2026-09-08 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झण्डा दिवसमा ३ जना संचारकर्मी सम्मानित, प्रसाईको फोटो उत्कृष्ट

वैशाख २, काठमाडौ । नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले तीन जना नेपाली संचारकर्मीहरूलाई सम्मान गरेको छ। प्रत्येक नेपाली नयाँ बर्षलाई अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसका रुपमा मनाउँदै आएको प्रतिष्ठानले डायस्फोरामा रही नेपाली कला र संस्कृतिलाई योगदान दिएका संचारकर्मीहरूलाई सम्मान गरेको हो।

प्रतिष्ठानले आईतबार एक बिज्ञप्ति जारी गर्दै एसियाबाट पुरु जोशी, युरोपबाट बसन्त रानाभाट र अमेरिकाबाट बिजय थापालाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलले बिदेशमा रही नेपाली संस्कृति, साहित्य र संचारको क्षेत्रमा समर्पित भई आ-आफ्ना क्षेत्रबाट बिशेष योगदान दिदै आएका संचारकर्मीहरूलाई सम्मान गर्न पाउदा खुशी ब्यक्त गरेका छन्। रोमानियाका लागि अवैतानिक बाणिज्यदूत समेत रहेका पोखरेलले प्रतिष्ठानले अन्तर्राष्ट्रिय टोपी दिवस जस्तै केही बर्ष यता नेपाली नयाँ बर्षमा झण्डा दिवस पनि मनाउन लागेको छ र यस अवसरमा हामीले पत्रकारहरुलाई समेत हौसला दिएका हौ भन्नुभयो।

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित व्यक्तित्वहरु स्वतः यस प्रतिष्ठानको सदस्य रहने परम्परा रहेको बिज्ञप्तिमा उल्लेख छ। सम्मानित संचारकर्मीहरू मध्ये पुरू जोशीले दक्षिण कोरियालाई, बसन्त रानाभाटले स्पेन र बिजय थापाले अमेरिकालाई कर्मथलो बनाउदै आएका छन्।

स्पेनका प्रसाईको फोटो उत्कृष्ट –

यसै बीच स्पेन निबासी जीवन प्रसाईको झण्डा सहितको फोटो उत्कृष्ट बनेको छ। प्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसमा आयोजना गरेको फोटो प्रतियोगितामा प्रसाईको फोटो उत्कृष्ट बनेको हो। प्रसाईलाई पनि ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ। प्रतियोगिताका लागि संसारभर छरिएर रहेका नेपालीहरुले लोकप्रिय भाईवर ग्रुप चौतारी र दौतरीमा नेपाली झण्डा सहितको फोटो पोष्ट गरेका थिए।

यसअघि ईटलीका दिनेश बाला श्रेष्ठ, बेल्जियमका दीपक न्यौपाने र फ्रान्सका निर्मल अर्याल ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मानित बनेका थिए।

यसपटक पनि मानार्थ उपाधिले सम्मानित चारै जनालाई प्रतिष्ठानको सदस्यता प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग