2026-09-08 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईका दर्शकले हेर्न पाउने भए ‘छक्का पन्जा- ३’

मङ्सिर ११, युएई | नेपाली चलचित्रको इतिहास सफल चलचित्र ‘छक्का पञ्जा ३’ युएईका दर्शकले हेर्न पाउने भएका छन । नेपाली चलचित्रको उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखेको चलचित्र ‘छक्का पञ्जा ३ ’  आगामी डिसेम्बर १३  तारिक देखि युएईका बिभिन्न ८ शहरका  फिलिम हलमा लाग्ने भएको छ ।

नेपाली चलचित्र युएईको बरदुबई, क्यारिफोर सिटीसेण्टरको सिन्धगा सिनेमा हलमा दुबईकै अलकुजको बलिउड सिनेमा, त्यस्तै आबुधाबीको नेसनल सिनेमाहल र आबुधाबीकै मुसाफाको ग्रान्ड सफिर सिनेमा, लगाएत युएईका अधिकंश फिलिम हलमा  नेपाली चलचित्र ‘छक्का पञ्जा ३ पर्दशनी हुने भएको हो ।

नेपालमा रहेका सिमित हल र नेपालीहरु माझ मात्र खुम्चिरहेको चलचित्रको प्रर्दशनले प्राबिधिक रुपम आफ्नो बिकाश नेपाली चलचित्रलाई अन्तर्रा्ष्ट्रिय बजारमा फैलाउन पहल गरिएको आयोजकले बताएका छन  । युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा युएईमा २०१६ अक्टोबर १४ तारिक देखि युएईमा नेपाली चलचित्र बीर बिक्रम पर्दशनी भएर नियमित प्रदर्शन सुरु भएको थियो । युएईको चलचित्र हलमा ‘छक्का पञ्जा३ ’ पर्दशनीको लागि सम्पूर्ण तयारी सकिएको युएईका लागि नेपाली चलचित्रका वितरक राजन अधिकारीले बताएका छन  ।

देश बाहिर नेपालीको संख्या धेरै भएको खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला सांस्कृति र साहित्य तर्फ चासो राख्ने गर्दछन । नेपाली चलचित्र पनि स्थरिय रुपमा निर्माण हुन् थालेकोले नेपाली चलचित्रलाई यस क्षेत्रमा नियमित पर्दशनी पछि नेपाली कला सस्कृतिको प्रबन्धन बढाएर उजागर हुने कन्सेप्ट भिजन फिल्म प्रोडक्शनका राजन अधिकारीले मोफसललाई बताए ।

दीपाश्री निरौला निर्दे्शित फिलिम दीपकराज गिरी, प्रियंका कार्की, दीपिका प्रसाई  शिवहरि पौडैल, केदार घिमिरे ‘माग्नेबुढा, जितु नेपाल, बुद्दी तामाङ, लगायतको मुख्य भूमिका रहेको ‘छक्का पञ्जा ३ ’सन्देश मुलक चलचित्र बनेको समीक्षको राम्रो प्रतिक्रिया पाएको छ ।  फिल्म नेपालको चलचित्र इतिहासमा सबै भन्दा धेरै पैसा कमाउने नेपाली चलचित्र बनेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल