2026-10-26 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा घर्तीको जीवन रक्षा गर्न सिँचाईमन्त्री पुन र ओनसरी घर्ती सहितको सहयोग

साउन १७, काठमाडौँ (रासस) | साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि रु १५ लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण भएको छ । 

ऊर्जा तथा सिँचाईमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीमगरले दिलबहादुरको जीवन रक्षाका लागि संयुक्त रुपमा रु एक लाख सहयोग हस्तान्तरण गर्नुभएको छ । 

ऊर्जामन्त्री र पूर्वसभामुखसहित वाईसिएल जिल्ला समिति रोल्पाको पहलमा संकलित रु पाँच लाख ७८ हजार, मगर संघ साउदी अरबबाट संकलित रु सात लाख ५० हजार, प्रदेश सांसद लालकुमारी पुनबाट रु ५० हजार र मगर संघ कतारबाट संकलित रु २५ हजार रकम आज ‘दिलबहादुर घर्ती बचाउका लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरिएको छ । 

रोल्पा नगरपालिका–१० का दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा हुनुहुन्छ । उहाँले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन पुग्दा साउदी नागरिकको मृत्यु भएपछि त्यहाँका अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई दुई लाख २५ हजार रियाल (करिब ६५ लाख रुपैया) क्षतिपूर्ति दिन फैसला गरेको छ । 

साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई रु ६५ लाख तिर्नैपर्ने भएको हो । 

देशभित्रै रोजगारी सिर्जना गर्छौः मन्त्री पुन 

सहयोग हस्तान्तरणपछि मन्त्री पुनले रोजगारीका लागि विदेश पुगेका नेपालीले अनेक दुःख कष्ट भोगिरहेको उल्लेख गर्दै समस्या न्यूनीकरण गर्न सरकारले देशमै रोजगारी सिर्जना गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो । 

‘रोजगारीका लागि विदेश जानुभएका नेपालीहरुले अनेक दुःख भोगिरहनुभएको छ, दिलबहादुर घर्ती त एउटा उदाहरण मात्रै हो,’ उहाँले भन्नुभयो ‘यो समस्या हल गर्न देशमै रोजगारी सिर्जना गर्नुपर्दछ, यसका लागि सरकारले काम अगाडि बढाइरहेको छ ।’ 

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनको संयोजकत्वमा गठित मूल समितिले तोकिएको रकम करिब करिब संकलन गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने