2026-09-08 06:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियन नेताद्धारा वुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह (भिडियो)

मङ्सिर २५, काठमाडौं | अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा फेडेरल चुनाव मार्फत प्रतिनिधि सभामा निर्बाचित भएको चुनाव क्षेत्र भिक्टोरियाको लालोरबाट नै फेडेरल सांसदको रुपमा प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेकी जोआन र्यानले २०१५ मा गएको बिनाशकारी भूकम्पका कारण अत्यन्तै प्रभाबित भएको वुद्ध र सगरमाथाको देश नेपालमा पर्यटकको रुपमा जानका लागि अस्ट्रेलियनहरुलाई आग्रह गरेकी छिन् । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गैराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने क्रममा सांसद जोआनसंग गर्नु भएको भेटघाटको क्रममा उन्ले भिडियो सन्देश मार्फत अस्ट्रेलियनहरुलाई उक्त आग्रह गरेकी हुन । 

नेपालमा बिनासकारी भूकम्पका बेलामा अस्ट्रेलियाले सामाजिक संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको र लेबर पार्टीले अस्ट्रेलियामा शिक्षा क्षेत्रलाई प्राथमिकता दिराखेकोले नेपालमा पनि उक्त दु:खद घटनाको बेलामा स्कूलहरुको पुनर्निर्माणमा सहयोग पुर्याएर लामो समय स्कूल जान नपाएका बालबालिकाहरुलाई स्कूल फर्कन सहयोग पुर्याएको कुरा आफ्नो मन्तब्य दिने क्रममा सांसद जोआनले स्मरण गरिन । 

मन्तब्य दिने क्रममा जोआनले बिदाको समयमा वुद्ध र सगरमाथाको देश नेपाल गै त्यहाँको पर्यटन उद्योगमा योगदान दिएर दीर्घकालिन रुपमा सहयोग गर्न र त्यहाँ लगानीका संभावनाहरुको खोजी गरेर सकारात्मक प्रभाब पार्न सकिने र यसबाट द्धिपक्षीय मैत्री र साझेदारी मजबुतिकारण गर्न सकिने बताइन् । 

यस अघि मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गैराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने क्रममा विस्व संयोजक श्रेष्ठले जिलोङकी सांसद क्रिस्टिन कोउजिन्स र अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सबमध्येकै एक महोत्सब पाको फेस्टा आयोजना गर्ने संस्था डाइभर्सिटाटका प्रमुख कार्यकारी अधिकृत माइकल मार्टिनेजसंग पनि भेटघाट गरेका थिए र जिलोङ निवासीद्धय ज्ञानेन्द्र उप्रेती र आरजु बस्नेत पनि उक्त भेटघाटमा सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग