Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भवती श्रीमती जाचँ गराउन अस्पताल पुगेका श्रीमानको घाँटी रेटी हत्या

२०७५, ३१ भाद्र आईतवार ०९:०३

भदौ ३१, काठमाडौँ । भारतको नालगोडा जिल्लामा गर्भवती श्रीमती जाँच गराउन अस्पताल पुगेका एक व्यक्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ | मिरियालागुडा सहरको एक अस्पतालमा श्रीमती जाचँ गराउन पुगेका २४ वर्षीय पेरुमाला प्रणयलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरि हत्या गरेको हो ।

गर्भवती श्रीमती अमृतालाई स्वास्थ्य जाँच गराइ अस्पतालबाट फर्किदै गरेका प्रणयलाई अज्ञात व्यक्तिले घाँटी रेटेर हत्या गरेका हुन्। प्रणय र अमृताबीच गत ३१ जनवरीमा प्रेम विवाह भएको थियो। उनीहरुले विवाह गरेपछि दुवैतिरका परिवार असन्तुष्ट भएको कुरा बीबीसीमा उल्लेख छ।

प्रेम विवाह नै हत्याको कारण हुनसक्ने प्रहरीको आशंका छ।नालगोडा जिल्लाका एसपी रंगानाथले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। प्रणय दलित हुन् भने अमृता क्षेत्री र धनी परिवारकी छोरी हुन्।अमृताका बुबा रियल स्टेटका व्यापारी हुन्।

प्रहरीले अमृताका बुबा र उनका भाइ श्रवणलाई हत्या आशंकामा पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। १० कक्षाका प्रणय र ९ कक्षाकी अमृता प्रेममा थिए। उनीहरु विवाह गर्ने निर्णयमा पुगेपछि परिवारमा विवाह गरिदिनका लागि कुरा राखे।

तर, अमृताका बुबाले इन्कार गरिदिए। त्यसपछि उनीहरुले हैदरावाद गएर आर्य समाज विधिअनुसार विवाह गरे। त्यसपछि अमृता प्रणयको घरमा बस्दै आइन्। विवाह पछि अमृताका बाबुले छोरी फिर्ता गर्न कयौं प्रयास गरे। तर अमृताले भने आफ्नो जीवनसाथी छोड्न नसक्ने भन्दै बाबुको कुरा इन्कार गरिदिइन्।

छोरीले दलितसँग विवाह गरेपछि अमृताका बाबु तनावमा थिए। विवाह पछि अमृताका बाबुले प्रणयको हत्या गर्न चाहेको प्रणयका पीता बाला स्वामीले बीबीसीलाई बताएका छन्। ससुराबाटै मार्ने धम्की आएपछि प्रणय पनि तनावमा थिए। ससुराबाटै छोराको हत्या भएको प्रणयका बाबुले जिकिर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित