2026-10-26 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साथिलाइ वचाउन खोज्दा फाँसिको सँजाय !

असोज ४, काठमाडौँ | साथिलाइ वचाउन खोज्दा फाँसिको सँजाय ! तेह्रथुमका खड्ग बहादुर जोगिलाइ यस्तै भयो । 

२०७० सालमा वैदेशिक रजगारिको शिलशिलामा दुवइ पुगेका खड्ग बहादुर जोगिले सायद यस्तो अकल्पनिय दुर्घटनामा र परिवन्दमा पर्छु भन्ने कल्पना सम्म गरेका थिएनन् होला । तर नियती यस्तै भैदियो । उनी दुबइ पुगेको ४ महिना के वितेको थियो उनिसँगै काम गर्ने कम्पनिका साथी फिलिपिनी साथी गाडी दुर्घटनामा परे, शख्त घाइते साथिलाइ वचाउन उपचार गर्न लैजान खोजे, उनका अन्य साथिले स्थानिय भाषामा नचलाउन भने तर खड्गले त्यो भाषा बुझेनन र मानविय संवेदना र सहयोगी मनका धनी खड्ग बहादुर जोगिले साथिलाइ अस्पताल पुर्याए । अस्पतालमा फोलिपिनी साथिको मृत्यु भयो । त्यहाँको कानुन अनुसार प्रहरी नआइ कुनै पनि घटना दुर्घटनामा कुनै ब्यक्तिले उद्दार गर्नु गल्ती थियो त्यो अपराध थियो जुन कुरा र कानुनी व्यवस्था वारे खड्गबहादुर जोगि पुरापुर वेखबर र अन्जान थिए । 

कानुनी अनभिज्ञता क्षम्य हुँदैन भन्ने भनाइ खड्गबहादुर सामु पनि लागू भयो । उनले साथिलाइ वचाउन सहयोग गरेको प्रयास नै उनको लागि अभिशाप वन्यो । हाल उनलाइ दुवइ को जेलमा मृत्युदणड को सँजाय सुनाइएको छ र ब्लड मनि बापत नेपाली ६५ लाख वरावरको रकम माग गरिएको छ । ब्लड मनि मागिएको वा स्विकार गरिएको कारण उनलाइ वचाउन सकिने आधार र आशा भने जीवित नै छ । त्यसैले फेदाप गाउँपालिका वडा नम्बर २ निवासी समुदायहरुको अगुवाइ तथा पहलमा स्थानिय बुद्धिजीवी समाजसेवि डिल्ली गिरि को नेतृत्वमा खड्गबहादुर जोगि वचाउ अभियानको लागि सहयोग समिती गठन गरेर रकम संकलन गर्ने अभियान सुरु भएको छ । 

आज सोही समितिका पदाधिकारी तथा परिवारका सदस्यहरु सहित कानुन तथा न्याय मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, उर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालय पुगि सहयोगको लागि अपिल गरेको छ । नेपाल सरकारको तर्फबाट प्रकृयामा वाहेक धेरै आर्थिक सहयोग हुने छाँट देखिन्न । त्यसैले उनलाइ वचाउन आवश्यक ब्लड मनि स्वरुपको रकम जनस्तर बाट नै संकलन गर्नु पर्ने देखिन्छ । जस्को लागि भोलि र पर्सि तेह्रथुमबाट आइ काठमाडौ वसोवास गर्नुहुने महानुभावहरु सँग भेट्घाट तथा छलफल हुनेछ भने वैदेशिक रोजगार प्रबर्द्दन बोर्ड सामु आवस्यक कानुनी प्रकृयाको लागि कार्य प्रारम्भ गरिनेछ । 

देस विदेशमा रहनुहुने सहयोगी महानुभावहरु शुभ चिन्तकहरुले पनि अभियानलाइ तिव्रता दिनुहुनको लागि हार्दिक अपिल गर्दछु । समय छोटो छ । अवको ठिक ५ महिना भित्र ब्लड मनि तयार गरि सम्पुर्ण प्रकृया पूरा गर्न नसके खड्गबहादुर जोगिलाइ हामिले सधैंका लागि गुमाउने छौँ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने