडेल तथा बिनोद उप्रेती लगायतको अहम भूमिका पछि एकता कायम हुन् सकेको हो । 


नेपाल बाट हिन्दु बुद्ध मन्दिरको लागि महा पुराणको लागि आउनु भएका बाचन प्रविण दिनबन्धु पोखरेललाई बानाले आफ्नो भवन खरिद गरे पछि आफ्नै भवनमा स्वागत तथा सम्मान हेतु राखेको कार्यक्रम बीच एकता कायम भएको छ । यस सन्देशले बाल्टिमोर बासीमा खुशीको लहर छाएको छ । हिन्दु बुद्ध मन्दिरले आयोजना गरेको महापुराण को दोश्रो दिन जुलाई २९ तारिखको दिन हिन्दु बुद्ध मन्दिर बाना बीच ऐतिहासिक दिन भएको छ । हिन्दु बुद्ध मन्दिरको महापुराण जुलाई २८ देखि अगस्त ३ तारिख सम्म हुनेछ । 

बाल्टिमोर क्षेत्र वरपर लामो समय देखि बस्दै आएका सामाजिक अभियन्ता, समाज सेवी, अगुवा, विभिन्न संघ संस्थाका नेतृत्व लिई सकेका विभिन्न पेशामा संलग्न व्यक्तिहरु एकै थलोमा बसेर बढेको दुरीलाई अन्त्य गरेका छन् । मन भिन्नता नरहेता पनि केहि मत मात्र भिन्नताको कारण बढेको दूरी सदाका लागि स्थाई रुपले सकिएको छ । 

अमेरिकामा स्थापित संघ/संस्था चोईटिने, भत्किने, च्यातिने, टुक्रिने तथा विभाजित हुदै गरेको अवस्थामा बाल्टिमोरको छाता संगठन बानाले छरिएर रहेका फूलहरुलाई एउटा माला बुन्न सफल भएको छ । बाल्टिमोर बासिले देखाएको एकताले बिश्व भर रहेका सबै नेपाली तथा संघ.संस्थालाई समेत खुराक दिने छ । 


मन्दिर र सामुदायिक भवन विषयमा फरक मतको कारण केहि समयको लागि मिल्न नसकेको मन र मत समेत मिलेको छ । साक्षीको रुपमा पण्डित दिन बन्धु पोखरेलले एकता कायम र हिन्दु बुद्ध मन्दिरलाई सहयोग गर्ने खुला आव्हान महा बाणिज्य दुत प्रेम राजा महतले गरे पछि पण्डित पोखरेलले सबैलाई रातो टिका लगाई आशिर्बाद दिएका थिए । 

केहि सामाजिक अभियन्ताहरुले एकता तथा मिलन हुनु अगाडी केहि आफ्ना भनाईहरु समेत राखेका थिए । यस्को साथै बाल्टिमोरको छाता संगठन बानाले यस भेकमा रहेका सबै संगठनलाई समेट्दै यस बर्ष सहित तेश्रो बर्षमा सडक महोत्सव  निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम लगायत आगामी अगस्त ५ तारिखमा एकै थलोमा बनभोजको आयोजना गर्ने पहलले अमेरिकाका सबै राज्यमा रहेका नेपाली समुदायलाई संदेश दिएको छ । 

अमेरिकामा नेपालीहरु बाक्लो या पातलो बस्ति रहेको हरेक राज्य, शहर या गाउँ, टोल टोल र गल्लि गल्लिमा समेत बनभोजको आयोजना गर्ने प्रचलनलाई यसले शिक्षा पनि दिएको छ । छाता संगठनको रुपमा रहेको बाना बाट अरुले समेत सिक्नु पर्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश