2026-09-08 04:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेसेल्स एनआरएनएको ७९ औ शाखा

असोज ४, काठमाडौँ | गैर आबासिय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ शाखाको रुपमा मान्यता दिएको छ । अफ़्रिकि मुलुक सेसेल्स , अफ्रिकाको सबै भन्दा बढी प्रती ब्याक्ती आय भएको र थोरै जन संख्या भएको देश हो । 

अफ्रिकाको पुर्बी तटमा अबस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकिय गन्तब्य मध्य पनि एक हो । यहाँ पाँच सय भन्दा बढी नेपालीहरु होटेल र अन्य पर्यटन उधोगमा कार्यरत छन । 

गत हप्ता सम्पन्न नेपालीहरुको एक भेलाले राम प्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको  एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी गराएका छन ।

 

समितिमा उपाध्यक्ष मनोज बिक किशोर कुमार महर्जन  महासचिव कम्मान सिंह खत्री , सचिब बिश्वजीत कार्की , कोषाध्यक्ष कोमल राज पान्डेय , सह कोषाध्यक्ष किरण अधिकारी , प्रबक्ता एकराज सुवेदी रहेका छन ।       

त्यसै गरि सदस्यहरुमा चेतमान कुवर , आइन्द्र लिम्बू , बिष्णु  महतो , रामचन्द्र राई र गोमा अधिकारी चयन भएका छन । 

संघका अन्तरास्ट्रिय  कोषाध्यक्ष  हिक्मत थापाका अनुसार सेसेल्स अफ्रिकाको  १७औ राष्ट्रिय समन्वय समिती  र एनआरएनएको  ७९ औ राष्ट्रिय समिति बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ