2026-10-26 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया स्थित नेपाली राजदुतको यस्तो रबैया, किन बहिष्कार गरे कार्यक्रम ?

अर्जुन बराल | असोज ९, दक्षिण कोरिया | नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सेप्टेम्बर २५ तारिख मंगलबारका दिन भएको छैठौ अधिबेसनको कार्यक्रमलाई दक्षिण कोरिया स्थित नेपाली राजदुत अर्जुन जंग बहादुर सिंहले नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यलाई प्रमुख अतिथिको रुपमा आशनग्रहण गराई बिशिष्ठ अतिथिका रुपमा आफुलाई राखी आफनो अपमान गरेको भन्दै कार्यक्रमलाई नै बहिष्कार गरेका छन् ।

किन बहिष्कार गरे कार्यक्रम राजदुतले

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले अधिबेशन आयोजना गर्नुपूर्ब महासंघबाट अध्यक्ष नै प्रमुख अतिथि रहने ब्यहोरा उल्लेख गरि स्थान,निमन्त्रणा पत्र,ब्याच लगाएत आफनो सम्पूर्ण तयारी पुरा गरि त्यहि अनुसार बिभिन्न संघसंस्थालाई निमन्त्रणा गरेको थियो भने पत्रकार खेम कार्कीले त्यसै बमोजिम राजदुतलाई निमन्त्रणा गरेका थिय । कार्यक्रम संचालन पूर्ब राजदुत अर्जुन जंग बहादुर सिंहलाई फोन गरि कहाँ हुनुहुन्छ ? छिटो आईदिनु परयो भनेर सम्र्पक गर्दा आफु बिमानस्थल भएको र आउँन ढिलो हुने जनाउँदै कार्यक्रम संचालन गर्न अनुमति दिएका राजदुत सिंह एक घण्टा पछि कार्यक्रम स्थल  प्रबेश गरे भने कार्यक्रमबाट उनलाई बिशिष्ठ अतिथिका रुपमा ब्याच प्रदान गरियो । तर राजदुत सिंह आफु ढिलो आएपनि प्रमुख अतिथि हुनुपर्नेमा अर्कैलाई प्रमुख अतिथि बनाईएको भन्दै आक्रोशित मुद्रामा पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द्र आचार्यको सामुन्ने तिमिहरु पत्रकार होईनौ पत्रुकार हौ भन्दौ तथानाम बोल्दै आफु बाहेक अर्को ब्यत्ति प्रमुख अतिथि हुँन नसक्ने र त्यस्तो कार्यक्रममा आफनो अपमान हुने भन्दै कार्यक्रम स्थलबाट बाहिरिए भने यस बिषयमा उहाँ सँग सम्र्पक गर्दा प्रतिक्रिया दिन मान्नु भएन । 

हामी परराष्ट्र लगाएत सरकारका निकायमा लिखित जानकारी गर्छौं:– अध्यक्ष आचार्य

नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले राजदुत जस्तो अभिभाबकको भुमिका निर्बाह गर्नुपर्ने ब्यत्तिबाट नै राज्यको चौथो अंगमाथि यस्तो घृणित क्रियाकलापले आफुलाई स्तब्ध बनाएको साथै कोरियामा दुतावासबाट नै पत्रकारलाई धम्कि आउँने गरेको बारेमा केन्द्रलाई जानकारी भएको र राजदुतको घृणित रबैयाको लिखित रुपमा परराष्ट्र,गृह एंवम प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउँने बताएका छन् ।

को हुँन राजदुत अर्जुन जंग बहादुर सिंह ?

नेपाली कांग्रेसको राजनीतिबाट उदाएका सुदुरपश्चिम पौवागढी–८ बझाङ्ग जिल्लाका अर्जुन जंग बहादुर सिंह आज भन्दा लगभग सोह््र बर्ष अगाडी परराष्ट्र सहायक मन्त्री पद समेत सम्हालेका ब्यत्ति हुँन । माओबादीका अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड”को प्रधानमन्त्रीकालमा नेपाली कांग्रेसको कोटाबाट गत बर्षको जेष्ठ महिनामा राजदुतमा नियुक्त गरिएको भएपनि बर्तमान सरकारले कार्यक्षमतामा समस्याभएको भन्दै राजदुत सिंह लाई फिर्ता बोलाउँने निर्णय यसअघि नै गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने