Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोमल ओली अमेरिकामा (हेर्नुहोस् तस्बिरसहित )

२०७५, ११ फाल्गुन शनिबार ०५:५२

विजय थापा | फागुन ११, काठमाडौं | लोकप्रिय गायिका तथा राष्ट्रिय सभा सदस्य सांसद कोमल ओली अमेरिकाको वाशिंगटन डिसी आउनु भएको छ । सांसद ओली अमेरिकाको राजधानी वाशिंगटन डीसीमा आयोजना भएको नेपालको आर्थिक विकासमा सांस्कृतिक कूटनीतिक विषयक कार्यक्रमको लागि प्रमुख अतिथिको रुपमा अमेरिका आउनु भएको हो ।


वहा छोटो समयको लागि अमेरिका आउनु भएको हो । वहा डिसीबाट न्यू योर्क हुदै बोस्टन पुगेर नेपाल पुग्ने बताउनु भएको छ । वाशिंगटन डीसी स्थित नेपाली राजदुतबास तथा अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित इन्टरनेशनल डेभलपमेण्ट इन्स्टिच्यूट (आइडिआई) को सयुक्त आयोजनामा उक्त कार्यकम सम्पन्न भएको छ ।

प्रमुख अतिथि ओलीले आयोजकलाई धन्यबाद दिदै प्रधान मन्त्रिको शुभ कामना लिएर आएको बताउनु भयो । वहाले मन्तब्य राख्नु अगाडी तीन चरणमा भएको कार्यक्रममा वहालाई जिज्ञाशा राखेका थिए । आफ्नो मन्तब्यमा वहाले उत्तर दिनु भएको थियो । 


सांसद ओलीले आफू जन्मेको स्थान,आफ्नो शैक्षिक योग्यता ,संचारकर्मी र सानो देखि नै गीत गाउने अभिरुचि राखेको बताउनु भयो । वहाले नेपालको ७५ वटै जिल्ला ,विश्वका ३९ वटा राष्ट्रमा सांस्कृतिक कार्यक्रम र प्रस्तुतिमा भ्रमण गरेको बताउनु भयो । ओलीले मन्तब्य राख्दै कुनै देश आफूले १३ पटक भ्रमण गरेको छु भन्दै तर यो ठूलो देश सयुक्त राज्य अमेरिका पहिलो पटक भ्रमण गरेको बताउनु भयो । 

पत्रकार हुदै आफू राजनीतिमा होमिएको बताउदै गत निर्वाचन देखि नेपालको राजनैतिक अस्थिरता समाप्त भएको बताउनु भयो । ओलीले असल सुसाशन ,आर्थिक विकास भ्रष्टचार लगायतलाई निर्मुल गर्नु यो सरकारको मुख्य लक्ष्य रहेको बताउनु भयो । 

कार्यक्रम तीन चरणमा विभाजित गरिएको थियो । पहिलो वक्ता समूहमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की (विद्या वारिधि) तथा नेपालका लागि पूर्व राजदुत स्कट डेलेसी रहनु भएको थियो । 


उक्त पहिलो वक्ता समूहको बिषय नेपाल र अमेरिका बीच सांस्कृतिक कुटनैतिकका चुनौती तथा अवसर रहेको थियो । राजदुत कार्की तथा डेलेसीले यस सम्बन्धमा आफ्ना धारणा राख्नु भएको थियो । 

यस्तै गरि वक्ता समूह दुईका वक्ताहरुले कला ,संस्कृति तथा प्रवासी (डाएसपोरा )बिषयमा महा बाणिज्य दूत प्रेम राजा महत तथा सामाजिक अभियन्ता द्वय डा बिष्णु पौडेल तथा हरि शर्माले बोल्नु भएको थियो । 


यसै गरि तेश्रो वक्ता समूहमा दोश्रो पुस्ताका सांस्कृतिक कुटनैतिक बिषयमा आफ्ना कुराहरु राखेका थिए । कार्यक्रम संचालन आईडिआईका कार्यकारी प्रमुख सुमनराज तिमिल्सिना ले गर्नु भएको थियो भने आइडिआईका प्रवन्ध निर्देशक परशु नेपालले धन्यबाद ज्ञापन गर्नु भएको थियो । 

पहिलो चरणको कार्यक्रम संचालन टाउन अफ इन्डियन हेडका उप नगर प्रमुख किरण सिटौला तथा दोश्रो चरणको कार्यक्रम संचालन सामाजिक अभियन्ता प्रेम संग्रौलाले गर्नु भएको थियो ।


कार्यक्रममा डीसी क्षेत्रमा बसोबास गर्ने कलाकारहरुमा केसि डान्स सेन्टरका संस्थापक नविन केसी ,बाल्टिमोर बाट कलाकार पूजा चन्द लामा ,अन्तर राष्ट्रिय नेपाली पत्रकार संघ( ईन्जा ) का अध्यक्ष गुणराज लुइँटेल ,साहित्यकार प्रकाश नेपाल , यूवा नेता तथा सामाजिक अभियन्ता प्रेम कुमार श्रेष्ठ लगायत आईडीआई का प्रशन्न पौडेल तथा मेरिना डंगोल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुले वक्ता समूहलाई जिज्ञाशा राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित