2026-09-08 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ससुराबाटै २० वर्षे बुहारी बलात्कृत, श्रीमान र सासुको दवाब सहन नसकेर गरिन् आत्महत्या

भारतको मध्यप्रदेशमा बाजारिया नामको एउटा गाउँ छ । यो जूनमा त्यहाँ २० वर्षकी राधा (परिवर्तित नाम) को विवाह विवेक (परिवर्तित नाम) सँग भयो । विवाहलगत्तै उनका ससुराले उनको यौन शोषण गर्न सुरु गरेका थिए । तर उनी चुप बसिन् । एक दिन राधालाई घरमा एक्लो देखेर ससुराले उनको बलात्कार गरे । राधाले यसबारे सासु र श्रीमानलाई बताइन् । मद्दत पाउनुको साटो यी दुईले उल्टै राधालाई नै तथानाम गाली गरे । उनकी सासुले यसबारे कसैलाई भने नतिजा भयानक हुने चेतावनी दिइन् । यता श्रीमान् विवेकले यदि राधा उक्त घरमा बस्ने हो भने उनले यो सब सहनु पर्ने बताए ।

घरका कसैले पनि आफ्नो कुरा नबुझेपछि राधाले माइतीलाई यसबारे भनिन् । जब राधाले फोनमा यसबारे आफ्नी आमासँग कुरा गरिन् तब उनका श्रीमानले सबै सुने । त्यसपछि विवेकले राधालाई यातना दिन सुरु गरे । विवेकले राधाको फोन फुटाइदिए र उनलाई निकै कुटे । राधा त्यसपछि आफ्नो माइती गइन् । उनी यति विक्षिप्त भइसकेकी थिइन् कि उनले पंखामा झुण्डिएर आत्महत्या गरिन् ।

आत्महत्या गर्नुअघि राधाले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन् । तर उनले राधाको कुरा सुनेनन् । आत्महत्या गर्न चाहेको हो भने गर्न सक्छौ भनेर फोन काटिदिए ।

राधा नरसिंहपुरमा थिइन् । उनको मृत्युपछि उनका आमा–बुवाको बयान लिइयो । उनका ससुरामाथि बलात्कारको मुद्दा दर्ता भयो र सासु र श्रीमानमाथि आत्महत्याका लागि उक्साएको आरोप दर्ता भयो ।  

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल