2026-08-25 08:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबाई जेलमा रहेका जोगीलाई स्वदेश फर्काउन ब्लडमनी संकलन

चिसाङ शेर्पा | मंसिर १५, खोटाङ | साथीको उद्दार गर्दा हत्या अभियोगमा दुबाई जेलमा रहेका एकजना नेपालीको उद्दारका लागि ब्लडमनी संकलन गर्दै एक संस्था खोटाङमा आईपुगेका छन् । तेह्रथुम फेदाप गाउँपालिका–२ ओयाकजुङका खड्ग बहादुर जोगीको उद्दारका लागि जनजागरण प्रतिष्ठान नामक संस्था ब्लडमनी जुटाउदै शनिबार यहाँ आईपुगेका हुन् ।

सन् २०१७ मा आफूसँगै सवार गाडीबाट खसेर फिलिपिन्स नागरिकको दुर्घट्ना भएको र दुर्घट्ना लगत्तै उपचारका लागि स्थानीय अस्पतालमा पु¥याउँदा मृत्यु भईसकेको र सोही व्यक्तिको हत्या अभियोगमा जेल परेका उनलाई नेपाल फर्काउन सहयोग(ब्लडमनी)जुटाउदै दिक्तेल आईपुगेको जनजागरण प्रतिष्ठानका स्वयंसेवक सर्मिला भण्डारीले जानकारी दिईन् । जोगीलाई  त्यहाँको अदालतले ५ वर्ष जेल र युएई दिराम ६० लाख ब्लडमनी तोकेको छ । 

अदाललाई ब्लडमनी बुझाउन नसकेको खण्डमा जोगीलाई मृत्युदण्ड समेत हुनसक्ने भएकाले ब्लडमनी संकलनका क्रममा चितवन, सिन्धुलीपछि खोटाङ आएको उनले बताईन् । जोगीको श्रीमती दुई छोरा, दुई छोरी छन् । प्रतिष्ठानका ५ जना स्वयंसेवकजस्तै ‘जोगी नेपाल फर्काउ’ अभियानमा आवद्ध भएर विभिन्न संस्थाहरुले नेपालभरी ब्लडमनी जुटाईरहेको छ । हालसम्म ४० लाख ब्लडमनी जम्मा भईसकेको भण्डारीले बताईन् । जोगीलाई नेपाल फर्काउनका लागि आर्थिक सहयोगका गर्नेले दुर्गा प्रसाद गिरी, खगेन्द्र बहादुर जोगी, कुमार गिरीको संयुक्त नाममा नेपाल बैंकमा रहेको खाता नम्बर ०५४००१०६५७०३२९०००००१ ब्लडमनी जम्मा गरिदिन सकिनेछ ।

माथिको तश्वीरमा: ब्लडमनी संकलन गर्न अटो लिएर दिक्तेल आईपुगेका टोली | तस्विर: चिसाङ शेर्पा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन