Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपालीहरुले यसरी मनाए ‘धन्यवाद दिवस’

२०७५, ७ मंसिर शुक्रबार ०५:५४

विजय थापा | मङ्सिर ७, अमेरिका | अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरुले  " धन्यवाद दिवस " अर्थात् ”थ्याङ्कसगिभिङ् डे "हर्सौल्लास साथ मनाएका छन् । अमेरिकामा क्रिसमस पछि कै सबै भन्दा ठुलो पर्वका रुपमा मनाइने " धन्यवाद दिवस "मा नेपाली समुदायले पनि आफ्ना परिवार,आफन्त ,इष्टमित्र तथा साथीभाईलाई आफैले विभिन्न परिकारका खानेकुराहरु बनाएर या खरिद गरिएका चिजहरु द्वारा अतिथि सत्कार गर्दै धन्यवाद दिवस मनाएका छन् । 


यस पर्वमा मुख्य रुपमा अमेरिकामा पाइने कालिज जस्तो ठुलो चरा टर्की अर्थात् पातालमयूर को मासु खाइन्छ । साथै अन्य फरक परिकारका चिजहरु समेत यसमा खाने चलन छ । 

यस दिवसमा परम्परा अनुसार पर्व सुरु हुनु अगाडी व्हाइट हाउसमा टर्की राष्ट्रपतिको अगाडी जिउदो टर्की प्रदर्शन गरिन्छ । उक्त " पार्डोनिंग " अर्थात् क्षमायाचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमायाचना दिने गर्छन । सन् १८६५ देखि यो प्रचलन राष्ट्रपतिको भवनमा लगिन थालिएको हो । राष्ट्रपतिले केही भने पछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ । 

यो ”थ्याङ्कसगिभिङ् डे " अर्थात् धन्यवाद दिवसमा सार्बजनिक बिदा हुने हुनाले नेपाली समुदायका अधिकांशले मनाउन प्रारम्भ गरेका छन् । तथापी सवै निजि क्षेत्रबाट संचालनमा रहेका ठुला पसलहरु खुला भएता पनि अन्य दिन भन्दा अलिक छिटो बन्द हुने गर्छन । अमेरिकामा पहिला पुस्ताले भन्दा पनि अमेरिकामा जन्मेका दोश्रो पुस्ताले यसलाई निकै मनोरंजन गर्ने रुपमा लिने र अभिभावकलाई उत्प्रेरित गर्ने हुनाले पहिला पुस्ताका नेपाली समुदायले भव्य रुपमा मनाउने गर्छन । यस पर्वमा अमेरिकाका धेरै राज्य तथा शहरहरुमा झाँकी प्रदर्शन पनि हुन्छ । 


“धन्यवाद दिवस”थ्याङ्कसगिभिङ् डे इसाईहरुको एउटा प्रमुख चाड हो । अमेरिकामा यो पर्व अझ उत्साहजनक रुपमा मानिन्छ । धन्यवाद दिवस संयुक्त राज्य अमेरिका, क्यानाडा, क्यारिबियन केही द्वीपहरू र लाइबेरियामा विभिन्न मितिहरूमा एक राष्ट्रिय छुट्टीको रुपमा मनाइन्छ । त्यसैगरी जर्मनी र जापानमा पनि अर्कै नाममा यो चाडपर्व मनाइन्छ । 

अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ ।  अमेरिकामा धन्यवाद दिवस अर्थात् थ्याङ्कसगिभिङ् डे को भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई कालो शुक्रबार (ब्ल्याक फ्राइडे )भनिन्छ। उक्त कालो शुक्रबार को दिन अत्यधिक सस्तोमा सामान बिक्रि गरिने हुनाले सामान पसलहरुमा खरिद गर्न मानिसहरुको अत्यधिक भिड हुन्छ । यो पर्व सकिने बित्तिकै मानिसहरु पसलका ढोकाहरु अगाडी राति देखि नै कुरेर आफूले चाहेको सामान किन्दछन । 

ईतिहास : वास्तवमा यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने एक पर्व हो। यो भगवानलाई धन्यवाद दिन मनाउन थालिएको चाड हो । यो पर्व हरेक वर्ष नोवेम्बरको चौथो बिहीबार मनाउने गरिन्छ।  युरोपेलीहरु आप्रवासीहरु जव अमेरिका आए त्यतिबेला उनीहरुले मेहनत र कष्ट साथ तत्कालिन समयमा खेतीपाती गर्न प्रारम्भ गरे । फसल (बाली काट्ने) बेलामा खुसीका साथ एक आपसमा धन्यवाद आदान प्रदान गरे । यही बाट धन्यबाद दिवस सुरु भएको मानिन्छ । अमेरिकामा यो कहाँ बाट सुरु भयो भन्ने नै छलफल कै बिषय भएको छ तर अमेरिकाको न्यू  इङ्गल्याण्ड तथा भर्जिनिया बाट प्रारम्भ भएको भनिन्छ । 

धन्यवाद दिवसमा अमेरिका गत बर्ष सन् २०१७ मा राष्ट्रिय टर्की फेडेरेसन (महा संघ)का अनुसार ४५ मिलियन अर्थात् ४ करोड ५० लाख खाइएको जनाएको छ । यस बर्ष टर्की ५ करोड खपत हुने छ । यो पर्वमा अमेरिकामा रात्री भोजनको लागि १० जनाको लागि करिव ४८ डलर ९० सेन्ट खर्च पर्ने जनाएको छ । 

यस पर्वमा करिव ५ करोड ४० लाख अमेरिकनहरू कम्तिमा ५० माइल्सको यात्रा गरि आफ्ना परिवार संग मनाउन आउने जानकारी अमेरिकामा बिमा,सवारी साधन ,बैंक आदी इत्यादीमा १ सय १६ बर्ष अगाडी देखि नै काम गर्दै आएको ” ट्रिपल ए  नामक संस्थाले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित