Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलबर्नमा नेपाल सम्बत र म्हपुजा कार्यक्रम

२०७५, २३ कार्तिक शुक्रबार १०:५७

कात्तिक २३, मेलबर्न | मेलबर्नमा आयोजना गरिएको नेपाल सम्वत र म्हपुजा कार्यक्रममा लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका देशबासीलाई शंखधर शाख्वाले ऋण मुक्त गराएका योगदानको स्मरणस्वरुप त्यस समय प्रचलनमा रहेको शक सम्वत ८०० दुईलाई कात्तिक शुक्ल प्रतिपदाका दिन नेपाल सम्वत एकमा परिवर्तन गरी नेपाल सम्वत प्रचलन ल्याइएको कारण यो वर्ष नेपाल सम्बत ११३९ औं मनाइएको जानकारी दिनु भयो ।

श्रेष्ठले नेपाल सम्बत अभियानलाई १९७९ मा नेपाल भाषा ‘मंका खल’को स्थापनाले थप उर्जा प्रदान गराएको कारण नेपाल सम्बतलाई नेवारहरुको सम्बतको रुपमा लिने मानसिकता धेरैमा देखिए तापनि त्यो सही नभएकोले रास्ट्रियतामाथि पछिल्लो समयमा आएर बिभिन्न किसिमबाट खुल्ला आक्रमण हुन थालेको कारण बुद्धिजीविहरुको माझ उठन थालेको आवाजको प्रतिनिधित्व गर्दै बिगत तीन बर्षदेखि नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रुपमा मनाइनु पर्ने आवाज लेख मार्फत उठाउन थालेको बताए ।    


वरिष्ठ पत्रकार गोपाल प्रशाद थपलियाले हामीसंग सबैथोक भएको र कतैबाट केही ल्याउन नपर्ने हुँदाहुँदै पनि सांस्कृतिक रुपमा अत्यन्तै धनी भएको देशमा शंखधर शाख्वाले नेपाल सम्बत शुरु गरेको ११३९ बर्ष भैसक्ता पनि आयातित बिक्रम सम्बतको सट्टामा देश गणतन्त्रमा आइसक्ता पनि आफ्नै नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रुपमा नमनाएकोमा दु:ख ब्यक्त गर्नु भयो ।    

नेपालबाट यसरी अस्ट्रेलिया आएर पनि यस्तो भब्य किसिमको कार्यक्रममा सहभागी हुन पाउँदा संधै पद्मरत्न तुलाधरको घरमा बर्षेनी मनाउने गरेको म्हपुजाको संझना दिलाएको बताउनु भयो ।   

एनआरएन भिक्टोरियाका सचिब गौतम लामिछानेले यो कार्यक्रमलाई आगामी दिनमा अधिकाधिकलाई समेटेर अझै भब्यताका साथ मनाइनु पर्ने कुरामा जोड दिंदै बिदेशमा नेपाली संस्कृति जोगाउन गरिएको पहललाई निरन्तरता दिएकोमा धन्यवाद दिंदै र आगामी दिनमा पनि यस किसिमको कार्यक्रममा आफ्नो सक्दो सहयोग रहने बताए । 

कार्यक्रममा साहित्यकार एबं पत्रकार सुशिल चालिसेले मुक्तक र कविता बाचन गर्दै संस्कृतिमा अत्यन्तै धनी मानिने भक्तपुरमा कतिपय धारा, पोखरीहरु एकदमै उचाइमा रहेकोमा भूकम्पका कारण पानी आउन बन्द भएका धाराहरुको अनुसन्धान गर्ने क्रममा पालाहरुलाई एकै ठाउँमा राखेर तान्त्रिक बिधि अपनाएर त्यत्ति उचाइमा पानी ल्याउने गरिएको पता लागेको, तर त्यस किसिमका बिधिहरु सीमित ब्यक्तिहरुमा नै सीमित गरिने पुरानो परिपाटीले गर्दा अब ती धाराहरुबाट पानी ल्याउन नसकिएकोले नेवारहरुले मनाउने गरिएको म्हपुजाको आफ्नै किसिमको ठुलो महत्व रहेकोले यस्लाई आफूमा मात्रै सीमित राख्ने गरी मनाउनुभन्दा यसरी सामुहिक रुपमा मनाउनु बढी महत्वको हुने बताउँदै यसरी सहभागी हुन पाउँदा गौरवान्वित भएको बताउनु भयो । 


दिदीबहिनी समाज भिक्टोरियाका तर्फबाट बर्षा केसी राजभन्डारी, राज श्रेष्ठ र प्रभा श्रेष्ठ; सेभेन एपिक इण्टरटेनमेण्टका राज अधिकारी; नेवा एशोसिएसन अफ अस्ट्रेलियाको मायाप्रशाद सुवाल आदिको उपस्थिति रहेको उक्त कार्यक्रममा कार्यक्रमको ब्यबस्थापन गर्नु हुने राम श्रेष्ठले सबैको सहयोगको लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।             

स्मरण रहोस, नेपाल सम्बत अभियानको कारण पात्रोका संस्थापक संखधर साख्वालाई सरकारले २६ अक्टोबर २००३ मा राष्ट्रिय बिभूति घोषणा गर्ने, हुलाक बिभागले उन्को सम्मानमा टिकट प्रकाशन गर्ने र २८ जनवरी २०१२ मा तानसेन पाल्पामा उनको मूर्ति प्रतिस्थापन गर्ने जस्ता महत्वपूर्ण कार्य गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश