2026-10-26 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा पूर्वप्रधानमन्त्री लिन एयरपोर्ट पुगेकाहरु खालि हात फर्किए, खनालले भने ‘मेरो कमजोरी’

अर्जुन बराल | असोज ७, दक्षिण कोरिया | नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एंवम पूर्बप्रधानमन्त्री झलनाथ खनालले दक्षिण कोरियामा यहि सेप्टेम्बर १६ देखि १९ तारिखसम्म चल्ने बिश्व शान्ति सम्मेलनको कार्यक्रमलाई पूर्ब जानकारी बिनानै उडान रद्द गरि सामान्य अबस्थामा पनि गैह्र-जिम्मेबार रुपमा प्रस्तुत भएका छन् ।

बिभिन्न देशका पूर्ब प्रधानमन्त्री एंवम् बिशिष्ट ब्यत्तिलाई निमन्त्रणा गरि आयोजना गरिने त्यस महत्वपूर्ण कार्यक्रममा अतिथिका रुपमा झलनाथ खनाललाई पनि निमन्त्रणा गरिएको थियो भने नेपाल कम्युनिष्ट पार्टीको सचिवालयबाट निर्णय भई परराष्ट्र मन्त्रालय मार्फत दक्षिण कोरिया स्थित नेपाली दुतावासलाई जानकारी पठाएसँगै स्वयंम पूर्बप्रधानमन्त्रीबाट पनि पार्टीका भातृसंगठनलाई आफु कोरिया आउँन लागेको बताएका थिए ।

ड्रागन एअरलाईन्सबाट नेपाल हङकङ हुँदै ईन्छन ईन्टरनेशनल एअरपोर्टमा आगमन निश्चित गरिएको टिकटको आधारसँगै परराष्ट्रले दुतावासलाई दिईएको जानकारी एंवम् पूर्बप्रधानमन्त्रीले कोरियास्थित आफ्नो भातृसंगठनलाई प्रबाह गरिएको शन्देशका आधारमा कोरियास्थित नेपाली दुतावासका राजदुत अर्जुन जंग बहादुर सिंह, एनआरएनए कोरिया अध्यक्ष लक्ष्मी गुरुङ्ग लगाएत नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध ब्यक्तिहरु स्वागतका लागि एअरपोर्टको आगमन कक्षमा खादा फुल सहित पुगेर केहि समय प्रतिक्षा गरी खनाललाई सम्पर्क गरेका थिए । तर सम्पर्क गर्दा आफु आउँन नसक्ने जानकारी गरेसँगै स्वागतका लागि पुगेका सबै फिर्ता आएका थिए भने दुतावासलाई १६ तारिख आईतवारका दिन अबेरमात्र परराष्ट्रबाट बिविध कारणले उडान रद्द गरिएको जानकारी गराईएको थियो ।

यस बिषयमा स्वयंम् पूर्बप्रधानमन्त्री झलनाथ खनाललाई टेलीफोन गरि तपाई आउँछु भनेर दुतावास लगाएत संघसंस्थालाई जानकारी गराएसँगै स्वागतका लागि एअरपोर्टमा प्रतिक्षा गर्न पुग्दा ‘तपाई आउँनु भएन है’ भन्दा उहाँले आफ्नो खुट्टाको औलामा ईन्फेक्शन भएको बताए । उनले त्यहि समस्याको कारण सर्जरी गर्नुपर्ने भएको र जानकारी दिन ढिलाई भएको भन्दै यस घटनालाई आफ्नो कमजोरीको रुपमा स्विकार गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने