2026-09-08 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महापुराणको लागि पण्डित दिनबन्धु पोखरेल अमेरिकाको भर्जिनिया आउने

विजय थापा | फागुन १२, अमेरिका | ख्याती प्राप्त बाचन प्रबिण पण्डित दिनबन्धु पोखरेल अमेरिकाको भर्जिनिया आउनु हुने भएको छ । अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा सामुदायिक भवन निर्माण गर्ने उद्धेश्य सहित सप्ताह महापुराणको आयोजना गर्ने भएकोले पण्डित पोखरेललाई बोलाइएको छ । 

आगामी जुन २२ देखि जुन २९ सम्म भर्जिनियाको फेयरफ्याक्समा हुने उक्त पुराणमा वहालाई डी.सी.मेट्रो सप्ताह महापुराण आयोजक समितिले अग्रिम रुपमा पहल गरि बोलाएको हो । 

गत फेब्रुअरी २३ शनिबारका दिन डी.सी.मेट्रो सप्ताह महापुराण आयोजक समितिले आयोजना गरेको नगरभवन बैठकमा सप्ताह महापुराणको लागि पण्डित दिनबन्धु पोखरेललाई दिने दक्षिणा समेत तोकेको छ र बैठकमा सर्वसम्मति बाट पारित गरेको छ । 

उक्त नगरभवन बैठकले भर्जिनिया सेन्टरभिल शहरमा बस्दै आउनु भएका डीसी नेपाली समाजका संस्थापक अध्यक्ष सामाजिक अभियन्ता अरुण रुपाखेतीलाई सप्ताह महापुराणको संयोजकमा छनौट गरेको छ । 

यसै गरि अमेरिका ५३ बर्ष अगाडी अमेरिका आई हाल भर्जिनिया बस्दै आउनु भएका सामाजिक अभियन्ता डा बिष्णु पौडेललाई मुख्य सल्लाहकारमा चुनेको छ । 

उक्त बैठकले बिधान पारित गर्नुको साथै आगामी महा पुराण पश्च्यात बनिने सामुदायिक भवनको नाम नेपाली अमेरिकन कम्युनिटी सेन्टर (एनएसीएस )राखेको छ । उक्त नाम बिधुतिय मतदान प्रणाली बाट गरिएको परिणामबाट गरिएको हो । 

डिसी महानगर क्षेत्र सेन्टरभिल शहरका सामाजिक अभियन्ता ददिराम ढुंगानाले सामुदायिक भवनको अवधारणा बारे पुन संक्षेपमा ब्याख्या गर्नुको साथै कार्यक्रम संचालन गर्नु भएको थियो । पहिलो पटक बसेको नगर भवन बैठकमा ढुंगानाले बिस्तृत रुपमा महा पुराण बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सप्ताह महा पुराणको लागि १००१ महा पुराण मूल समारोह समिति बन्ने क्रम जारी छ भने हाल सम्म ६ सय ४४ सदस्यहरु मूल समारोह समितिमा संलग्न भै सकेका छन् । उक्त बैठकमा विभिन्न समितिहरुले आफ्नो प्रगती बिबरण प्रस्तुत गरेका थिए । 

गत २० बर्ष देखि भर्जिनियामा सामुदायिक भवन तथा मन्दिर बनाउने पटक पटक प्रयास भएता पनि सबै चर्चा र छलफलमा मात्र सिमित भएका थिए । तर यस पटकको यो पहल निकै अगाडी पुगेको छ भने यस भेकका सबै सामाजिक अभियन्ताहरु स्वत स्फूर्त रुपमा संलग्न भएका छन् । समुदाय सदस्यहरु जोश ,जागर उत्साह सहित महा पुराण को लागि संलग्नता देखाई रहेका छन् । 

बिशेष गरि अमेरिकामा जन्मेका तथा दोश्रो पुस्ताका युवाहरु आफै संलग्नता देखाएका छन् । बैठक मा सामाजिक अभियन्ता सागर कंडेलले स्वागत गरेका थिए भने अन्य सामाजिक अभियन्ता तथा बिभिन्न समितिका प्रतिनिधिहरु क्रमस गोपाल रेग्मी,पण्डित राजेन्द्र खनाल ,अरुण रुपाखेती ,युवाको तर्फबाट अर्जुन पौडेल केशव बराल ,संचारकर्मी तथा ईञ्जाका अध्यक्ष गुणराज लुइँटेल ,युवाको तर्फ बाट अन्जान अधिकारी ,गोविन्द सुबेदी ,प्रेम संग्रौला लगायत आदिले आआफ्ना प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । 

करिव ३ घण्टा सम्म चलेको उक्त बैठकमा सप्ताह महापुराण सम्बन्धि व्यापक मष्तिस्क मन्थन गरिएको थियो भने केही उपस्थित सहभागीहरुले संस्थापक सदस्य बन्ने घोषणा समेत गरेका थिए ।

कार्यक्रममा भर्जिनियाको विनचेस्टरबाट आउनु भएका चिकित्सक गुणराज सुबेदी ,ऋषि बराल ,भरत रेग्मी ,सुमन राज तिम्सिना ,चन्द्र लामा ,ठाकुर ढकाल ,एएनएचएस का अध्यक्ष कमला खरेल, एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,चिकित्सक मदन उप्रेती लगायत थुप्रै सामाजिक अभियन्ताहरुले रचनात्मक सुझाव साथै सल्लाह दिएका थिए । 

कार्यक्रमको अन्त्यमा ददिराम ढुंगानाले यस क्षेत्रमा बसोबास गर्नु हुने बृद्ध,युवा,बालबालिका,महिला,पुरुष ,व्यवसायी ,कुनै पनि पेशामा संलग्न पुरुष तथा महिला तथा जुन सुकै उमेरका सबै नेपाली समुदायका सदस्यलाई यस महान पुन्य कार्यमा सहभागिता तथा संलग्न हुन् आव्हान गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल