2026-09-08 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पसलबाट किनेको चिठ्ठाले मालीले जिते १० लाख डलर, फेरि जित्छु भन्दै किने अर्को चिट्ठा

विजय थापा । माघ १९, डीसी । अमेरिकाको डीसी महानगर क्षेत्रको मनासस शहरमा नेपाली मूलका पत्रकार निदेश अधिकारी द्वारा संचालित किराना पसलबाट खरिद गरेको चिठ्ठाबाट एक मालीले १० लाख डलर जितेका छन् ।

मनासस निवासी माली पेशामा रहेका जर्ज टिन्नेल नामक व्यक्तिले भर्जिनियाको मनासस् शहर स्थित फेयरभ्यू ग्रोसरी नामक पसलबाट पावर बल चिट्ठा किनेका थिए । गत जनवरी ५ तारिख शनिबारका दिन एक मिलियनको चिट्ठा परेको थियो ।

लामो समय सम्म परेको चिट्ठा लिन नआएको भनिएता पनि उनले प्राप्त गरेको रकमको समाचार जनवरी ३१ तारिखको दिन पत्र पत्रिकामा भर्खर प्रकाशित भएको छ । उनले पहिले नै दाबि गरि कर कटाएर उनलाई ७ लाख २० हजार डलर हस्तान्तरण गरिएको छ । उनले गत जनवरी ७ तारिखका दिन उक्त रकम हात पारि सकेका छन् ।

अमेरिकाभरि खेलिएको पावरबल चिठ्ठा ३-७-१५-२७-६९ संख्या मध्ये ५ नम्बर मिलाएका थिए । तर पावर बल १९ मिलेको थिएन । उनले रकम प्राप्त गरे पछि यो समयमा आफूलाई चिट्ठा पर्छ भन्ने लागेको बताएका छन् । माली आज फेब्रुअरी १ तारिखका दिन अधिकारी द्वारा संचालित किराना पसल फेयरभ्यू ग्रोसरी मै आई पुन चिट्ठा किनेका छन् । र उनले फेरी चिट्ठा जित्ने छु भनि संचालक अधिकारीलाई बताए ।

यत्रो रकम जितेता पनि उनि सामान्य पोशाकमा सामान्य भएर आएको पसल संचालक अधिकारीले बताए । पत्रकार तथा संचालक अधिकारीले अगाडी भने आफ्नो माली पेशा नछोड्ने पनि उनले जानकारी गराएको बताए ।

पत्रकार तथा व्यवसायी अधिकारीले भर्जिनिया राज्य सरकारबाट छुट (कमिसन)बापतको १० हजार डलर पाएका छन् । आफूले पनि रकम पाए पछि संचालक अधिकारीले आफू जन्मिएको जिल्ला भोजपुर चरम्बीमा बन्दै गरेको गुम्बाको लागि नेरु ६० हजार दिने घोषणा यसै मार्फत गरेका छन् ।

चिट्ठा को नतिजा निस्के पछि ६ महिना भित्रमा कसैले दावी नगरे चिठ्टाको पैसा राज्य सरकारले नै बिद्यालहरुलाई खाजा खर्च या बिद्यार्थीहरुको अन्य बिबिध खर्चको लागि दिने कानुनी ब्यबस्था छ । स्मरण रहोस् उक्त फेयरभ्यू स्टोरले २ बर्ष पहिले पनि आधा मिलियन डलरको चिट्ठा जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल