2026-09-08 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरीको जन्मदिनको खर्च स्वेताको माझी बस्तीलाई

वैशाख ३, अष्ट्रेलिया | अस्ट्रेलियाको क्यानबेरा निवासी भास्कर रेग्मी र अनु कोइराला रेग्मीले आफ्नी छोरी कृती रेग्मीको आठौं जन्मदिनको खर्च कटाएर स्वेताश्री फाउण्डेशनद्धारा महाप्रलयकारी भूकम्पपस्चात श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ला सिन्धुपाल्चोकको एउटा सीमांकृत जाती माझी समुदायको ५३ परिवारका नीजि आवास र एउटा संस्थाको सम्पर्क कार्यालय सहित ५४ घरको एकीकृत बस्ती बनाउने कार्यमा सो समुदायकी एउटी बुहारीको रुपमा जुट्दै नेपाली समाजमा प्रेरणाको श्रोत नै बन्न पुगेकी चर्चित नायिका स्वेता खड्का मार्फत सो बस्ती निर्माणमा सानै भने पनि योगदान दिने अभिप्रायले सो अभियानको उद्धेस्य प्राप्ती कार्यमा योगदान दिन प्रदान गर्ने निर्णय गरेका छन । 

रेग्मी दम्पत्तिले गरेको निर्णय अनुरुप आज काठमाण्डौंको लाजिम्पाटस्थित होटल मनस्लूमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी-कपिलवस्तु दिवस विस्व अभियानका विस्व संयोजक इ रामकुमार श्रेष्ठले नायिका स्वेता खड्कालाई आठ हजार रुपयाँको चेक हस्तान्तरण गर्नु भयो । श्रेष्ठ मेलबर्नबाट काठमाण्डौं आउने क्रममा बैंकक ट्रन्जिटमा रहेको बेलामा क्यानबेराबाट भास्कर रेग्मीले फोन मार्फत आफ्नो उक्त निर्णयबारे जानकारी गराएकाले आज सो कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको थियो ।

माझीबस्तीमा चिटिक्क परेका ५३ घर बनेका छन् ।

आबस्यक भवनहरुको निर्माण कार्य सम्पन्न भए तापनि बस्तीलाई सुबिधा सम्पन्न बनाउन आबस्यक पूर्बाधार संरचनाहरु सडक, बिजुली, खानेपानी, सेफ्टी ट्यांकी, पार्क आदि निर्माण कार्य सम्पन्न गर्ने कार्य बाँकी रहेको र यस्को लागि करीब दुई करोड आबस्यक पर्नेछ । बाँकी यो कार्यमा हातेमालो गर्न इच्छुक ब्यक्तिहरुलाई चर्चित नायिकाले आह्वान गरेकी छिन् ।

माझी बस्तीलाई होमस्टे गाउँ बनाउने र गाउँका युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष पनि छ परियोजनाको । 

रकम हस्तान्तरण गर्दै श्रेष्ठले दुबै पक्षलाई हार्दिक बधाई ज्ञापन गर्दै यस किसिमको निर्णय गरेर सहयोग गर्ने क्रममा सहयोग गरिने रकम सानो ठुलोभन्दा पनि यस किसिमको भावना महत्वपूर्ण हुने र यस किसिमको भावनाले अरुहरुलाई पनि यस्तै गर्न उत्प्रेरित गर्ने भएकोले यस किसिमको  भावना शहिद जस्तै प्रेरणादयी हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग