2026-10-25 05:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरीको जन्मदिनको खर्च स्वेताको माझी बस्तीलाई

वैशाख ३, अष्ट्रेलिया | अस्ट्रेलियाको क्यानबेरा निवासी भास्कर रेग्मी र अनु कोइराला रेग्मीले आफ्नी छोरी कृती रेग्मीको आठौं जन्मदिनको खर्च कटाएर स्वेताश्री फाउण्डेशनद्धारा महाप्रलयकारी भूकम्पपस्चात श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ला सिन्धुपाल्चोकको एउटा सीमांकृत जाती माझी समुदायको ५३ परिवारका नीजि आवास र एउटा संस्थाको सम्पर्क कार्यालय सहित ५४ घरको एकीकृत बस्ती बनाउने कार्यमा सो समुदायकी एउटी बुहारीको रुपमा जुट्दै नेपाली समाजमा प्रेरणाको श्रोत नै बन्न पुगेकी चर्चित नायिका स्वेता खड्का मार्फत सो बस्ती निर्माणमा सानै भने पनि योगदान दिने अभिप्रायले सो अभियानको उद्धेस्य प्राप्ती कार्यमा योगदान दिन प्रदान गर्ने निर्णय गरेका छन । 

रेग्मी दम्पत्तिले गरेको निर्णय अनुरुप आज काठमाण्डौंको लाजिम्पाटस्थित होटल मनस्लूमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी-कपिलवस्तु दिवस विस्व अभियानका विस्व संयोजक इ रामकुमार श्रेष्ठले नायिका स्वेता खड्कालाई आठ हजार रुपयाँको चेक हस्तान्तरण गर्नु भयो । श्रेष्ठ मेलबर्नबाट काठमाण्डौं आउने क्रममा बैंकक ट्रन्जिटमा रहेको बेलामा क्यानबेराबाट भास्कर रेग्मीले फोन मार्फत आफ्नो उक्त निर्णयबारे जानकारी गराएकाले आज सो कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको थियो ।

माझीबस्तीमा चिटिक्क परेका ५३ घर बनेका छन् ।

आबस्यक भवनहरुको निर्माण कार्य सम्पन्न भए तापनि बस्तीलाई सुबिधा सम्पन्न बनाउन आबस्यक पूर्बाधार संरचनाहरु सडक, बिजुली, खानेपानी, सेफ्टी ट्यांकी, पार्क आदि निर्माण कार्य सम्पन्न गर्ने कार्य बाँकी रहेको र यस्को लागि करीब दुई करोड आबस्यक पर्नेछ । बाँकी यो कार्यमा हातेमालो गर्न इच्छुक ब्यक्तिहरुलाई चर्चित नायिकाले आह्वान गरेकी छिन् ।

माझी बस्तीलाई होमस्टे गाउँ बनाउने र गाउँका युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष पनि छ परियोजनाको । 

रकम हस्तान्तरण गर्दै श्रेष्ठले दुबै पक्षलाई हार्दिक बधाई ज्ञापन गर्दै यस किसिमको निर्णय गरेर सहयोग गर्ने क्रममा सहयोग गरिने रकम सानो ठुलोभन्दा पनि यस किसिमको भावना महत्वपूर्ण हुने र यस किसिमको भावनाले अरुहरुलाई पनि यस्तै गर्न उत्प्रेरित गर्ने भएकोले यस किसिमको  भावना शहिद जस्तै प्रेरणादयी हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने