कोमल ओलीलाई अमेरिकामा जन्मेका बालबालिकले गरे भब्य स्वागत

साझासवाल
3 Min Read

विजय थापा | अमेरिकाको भ्रमणमा रहेकी लोकप्रिय लोक गायिका तथा माथिल्लो सदन राष्ट्रसभा सदस्य सांसद कोमल ओलीले अमेरिकामा जन्मेका बालबालिकलाई आफ्नो बाल गीत सुनाउने अवसर पाएकी छिन् ।

उनले आफैले गाएको बाल गीत हेर सबैले ,कि सुन सबैले ,हेर सबैले ,कि सुन सबैले,म त सानी छु नानी छु नाच्छु पुतली,म त गाउँछु पुतली,म त नाच्छु पुतली म त गाउँछु पुतली …’ गाएकी थिइन् ।

अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल स्थित स्थापित नेपाली पाठशाला सेन्टरभिलले ओलीलाई निमन्त्रणा गरि अमेरिका जन्मेका दोश्रो पुस्ताले भब्य स्वागत गरेको छ ।

नेपाली पाठशाला अफ भर्जिनिया का संचालक बिनाखड़का लामा ,पाठशालाका प्रधानाचार्य बिष्णु खरेल ,संचालक चन्द्र लामा लगायत अभिभावकहरुको निम्तो स्वीकार गरि प्रसिद्ध लोकगायिका कोमल ओली उक्त पाठशालामा आई अमेरिकामा जन्मेका विद्यार्थीसंग भेटघाट तथा कुराकानी गरेकी छिन ।

ओलीले दुर्गा मन्त्र या देवी सर्वभूतेषु शक्ति-रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै ..नमोनम भन्दै  म यस्तो ठाउमा आएर उभिएको छु ,जहाँ मातृभूमि, आफ्नो संस्कृतिलाई पूजा गरिन्छ । यो बिद्याको मन्दिरलाई नमन गर्छु भनिन । ओलीले मुटु भरि नेपाल ए मष्तिस्क भरि आफ्नो धर्म र संस्कार लिएर आउनु भएका सबैलाई नमन गर्छु भनिन ।

उनले नेपालको शिक्षा पद्धतीको कुरा चर्चा गर्दै गृहकार्य नगरे बिद्यालय जान बिद्यार्थी नमान्ने कुराको चर्चा गरिन । नेपालमा धेरै किताव बोक्नु पर्छ भन्दै यहाँ पनि तपाईहरुले निकै किताव बोक्नु पर्छ हो भनि प्रश्न राख्दा हो भनि एकै स्वरमा भनेका थिए ।

वास्तवमा शनिबार मात्र नेपाली भाषा पढ्न लेख्न र अरु अतिरिक्त क्रियाकलाप गराउने मात्र हुनाले पुस्तक अत्यधिक कम बोक्नु पर्ने हुन्छ । ओलीले हो भनि प्रश्न राख्दा हो मा हो मात्र मिलाएका थिए ।

पाठशालाका प्रधानाचार्य बिष्णु खरेलले अतिथिहरुलाई स्वागत गर्दै नेपालको पाठ्यक्रम अनुसार अध्यापन गराउने बताएका थिए । उक्त बिद्यालयमा करिव १ सय ५० बिधार्थीहरु हाल रहेका छन् भने ओलीलाई स्वागत गर्न आएका दोश्रो पुस्ताका बिधार्थिले राष्ट्रिय गान सुनाएका थिए ।

ओलीले साना बालबालिकालाई केही जिज्ञाशा राख्दै पछि ठुलो भए पछि नेपाल फर्कनु पर्छ ल भनि प्रश्न राख्दा सबैले एकै स्वरमा हुन्छ भनेका थिए । बालबालिकालाई माया गर्दै आफ्ना बुवा हजुर आमालाई के भन्ने र कसरी ढोग गर्ने बालबालिकालाई सिकाएकी थिइन् ।

अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्की(विद्या वारिधि )ले नेपाली भाषा पढ्न र लेख्न सिक्नु भएकोमा बिद्यार्थीहरुलाई सबैलाई धन्यवाद दिएका थिए ।

Share This Article
Leave a Comment

Leave a Reply