२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूयोर्कमा नेपालकी सामाजिक अभियन्ता ईन्दिरा रानामगरसहित १९ देशका नारीहरु सम्मानित

२०७५, १ चैत्र शुक्रबार १५:३२

चैत १, न्यू योर्क | न्यूयोर्कमा नेपालकी सामाजिक अभियन्ता ईन्दिरा रानामगर १९ देशका अन्य नारीहरुसंगै सम्मानित भएकी छिन् । विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन 'सोसाईटी अफ फरेन कनुल्स न्यू योर्क’ द्वारा अन्तरराष्ट्रिय नारी दिवस २०१९ को अवसरमा १९ देशका नारीहरुसंगै प्रिजनर्स एसिस्टेन्स नेपालकि संस्थापक अध्यक्ष ईन्दिरा रानामगरलाई सम्मानित गरिएको छ ।


सोसाईटीद्वारा पहिलो पटक सन् २०१८ मा अर्की सुपरिचित नेपाली सामाजिक अभियन्ता तथा अमेरिकाको जर्सी सिटी शहरका मेयरकि सल्लाहकार डा. विष्णुमाया परियारलाई सम्मान गरिएको थियो।सामाजिक अभियन्ता ईन्दिरा रानामगरले विगत २८ वर्षदेखि जेलमा बन्दी जीवन विताईरहेका दश हजारभन्दा बढी बन्दीहरूलाई आफ्नो संस्था मार्फत स्वास्थ्य उपचार, शिक्षा, मानवअधिकार र उद्धार स्याहार पुर्याउँदै आएकी छिन् । 

प्रिजनर्स एसिस्टेन्स नेपालले स्थापनाकाल सन् २००० देखिनै काठमाण्डूको केन्द्रीय कारागार जेलभित्र महिला बन्दीहरूको लागि प्राथमिक विद्यालय र जेलकै बाहिर ति महिलाहरूको सन्तानहरूको निम्ति डेकेयर सेन्टर सन्चालन गर्दै आएको छ। उनको संस्थाले नेपालको बिभिन्न जिल्लाहरूमा १६ वटा बालबालिका गृह (चिल्ड्रन होम) निर्माण गरी हालसम्म बन्दीमा परेका आमाबाबुहरूका र टुहुरा बनेका १,६०० भन्दा बढी बालबालिकाहरूलाई संरक्षण प्रदान गर्दै आएको छ।

सामाजिक अभियन्ता ईन्दिरा रानामगरलाई बन्दी आमाबाबु र तिनका बालबालिकाहरूको उद्दार र संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको कदर स्वरूप सन् २०१४ मा विश्व प्रसिद्ध ‘वर्ड चिल्ड्रन अनरेरी पुरस्कार’ प्रदान गरिएको थियो भने बिबिसी रेडियोले सन् २०१७ मा विश्वभरबाट ‘बिबिसी १०० प्रेरणादायी र आविस्कारी महिलाको रूपमा चुनेको थियो  । 

सन् २००५ मा अमेरिकाको अशोका फ़ाउण्डेशनको अशोका फेलो सम्मान प्राप्त गरेकी सामाजिक अभियन्ता रानामगर नेपाल सरकारको महिला तथा बालबालिक मन्त्रालय र क्रियटिभ स्टेटमेण्टद्वारा ‘पावर गडेश-२००६’ पुरस्कार, सन् २००९ मा एशिया सोसाईटीद्वारा ‘एशिया २१ युवा नेता सार्वजनिक सेवा पुरस्कार’ लगायतबाट सम्मानित भै सकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट