2026-09-08 05:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको तटीय क्षेत्रमा सामुद्रिक आँधीबाट एघारको मृत्यु

कात्तिक ३०, भारत | भारतको तटीय क्षेत्रमा शुक्रबार आएको भीषण सामुद्रिक आँधीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

हजारौंको सङ्ख्यामा रुखहरु आवासीय भवन र सवारी साधनमा ढलेका कारण दशौं हजार व्यक्तिहरु आ–आफ्नो आश्रयस्थलबाट भागेका थिए । 

‘गाजा’ नाम दिइएको यो सामुद्रिक आँधी तामिलनाडु राज्यमा १२० किलोमिटर प्रति घण्टाको हिसाबले आएको थियो । 

त्यसअघि सो आँधी नागापात्तिनाम नजिकैको तटीय क्षेत्रमा आएको भारतीय मौसम अधिकारीहरुले जानकारी दिएका छन् । 

गाजा आँधीको कारण कम्तीमा ११ को मृत्यु भएको बताइएता पनि यसको विस्तृत विवरण भने प्राप्त भएको छैन । 

भारत सरकारले यस प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही दश लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरेको छ । 

यस आँधीको कारण क्षतिग्रस्त र ध्वस्त भएका सडकहरु र विद्युतीय लाइनको मर्मतको लागि सयांै आपतकालीन उद्धारकर्मीहरु परिचालन गरिएको छ । 

दक्षिण भारतमा हरेक वर्ष अप्रिलदेखि डिसेम्बरसम्म आँधीले सताउने गरेको छ । गत वर्ष तमिलनाडु र केरलामा आएको ओच्खी नामक आँधीका परी करिब दुईसय ५० जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ