2026-09-08 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि मलेसियाका तीन सहरबाट धुर्मुस-सुन्तलीलाई सहयोग, कति उठ्यो ?

माघ २९, काठमाडौं । नेपालमै पहिलो अन्तर्राष्ट्रिय रंगशाला निर्माणको अभियानमा जुटेका धुर्मुस-सुन्तलीले मलेसियाको बिभिन्न ३ सहरबाट ३५ लाख ७१ हजार उठाएका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ मलेसियाबाट फाउन्डेसनले ३५ लाख ७१ हजार रुपैयाँ जुटाएको हो । जसमा १५ लाख रकम आयोजक सिटी एक्सप्रेसले प्रदान गरेको छ । 

मलेसियाको क्वालालम्पुर, जोहोर बाहु र पेनाङमा कार्यक्रम गरि उनीहरुले सहयोग रकम उठाएको कुरा धुर्मुसले फेसबुकमा स्टाटस लेख्दै जानकारी दिएका छन् । 

धुर्मुस सुन्तली फाउन्डेसनको आधिकारिक फेसबुकमा उल्लेख छ- 

सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ सुरुवाती दिनमा नितान्त मनोरञ्जनात्मक कार्यक्रमको रुपमा परिकल्पना गरिएको थियो । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात रङ्गशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएबमोजिम मलेसियाका तिन वटा शहरहरु क्वालालम्पुर, जोहोर बाह्रु र पेनाङमा अत्यन्तै सफलतापूर्वक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उपस्थित दर्शकले मनोरञ्जन त लिनुभयो नै, त्यो भन्दा बढी स्वः स्पूर्त तिनवटै कार्यक्रममा रङ्गशाला निर्माण अभियानलाई आफुले सकेको सहयोग पनि खुलेर गर्नुभयो । 

कार्यक्रम स्थलबाट हामीलाई नेपाली २० लाख ७१ हजार रङ्गशाला अभियानलाई सहयोग प्राप्त भएको छ भने आयोजक सिटी एक्सप्रेसको तर्फबाट रु. १५ लाख थप गरी जम्मा ३५ लाख ७१ हजार ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणलाई सहयोग प्राप्त भएको छ । 

मलेसियामा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले हामी निकै धेरै हर्षित भएका छौं । त्यहाँ रहनुभएका व्यवसायी, समाजसेवी एवम् कम्पनीमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुले पुनः यस अभियानलाई सहयोग गर्न मलेसियाको फेरी भ्रमणका लागि दिनुभएको निम्तोले झनै बढी हर्षित भएका छौं । आगामी दिनमा अझै धेरै सहयोग प्राप्त हुने कुरामा आशावादी छौं । 

स्वदेशबाट बिदेशबाट हरेक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले दिनुभएको आर्शिवादले निकै ठुलो आँट, हिम्मत र हौसला मिलेको छ । सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सकारात्मक ढंगले यो अभियानमा यसरीनै सहयोग गरिदिनुहुन अनुरोध पनि गर्दछौं । साथै मलेसियाको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्ने सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई धेरै धेरै धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं । 

‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल