Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा पहिलो पटक जनैपूर्णिमा र गाईजात्रा

२०७५, १३ भाद्र बुधबार १३:३६

भदौ १३, अस्ट्रेलिया | अस्ट्रेलियामा आफ्नो भाषा, कला, र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने अभिप्रायले पहिलो पटक आयोजना गरिएको गाईजात्रा तथा रक्षाबन्धन कार्यक्रम भव्यता र सभ्यताका साथ सिड्नीमा सम्पन्न भएको छ।

गोरखा समाज अष्ट्रेलियाद्वारा आयोजित यस कार्यक्रममा गाईजात्रा, लाखे तथा विभिन्न संस्कृति तथा समुदायको विशेषता झल्कने झाँकीहरु प्रदर्शन गरिएका थिए ।

बिहान रक्षाबन्धनबाट शुरु भएको उक्त कार्यक्रम दिउँसो गाईजात्रा, लाखे र बिभिन्न झाँकीहरु सहितका परेडमा परिवर्तन भएको थियो ।


कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक एबं गोरखा समाज अष्ट्रेलियाका सल्लाहकार रामकुमार श्रेष्ठले सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी मानिने नेपालले बहुसांस्कृतिक देश अस्ट्रेलियामा यस किसिमका कार्यक्रम मनाउनुको बहुआयामिक महत्व हुने बताउनु भयो ।

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले गोरखा समाज अस्ट्रेलियाले गाइजात्रालाई सिग्नेचर प्रोग्रामको रुपमा निरन्तरता दिनु उपयुक्त हुने सुझाब दिनु भयो ।


कार्यक्रममा डा नारायण प्रधान र स्पोन्सरका तर्फबाट मल्टी डाइनामिक रियल स्टेटका मेघ राजा पौडेलले पनि मन्तब्य राख्नु भएको थियो ।   

गोरखा समाज अस्ट्रेलियाका अध्यक्ष त्रिलोचन पोखरेलको अध्यक्षतामा भएको छोटो औपचारिक कार्यक्रमको सन्चालन सुरेन्द्र दवाडीले गर्नु भएको थियो जस्मा आयोजकका तर्फबाट महासचिव प्रकाश बस्ताकोटीले स्वागत मन्तब्य ब्यक्त गर्ने क्रममा नेपाली हाँसो, खुसी, सत्कार र सद्भावको संस्कारलाई विदेशी भूमिमा जगेर्ना गर्न तथा हुर्कदै गरेका दोस्रो पिढीलाई समेत बुझाउन र सिकाउन यस्ता मौलिक कार्यक्रमहरू कोशेढुङ्गा सावित हुने बताए।


कार्यक्रममा सिड्नीस्थित विभिन्न संघसस्थाहरूको सहभागितामा साँस्कृतिक साङ्गीतिक प्रस्तुतिका साथै गाईजात्राको मौलिक टाकटुके नाचका साथै गुठी अष्ट्रेलियको सहकार्यमा चर्चित लाखे नाचको प्रस्तुति रहेको थियो । कार्यक्रमको प्रमुख आकर्षकका रूपमा मेरी बास्सैका हाँस्यकलाकार राजु मास्टर तथा बल्छी धुर्बेको विशेष प्रस्तुति थियो । अस्ट्रेलियन फिल्म "सर्भाइभ अर डाइ" फिल्ममा भूमिका निर्बाह गरेकी बिभिन्न अवार्डद्धारा सम्मानित ११ बर्षीया सरिना सैंजू लगायत थुप्रै स्थानीय कलाकारहरुको पनि आकर्षक प्रस्तुति रहेको यो चरणको कार्यक्रमको सन्चालन मदन कोइराला र सविना शाक्यले गर्नु भएको थियो ।   

जनै पूर्णिमाको दिन आयोजना भएको उक्त कार्यक्रममा ऋषि तर्पणी तथा रक्षा बन्धन कार्यक्रम हिन्दु समाज अष्ट्रेलियाको संयोजनमा सम्पन्न भएको थियो ।      

कार्यक्रममको नारा कला,धर्म, संस्कृति नेपालीको शान-  डाँफे, बुद्ध, सगरमाथा हाम्रो पहिचान राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै