विजय थापा | साउन १५, काठमाडौँ | अमेरिकाको मेरिल्याण्ड बाल्टिमोर स्थित बुद्ध मन्दिरको निर्माणका हेतु अर्थ संकलन गर्ने क्रममा महा पुराण को तेश्रो दिन सम्म $ २ लाख ४० हजार डलर भन्दा ज्यादा रकम संकलन गरिएको जनाइएको छ ।

जुलाई २८ का दिन शनिवार देखी शुरु भएको महायज्ञको पहिलो दिन बाल्टिमोर निवासी समाजसेवी डा. श्याम कार्कीले १ लाख डलर दान गरेका थिए । नेपालका ख्याती प्राप्त वाचन प्रविन दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेको महायज्ञ गत जुलाई २८ बाट सुरु भै अगस्ट ३ मा समापन हुनेछ ।

महायज्ञको तेश्रो दिन सोमबार सम्म शालिक वाग्ले $३३,३३३( तेत्तिस हजार तीन सय तेत्तिस डलर) ,गोपाल बि.क. ले दश हजार १ डलर, कृष्ण तथा अन्जु केसीले २५ हजार डलर तथा ५ हजार ,१ हजार आदि गरेर तेश्रो दिन सम्म $ २ लाख ४० हजार डलर भन्दा ज्यादा संकलन भएको छ ।

हिन्दु बुद्ध मन्दिर बाल्टीमोरको निर्माण तथा संस्थागत विकासको लागी आयोजित श्रीमद् भगवत ज्ञान महायज्ञमा आज तेस्रो दिन सम्म दान सहयोग गर्नु हुने दानविरहरुको नामावली समेत प्रकाशित गरिएको छ ।

आयोजक को तर्फ बाट १ हजार डलर भन्दा मुनी दान गर्ने दाताको अभिलेख पुस्तिकामा रहेको भएपनि प्राविधिक कठिनाईले यहाँ प्रस्तुत गर्न नसकिएको जानकारी गराइएको छ । आयोजकले पछि सम्पुर्ण दाताको नामावली समेत सार्वजनिक गरिने जनाएको छ ।

आयोजक को छापा बिज्ञप्ति जस्ताको तस्तै :

हिन्दु बुद्ध मन्दिर बाल्टीमोरको निर्माण तथा संस्थागत विकासको लागी आयोजित श्रीमद् भगवत ज्ञान महायज्ञमा आज तेस्रो दिन(जुलाई ३० सोमबार ) सम्म दान सहयोग गर्नु हुने दानविरहरुको नामावली र सहयोग यस प्रकार रहेको छ । यस महायज्ञमा आएर श्रीमद् भागवत कथा श्रवण गरौ र आफु सक्दो सहयोग गरौ ! ( यज्ञ प्रारंभ जुलाई २८ देखि अगष्ट ३ सम्म) :

सम्पुर्ण दानविरहरुलाई हार्दिक धन्यवाद एवं उज्वल भविष्यको शुभकामना छ !

जुलाई २८ तारिकका दान गर्ने दानविरहरु-

१) डा. श्याम कार्की ( महानायक ) $ १००,०००( एक लाख डलर),

२) गोपाल विश्वकर्मा ( सहनायक) $१०००१( दश हजार एक डलर),

३) हुम कुमारी छन्त्याल- $१५००( एक हजार पाँच सय डलर)

४) बलराम उपाध्याय/पौडेल – $५०००(पाँच हजार डलर)

जुलाई २९ तारिकका दान गर्ने दानविरहरु -

१) कृष्ण के.सी. एवं अन्जु के.सी. ( महानायक) $ २५,०००( पच्चीस हजार डलर)

२) ईश्वर अधिकारी ( सहनायक) – $१००००( दश हजार डलर)

३) दिपा शर्मा $५०००( पाँच हजार डलर)

४) रविलाल सुनार (सहनायक) $१००२१( दश हजार एक्काईस)

५) किरण सिटौला $१००१( एक हजार एक डलर)

६) शेर ब. भण्डारी $ ११०१( एघार सय एक डलर)

७) दिनेश अधिकारी $५५५५( पाँच हजार पाँच सय पच्पन्न डलर)

८) रमेश भट्ट $ ५०००( पाँच हजार डलर)

९) श्रीकृष्ण रेग्मी ( सहनायक ) $ ११,१११( एघार हजार एक सय एघार डलर )

१०) लक्ष्मण उप्रेती $ १००१( एक हजार एक डलर)

११) देवदास राजवाहक $ १०२१( एक हजार एक्काईस डलर)

१२) सुदर्शन भण्डारी $१००५(एक हजार पाँच डलर)

१३) गणेश लामिछाने $५००५(पाँच हजार पाँच डलर)

जुलाई ३० गते -

१) महेश भट्टराई $ ५०००( पाँच हजार डलर)

२) मोहन ढकाल( सहनायक) $ १०,०००( दश हजार डलर)

३) आकाश राम भण्डारी $ ५०००( पाँच हजार डलर)

४) महेन्द्र बास्तकोटी $५०००( पाँच हजार डलर)

५) ईश्वर रिजाल $१०००( एक हजार डलर)

६) प्रेमराज महत तथा कविता महत $१००१( एक हजार एक डलर)

७) देवी छन्त्याल $१०५१(एक हजार एकाउन्न डलर)

८) शालिक वाग्ले ( सभानायक) $३३,३३३( तेत्तिस हजार तीन सय तेत्तिस डलर)

९) राज कुमार खड्का $१००१(एक हजार एक डलर)

१०) सन्तोष श्रेष्ठ $१००१(एक हजार एक डलर )

११) कृष्ण तामाङ $१००५(एक हजार पाँच डलर)

( नोट : १ हजार डलर भन्दा मुनी दान गर्ने दाताको अभिलेख पुस्तिकामा रहेको भएपनि प्राविधिक कठिनाईले यहाँ प्रस्तुत गर्न नसकिएको जानकारी गराईन्छ र पछि सम्पुर्ण दाताको नामावली समेत सार्वजनिक गरिनेछ )