पढ्न करिब 1 मिनेट लाग्छ
<p>मङ्सिर २०, काठमाडौं | अष्ट्रेलियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको मिक्लाजुङ गाउँपालिका- ७ का २० वर्षीय मिलन तामाङ रहेका छन् । उनी उच्च शिक्षा अध्ययनका लागि भनेर करिव दुई महिना अघि मात्रै अष्ट्रेलिया पुगेका थिए।<br></p><p>तामाङको अष्ट्रेलियाको सिड्नीमा बुधबार साँझ मृत्यु भएको उनका दाजु देउमान तामाङले जानकारी दिए । उनको मस्तिष्क घातबाट मृत्यु भएको जनाइएको छ ।</p>

