2026-07-25 10:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साथिलाइ वचाउन खोज्दा फाँसिको सँजाय !

असोज ४, काठमाडौँ | साथिलाइ वचाउन खोज्दा फाँसिको सँजाय ! तेह्रथुमका खड्ग बहादुर जोगिलाइ यस्तै भयो । 

२०७० सालमा वैदेशिक रजगारिको शिलशिलामा दुवइ पुगेका खड्ग बहादुर जोगिले सायद यस्तो अकल्पनिय दुर्घटनामा र परिवन्दमा पर्छु भन्ने कल्पना सम्म गरेका थिएनन् होला । तर नियती यस्तै भैदियो । उनी दुबइ पुगेको ४ महिना के वितेको थियो उनिसँगै काम गर्ने कम्पनिका साथी फिलिपिनी साथी गाडी दुर्घटनामा परे, शख्त घाइते साथिलाइ वचाउन उपचार गर्न लैजान खोजे, उनका अन्य साथिले स्थानिय भाषामा नचलाउन भने तर खड्गले त्यो भाषा बुझेनन र मानविय संवेदना र सहयोगी मनका धनी खड्ग बहादुर जोगिले साथिलाइ अस्पताल पुर्याए । अस्पतालमा फोलिपिनी साथिको मृत्यु भयो । त्यहाँको कानुन अनुसार प्रहरी नआइ कुनै पनि घटना दुर्घटनामा कुनै ब्यक्तिले उद्दार गर्नु गल्ती थियो त्यो अपराध थियो जुन कुरा र कानुनी व्यवस्था वारे खड्गबहादुर जोगि पुरापुर वेखबर र अन्जान थिए । 

कानुनी अनभिज्ञता क्षम्य हुँदैन भन्ने भनाइ खड्गबहादुर सामु पनि लागू भयो । उनले साथिलाइ वचाउन सहयोग गरेको प्रयास नै उनको लागि अभिशाप वन्यो । हाल उनलाइ दुवइ को जेलमा मृत्युदणड को सँजाय सुनाइएको छ र ब्लड मनि बापत नेपाली ६५ लाख वरावरको रकम माग गरिएको छ । ब्लड मनि मागिएको वा स्विकार गरिएको कारण उनलाइ वचाउन सकिने आधार र आशा भने जीवित नै छ । त्यसैले फेदाप गाउँपालिका वडा नम्बर २ निवासी समुदायहरुको अगुवाइ तथा पहलमा स्थानिय बुद्धिजीवी समाजसेवि डिल्ली गिरि को नेतृत्वमा खड्गबहादुर जोगि वचाउ अभियानको लागि सहयोग समिती गठन गरेर रकम संकलन गर्ने अभियान सुरु भएको छ । 

आज सोही समितिका पदाधिकारी तथा परिवारका सदस्यहरु सहित कानुन तथा न्याय मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, उर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालय पुगि सहयोगको लागि अपिल गरेको छ । नेपाल सरकारको तर्फबाट प्रकृयामा वाहेक धेरै आर्थिक सहयोग हुने छाँट देखिन्न । त्यसैले उनलाइ वचाउन आवश्यक ब्लड मनि स्वरुपको रकम जनस्तर बाट नै संकलन गर्नु पर्ने देखिन्छ । जस्को लागि भोलि र पर्सि तेह्रथुमबाट आइ काठमाडौ वसोवास गर्नुहुने महानुभावहरु सँग भेट्घाट तथा छलफल हुनेछ भने वैदेशिक रोजगार प्रबर्द्दन बोर्ड सामु आवस्यक कानुनी प्रकृयाको लागि कार्य प्रारम्भ गरिनेछ । 

देस विदेशमा रहनुहुने सहयोगी महानुभावहरु शुभ चिन्तकहरुले पनि अभियानलाइ तिव्रता दिनुहुनको लागि हार्दिक अपिल गर्दछु । समय छोटो छ । अवको ठिक ५ महिना भित्र ब्लड मनि तयार गरि सम्पुर्ण प्रकृया पूरा गर्न नसके खड्गबहादुर जोगिलाइ हामिले सधैंका लागि गुमाउने छौँ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक