२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा नेपाली श्रमिकको पैसा माथि अनियमितता, अब के हुन्छ ?

२०७५, २४ भाद्र आईतवार ०६:५८

अर्जुन बराल | भदौ २४, दक्षिण कोरिया | नेपाली सम्पर्क समिति (एनसिसि) दक्षिण कोरियाका निर्बतमान अध्यक्ष प्रेम शाहले आफनो कार्यकालमा संस्थाको स्ट्याम्प सहित महत्वपूर्ण कागजातको प्रयोग गरि एक करोड छैसठ्ठी लाख बैसठ्ठी हजार कोरियन वोन मध्य बिबिध शिर्षकमा प्राप्त चौवालीस लाख बैसठ्ठी हजार कोरिवन बाहेक बाँकी एक करोड बाईस लाख कोरियन वोनको आर्थिक हिसाबकिताब संस्थाको नयाँ कार्यसमितिलाई अधिबेशन सम्पन्न भएको १३ महिना बितिसक्दापनि बुझाउँन आनाकानी गरेसँगै नयाँ कार्यसमितिले निर्बतमान अध्यक्ष प्रेम शाहले नेपाली सम्पर्क समितिको आफ्नो कार्यकालमा बिबिध कारणबश रिक्त भएको कोषाध्यक्षको पदलाई पनि आफैसँग राखी भष्ट्रचार सहित आर्थिक हिनामिना गरेको पत्रकार सम्मेलनको आयोजना गरि गम्भिर आरोप लगाएको छ । 

गत बर्षको अगस्ट ६ तारिखका दिन बसेको नयाँ कार्यसमितिको पहिलो बैठकमा स्वयंम निबर्तमान अध्यक्ष एंवम होटेल ब्यबसायी प्रेम शाहले बुझाउँन बाँकी कार्यसमितिका सदस्यहरुको सदस्यता शुल्क सहित आर्थिक हिसाबकिताब एक करोड बाईस लाखकोरियन वोन छिटोभन्दा छिटो बुझाउँने कागजी सहमतीमा सहिछाप भएपनि लामो समयसम्म संस्थाको बैठकमा अनुपस्थिती रहेको खुल्न आएको छ भने यस कुरालाई प्रेम शाहले आफुबाट संस्थालाई अठ्ठाइस लाख देखि पैतीस लाख कोरियन वोनको बिचमा हिसाब किताब बुझाउँन केहि कारणबश ढिलो भएको भनेर झुट स्विकार गरेका छन् भने आफुले छिट्टै नै पारदर्शी तरिकाले बुझाउँन लागेको बताएपनि आफनो कार्यकालको कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष स्वंयम बर्तमान कार्यसमिति अध्यक्ष अन्जु केसी रहेको र उहाँबाट नै अठसठ्ठी लाख कोरियन वन हिनामिना गरेको आरोप लगाए सँगै आफु सँग बिनाजानकारी फोटो प्रयोग गरी सामाजिक संजालमा बिभिन्न आरोपसहित बेईज्जती गरेकोले कोरियाको प्रहरी प्रशासनको क्राईम ब्युरोमा साईबर क्राईम अन्र्तगत रहेर नेपाली सम्पर्क समितिका सल्लाहकार एंवम पत्रकार यम श्रीस मगर र बर्तमान कार्यसमिति अध्यक्ष अन्जु केसी माथि मुद्दा दायर गरेको बताएका छन् ।

अब के हुन्छ ?

नेपाली सम्पर्क समितिको स्थापना सन् १९९३ मा नेपाली दुतावासको स्थापनापूर्ब नेपाली समुदायबाट भएको भएतापनि आजसम्म यससंस्थालाई बैधानिक बनाउँन कुनै प्र्रयास नै नगरी अबैधानिक तरिकाले संचालन गरिएको छ भने संस्थाको जिम्मेवारपदमा पनि अबैधानिक तवरबाट दक्षिण कोरियामा रहेका नेपालीले नेतृत्व लिईरहेका छन् जसमध्य पूर्बकार्यसमितिका जिम्मेवार पदमा रहेका जिम्मेवार ब्यक्ति नरेन्द्र गुरुङ्ग, डेबिड राई, बम लावती अबैधानिक बसोबासको कारण कोरियन प्रहरीको गिरप्तारीबाट डिपोर्ट भैसकेका छन् भने यस घटनामा पनि यस्तै नहोला भन्न सकिन्न । 

मजदुरको पैसा संस्थाको कोषमा आउँला ?

नेपाली सम्पर्क समिति भित्रको आर्थिक हिसाबको पारदर्शिताका बिषयमा साझासवाल अनलाईनले कोरियाका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहसँग तपाई नेपाली समुदायभित्रको अभिभाबक पनि घटनाका बिषयमा दुतावासलाई औपचारिक जानकारी अबश्य होला तर समस्या समाधानमा तपाईको भुमिका सुन्य देखियो भनेर गरेको प्रश्नमा उहाँले आलटालपूर्ण तरिका र झोक्किदै “दुतावासलाई न त कुनै समितिको बैठकमा बोलाईएको छ न औपचारीक तरिकाले समस्या समाधान गरिदिन आग्रह नै गरिएको छ । उनीहरुको अहिलेको होईन पहिल्यैैदेखिको बिबाद हो, हामीलाई राखेर लेनदेन गरिएको होईन बाहिर पब्लिकबाट सुने अनुसार निर्बतमान अध्यक्ष प्रेम शाह र बर्तमान अध्यक्ष अन्जु केसी आपसमा मिलेर समस्या समाधान गर्न सक्नु हुन्थ्यो उहाँहरु मिल्न सक्नु भएको छ्रैन भन्ने सुन्छु तर उहाँहरु दुतावाससम्म आफनो आधीकारीक पुष्टि लिएर नआएसम्म कसरी भुमिका निर्बाह गरौ त ? अनी हामीले के गर्ने ? हामी केहि गर्न सत्तैनौ ।” उहाँको जवाफ थियो भने एनआरएनए कोरियालाई पनि औपचारिक तरिकाले जानकारी नगराईएको केवल सोसल मिडिया र कोरियाबाट संचालित केहि अनलाईनका समचारबाट जानकारी प्राप्त भएको भएतापनि घटनालाई साईबर क्राईमसँग जोडीएकाले थप जटिलता निम्त्याउँने एनआरएन कोरियाका जिम्मेवार ब्यत्तिले बताए । तर कोरियामा रहेका राजनीतिक दलका भातृसंगठनले समेत यसरी मजदुरको पैसामा आर्थिक अनियमितता भएको घटना बाहिर आउँदा समेत मौन बस्नुलाई घटना हात्ति आयो हात्ति आयोमा नै सिमित नहोला भन्न सकिन्न । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने