भदौ १४, युके | गत २८ अगष्ट २०१८ का दिन किरात याक्थुङ चुम्लुङ युकेले एक विज्ञप्ति जारी गरि प्रदेश नम्बर १ को नामाङ्कन लिम्बुवान हुनुपर्ने माग गरेको छ ।

नेपालको नयाँ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, युके | गत २८ अगष्ट २०१८ का दिन किरात याक्थुङ चुम्लुङ युकेले एक विज्ञप्ति जारी गरि प्रदेश नम्बर १ को नामाङ्कन लिम्बुवान हुनुपर्ने माग गरेको छ ।

नेपालको नयाँ "/>

2026-10-26 11:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युकेबाट प्रदेश न. १ को नाम लिम्बुवान हुनुपर्ने माग

भदौ १४, युके | गत २८ अगष्ट २०१८ का दिन किरात याक्थुङ चुम्लुङ युकेले एक विज्ञप्ति जारी गरि प्रदेश नम्बर १ को नामाङ्कन लिम्बुवान हुनुपर्ने माग गरेको छ ।

नेपालको नयाँ संरचना अन्तर्गतको ७ प्रदेशहरु मध्ये प्रदेश न १ को सम्बन्धमा चुम्लुङले भनेको छः सबैभन्दा पछिल्लो समय सम्म स्वतन्त्र राज्यको रुपमा रहेको र स्वायत्त लिम्बुवान रहने गरि गोर्खा राज्य संग सम्झौता गरि नेपालमा जोडिएको ताजा इतिहासलाई सम्मान गर्दै ऐतिहासिक आधारमा प्रदेश न। १ को नाम ‘लिम्बुवान“ वा ‘लिम्बुवान किरात“ राख्नु पर्दछ । देशविदेश र संयुक्त राष्ट्रसङ्घमा समेत लिम्बुवानको मुद्धा एवं पहिचान स्थापित भईसकेको कारण स्थायी शान्ति, समृद्धिको निम्ति सरकार तथा सम्बन्धित निकायले प्रदेश न १ को नामावली लिम्वुवान प्रदेश नै हुनुपर्ने बताएको छ । र, लिम्बुवान प्राप्तिको आन्दोलन सयौ बर्ष सम्म चलिरहने प्रतिबद्धता पनि विज्ञप्तिमा दोहयाएका छन । 

पहिचानको मुद्धामा एकपछि अर्को गर्दै गलत कार्य र बेइमानी थप्ने काम अहिलेको सरकारबाट भईरहेको भएपनि प्रदेश न। १ को नामाङ्कनको सम्बन्धमा सरकारबाट पुनः गलत निर्णय नहोस भनी सावधान गराएका छन् । त्यस्तैगरि मुलुकी संहिता २०७४ मा गोरुगाई मारेकोमा ३ बर्ष कैद सजायको बारेमा पनि विज्ञप्ति मार्फत विरोध जनाएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने