Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन नागरिकता ऐन प्रष्ट बनाउन एनआरएन अगुवाहरुको माग

२०७५, २५ श्रावण शुक्रबार ०२:५४

साउन २५, न्यूयोर्क | एनआरएनहरुलाई दिईने गैर आवासिय नेपाली नागरिकताका बारेमा ऐन प्रष्ट नभएकोमा एनआरएनका अगुवाहरुले प्रष्ट बनाउन सरकारसंग माग गरेका छन् । सरकारले संसदमा दर्ता गराएको नागरिकता सम्बन्धी ऐनमा गैह् आवासीय नेपालीहरूले सम्बन्धीत देशको नागरिकता लिंदा नेपालका नागरिकता त्यागेको प्रमाण पेश गरेपछि मात्र नेपाली नागरिकता दिईने भन्ने बुंदा अस्पष्ट भएको बताएका छन् । बुंदा नम्बर ५ को “२ ख मा रहेको सम्बन्धित ब्यक्तीले साविकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा प्रमाण” भन्नाले अमेरिका लगायतका देशको नागरिकता प्राप्त गर्दा नेपाली नागरिकता त्यागेको प्रमाण दिन नपर्ने हुंदा त्यस्तो कुनै प्रमाण माग्दा अप्ठ्यारो हुने अगुवाहरुको बुझाई छ ।

नागरिकता अभियानमा लामो समयदेखि सकृय बरिष्ठ अधिवक्ता समेत रहेका खग्रेन्द्र क्षेत्रीले यस ऐनबाट अमेरिकामा रहेका नेपालीहरुलाई एनआरएन नागरिकता प्राप्त गर्न कठिन हुने देखिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।  यो ऐन संसदमा रहेकोले यसलाई  सच्याउन क्षेत्रीले माग गरेका छन् ।  सरकारले ल्याएको वर्तमान बिधेयक र मस्यौदाले अमेरिका, क्यानडा वस्ने नेपालीहरू जसले अमेरिका र क्यानडाको नागरिकता लिएका छन् उनिहरू नेपाली नागरिकता पाउन बाट बन्चित हुने देखिएको क्षेत्रीको बुझाई छ । एनआरएन अमेरिकाका पुर्व अध्यक्ष रहेका क्षेत्रीले केहि समय अगाडि नेपाल भ्रमणमा रहेको बेला परराष्ट्र मन्त्री, कानुन मन्त्री लगायतसंग भेटेर आफ्नो भनाई राखेका थिए ।

एनआएन अमेरिका क्षेत्रका आरसी गौरीराज जोशीले पनि यस बुंदालाई प्रस्ट बनाउंदा सबैमा सहज हुने बताएका छन् । आरसी जोशीका अनुसार एनआरएनहरु सदैव नेपालको हितमा लागिरहने भएको हुंदा सरकारले पनि उनिहरुलाई सहज हुने गरि ऐन बनाउन माग गरेका छन् । अमेरिका लगायतका कतिपय देशका नागरिकता लिंदा पुरानो नागरिकता भएको देशको नागरिकता खारेज गरेको प्रमाण दिन नपर्ने हुंदा यसलाई सहज बनाईदिन सम्बन्धीत सबैमा आग्रह गरेका छन् ।

यसैबिच, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आमन्त्रीत केन्द्रिय सदस्य समेत रहेका जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले पनि यो ऐनबाट अमेरिका, क्यानडा लगायतका मुलुकमा बस्ने नेपालीहरुका लागि घुमाउरो पाराबाट दुख दिन खोजे जस्तो देखिएकोले थप स्पस्ट र सहज बनाउन आफ्नो पहल रहने बताएका छन् । बिष्टले आफ्नो स्थानबाट पार्टि नेता र सांसदहरुसंग हरुसंग यस बिषयमा कुरा राख्ने बताएका छन् ।

प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव राधाकृष्ण देउजाले बिदेशमा रहेका नेपालीहरुको हितका लागि नै यस प्रकारको नागरिकता प्रदान गर्न लागेकोले सरकार र संसदले थप सहज बनाउने आफुले अपेक्षा गरेको बताएका छन् । देउजाका अनुसार नेपालीरु संसारका अधिकांश देशमा बसोबास गरिरहेको हुंदा सबै नेपालीहरुको हित ध्यानमा राखेर ऐन बनाउन आफुहरुको पनि पहल रहने प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै