2026-10-26 11:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा पहिलो पटक जनैपूर्णिमा र गाईजात्रा

भदौ १३, अस्ट्रेलिया | अस्ट्रेलियामा आफ्नो भाषा, कला, र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने अभिप्रायले पहिलो पटक आयोजना गरिएको गाईजात्रा तथा रक्षाबन्धन कार्यक्रम भव्यता र सभ्यताका साथ सिड्नीमा सम्पन्न भएको छ।

गोरखा समाज अष्ट्रेलियाद्वारा आयोजित यस कार्यक्रममा गाईजात्रा, लाखे तथा विभिन्न संस्कृति तथा समुदायको विशेषता झल्कने झाँकीहरु प्रदर्शन गरिएका थिए ।

बिहान रक्षाबन्धनबाट शुरु भएको उक्त कार्यक्रम दिउँसो गाईजात्रा, लाखे र बिभिन्न झाँकीहरु सहितका परेडमा परिवर्तन भएको थियो ।

कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक एबं गोरखा समाज अष्ट्रेलियाका सल्लाहकार रामकुमार श्रेष्ठले सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी मानिने नेपालले बहुसांस्कृतिक देश अस्ट्रेलियामा यस किसिमका कार्यक्रम मनाउनुको बहुआयामिक महत्व हुने बताउनु भयो ।

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले गोरखा समाज अस्ट्रेलियाले गाइजात्रालाई सिग्नेचर प्रोग्रामको रुपमा निरन्तरता दिनु उपयुक्त हुने सुझाब दिनु भयो ।

कार्यक्रममा डा नारायण प्रधान र स्पोन्सरका तर्फबाट मल्टी डाइनामिक रियल स्टेटका मेघ राजा पौडेलले पनि मन्तब्य राख्नु भएको थियो ।   

गोरखा समाज अस्ट्रेलियाका अध्यक्ष त्रिलोचन पोखरेलको अध्यक्षतामा भएको छोटो औपचारिक कार्यक्रमको सन्चालन सुरेन्द्र दवाडीले गर्नु भएको थियो जस्मा आयोजकका तर्फबाट महासचिव प्रकाश बस्ताकोटीले स्वागत मन्तब्य ब्यक्त गर्ने क्रममा नेपाली हाँसो, खुसी, सत्कार र सद्भावको संस्कारलाई विदेशी भूमिमा जगेर्ना गर्न तथा हुर्कदै गरेका दोस्रो पिढीलाई समेत बुझाउन र सिकाउन यस्ता मौलिक कार्यक्रमहरू कोशेढुङ्गा सावित हुने बताए।

कार्यक्रममा सिड्नीस्थित विभिन्न संघसस्थाहरूको सहभागितामा साँस्कृतिक साङ्गीतिक प्रस्तुतिका साथै गाईजात्राको मौलिक टाकटुके नाचका साथै गुठी अष्ट्रेलियको सहकार्यमा चर्चित लाखे नाचको प्रस्तुति रहेको थियो । कार्यक्रमको प्रमुख आकर्षकका रूपमा मेरी बास्सैका हाँस्यकलाकार राजु मास्टर तथा बल्छी धुर्बेको विशेष प्रस्तुति थियो । अस्ट्रेलियन फिल्म “सर्भाइभ अर डाइ” फिल्ममा भूमिका निर्बाह गरेकी बिभिन्न अवार्डद्धारा सम्मानित ११ बर्षीया सरिना सैंजू लगायत थुप्रै स्थानीय कलाकारहरुको पनि आकर्षक प्रस्तुति रहेको यो चरणको कार्यक्रमको सन्चालन मदन कोइराला र सविना शाक्यले गर्नु भएको थियो ।   

जनै पूर्णिमाको दिन आयोजना भएको उक्त कार्यक्रममा ऋषि तर्पणी तथा रक्षा बन्धन कार्यक्रम हिन्दु समाज अष्ट्रेलियाको संयोजनमा सम्पन्न भएको थियो ।      

कार्यक्रममको नारा कला,धर्म, संस्कृति नेपालीको शान-  डाँफे, बुद्ध, सगरमाथा हाम्रो पहिचान राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने