Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. विष्णुमाया परियार नेपालमा ‘ग्लोबल युथ लिडरशीप अवार्ड’ द्वारा सम्मानित

२०७६, १४ बैशाख शनिबार ०२:४३

वैशाख १४, काठमाण्डौं | अमेरिकामा कृयाशील नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियार नेपालमा ‘ग्लोबल युथ लिडरशीप अवार्ड’ द्वारा सम्मानित भएकी छिन्। ग्लोबल युथ पार्लियामेण्ट संस्थाद्वारा नेपालको राजधानी काठमाण्डौंमा आयोजित ‘ग्लोबल युथ लिडरशीप समिट २०१९’ मा नेपालका पूर्व प्रधानमन्त्री झलनाथ खनालले सामाजिक अभियन्ता डा. परियारलाई उक्त पुरस्कारद्वारा सम्मान गरेका हुन्। 

नेपालमा सामाजिक रूपान्तरणको लागि कृयाशील एडवान संस्थाको संस्थापक अध्यक्ष तथा जर्सी सिटी मेयरकी सल्लाहकार डा. परियार आफू संस्थापक अध्यक्ष बनेर सन् १९९८ देखि सुरु गरेको संस्था एड्वानले हालसम्म नेपालका सात जिल्लाहरुका २७ गाबिसमा स्थापित २९२ महिला समूहहरु मार्फत झण्डा ५० हजार महिला तथा उनीहरुका परिवारका सदस्यहरु र ३५ बिद्यालयहरुका २३ हजार बेशी बालबालिकाहरुलाई बिविध सामाजिक र शैक्षिक परियोजनाहरू सन्तालन गरी लाभान्बित गरिकसेको छ ।


सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको नेतृत्वमा सन् २०१५ र २०१८ मा अमेरिकामा रहेका नेपालीहरूको लागि जर्सी सिटी काउन्सिलबाच टिपिएस रिजोलुसन पास गराउन सफल हुनुभएको थियो भने सन् सन् २०१७ को जुन ३० तारिख नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा अमेरिकि भूमि सिटी हलमा पहिलो पटक नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन सम्पन्न गराउन सफल हुनुभएको थियो । सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकि शहर हो र विश्वमै सम्भवत: पहिलो घटना हो।

त्यसैगरी, जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेष दूत) को रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यसै वर्ष सन् २०१९ को जनवरी २४ तारिख अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सिस्टर सिटी बनाउने सफलता मिलेको थियो। 


यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन उनकै पहल र काउन्सिल प्रेसिडेण्ट रोलान्डो लाभारोको अगुवाईमा जर्सी सिटी काउन्सिलद्वारा गत डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो।अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो।

विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रीय पुरस्कारहरूबाट सम्मानित भईसक्नु भएकी सुपरिचित नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको नाममा अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरले सन् २०१५ को सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको छ भने विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन 'सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क' ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा. परियारलाई सम्मानित गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी