2026-10-26 11:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन नागरिकता ऐन प्रष्ट बनाउन एनआरएन अगुवाहरुको माग

साउन २५, न्यूयोर्क | एनआरएनहरुलाई दिईने गैर आवासिय नेपाली नागरिकताका बारेमा ऐन प्रष्ट नभएकोमा एनआरएनका अगुवाहरुले प्रष्ट बनाउन सरकारसंग माग गरेका छन् । सरकारले संसदमा दर्ता गराएको नागरिकता सम्बन्धी ऐनमा गैह् आवासीय नेपालीहरूले सम्बन्धीत देशको नागरिकता लिंदा नेपालका नागरिकता त्यागेको प्रमाण पेश गरेपछि मात्र नेपाली नागरिकता दिईने भन्ने बुंदा अस्पष्ट भएको बताएका छन् । बुंदा नम्बर ५ को “२ ख मा रहेको सम्बन्धित ब्यक्तीले साविकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा प्रमाण” भन्नाले अमेरिका लगायतका देशको नागरिकता प्राप्त गर्दा नेपाली नागरिकता त्यागेको प्रमाण दिन नपर्ने हुंदा त्यस्तो कुनै प्रमाण माग्दा अप्ठ्यारो हुने अगुवाहरुको बुझाई छ ।

नागरिकता अभियानमा लामो समयदेखि सकृय बरिष्ठ अधिवक्ता समेत रहेका खग्रेन्द्र क्षेत्रीले यस ऐनबाट अमेरिकामा रहेका नेपालीहरुलाई एनआरएन नागरिकता प्राप्त गर्न कठिन हुने देखिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।  यो ऐन संसदमा रहेकोले यसलाई  सच्याउन क्षेत्रीले माग गरेका छन् ।  सरकारले ल्याएको वर्तमान बिधेयक र मस्यौदाले अमेरिका, क्यानडा वस्ने नेपालीहरू जसले अमेरिका र क्यानडाको नागरिकता लिएका छन् उनिहरू नेपाली नागरिकता पाउन बाट बन्चित हुने देखिएको क्षेत्रीको बुझाई छ । एनआरएन अमेरिकाका पुर्व अध्यक्ष रहेका क्षेत्रीले केहि समय अगाडि नेपाल भ्रमणमा रहेको बेला परराष्ट्र मन्त्री, कानुन मन्त्री लगायतसंग भेटेर आफ्नो भनाई राखेका थिए ।

एनआएन अमेरिका क्षेत्रका आरसी गौरीराज जोशीले पनि यस बुंदालाई प्रस्ट बनाउंदा सबैमा सहज हुने बताएका छन् । आरसी जोशीका अनुसार एनआरएनहरु सदैव नेपालको हितमा लागिरहने भएको हुंदा सरकारले पनि उनिहरुलाई सहज हुने गरि ऐन बनाउन माग गरेका छन् । अमेरिका लगायतका कतिपय देशका नागरिकता लिंदा पुरानो नागरिकता भएको देशको नागरिकता खारेज गरेको प्रमाण दिन नपर्ने हुंदा यसलाई सहज बनाईदिन सम्बन्धीत सबैमा आग्रह गरेका छन् ।

यसैबिच, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आमन्त्रीत केन्द्रिय सदस्य समेत रहेका जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले पनि यो ऐनबाट अमेरिका, क्यानडा लगायतका मुलुकमा बस्ने नेपालीहरुका लागि घुमाउरो पाराबाट दुख दिन खोजे जस्तो देखिएकोले थप स्पस्ट र सहज बनाउन आफ्नो पहल रहने बताएका छन् । बिष्टले आफ्नो स्थानबाट पार्टि नेता र सांसदहरुसंग हरुसंग यस बिषयमा कुरा राख्ने बताएका छन् ।

प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव राधाकृष्ण देउजाले बिदेशमा रहेका नेपालीहरुको हितका लागि नै यस प्रकारको नागरिकता प्रदान गर्न लागेकोले सरकार र संसदले थप सहज बनाउने आफुले अपेक्षा गरेको बताएका छन् । देउजाका अनुसार नेपालीरु संसारका अधिकांश देशमा बसोबास गरिरहेको हुंदा सबै नेपालीहरुको हित ध्यानमा राखेर ऐन बनाउन आफुहरुको पनि पहल रहने प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने