Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा औधोगिक दुर्घटनामा बृद्धि

२०७६, ५ जेष्ठ आईतवार ०८:१५

अर्जुन बराल | जेठ ५, सोल | दक्षिण कोरिया सरकारले गतबर्ष सानाठुला गरि लाखभन्दा बढी भएका औधोगिक दुर्घटनामा गरेको सुपरिबेक्षणको आधारमा औधोगिक  दुर्घटनामा केहि बृद्धि भएको तथ्याङ्क सार्बजनिक गर्दै अनुमोदित औधोगिक दुर्घटनामा भएको बृद्धि सँगै अधिक कार्यस्थल औधोगिक दुर्घटना बीमा प्राप्त गरिने आबेदन प्रक्रियामा सुधार थालिएको स्पष्टीकरण दिएको छ ।

दक्षिण कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालयले मे २, तारिखका दिन सार्बजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ मा भएका औधोगिक दुर्घटनामा आप्रबासी कामदार सहित ९७१  जनाको ज्यान गएको जनाएको छ । जसमध्ये अत्यधिक बढी निर्माण क्षेत्रमा ४८५ जनाको मृत्यु सँगै उत्पादनमुलक क्षेत्र तर्फ २१७, सेवामुलक क्षेत्रतर्फ १५४ सहित बाँकी घातक औधोगिक साना कार्यस्थल सँग सम्बन्धीत रहेका थिए भने पाँचभन्दा कम कामदार रहेको औधोगिक कारखानामा ३३० र पाँच देखि उननपचास जना सम्म कामदार रहेको औधोगिक क्षेत्रमा ३१९ जनाको मृत्यु भएको उल्लेख छ ।

गतबर्ष कुल भएका औधोगिक दुर्घटना मध्ये ०.५१ प्रतिशत जनाको मृत्यु भएको थियो जसमध्ये सबैभन्दा बढी निर्माण क्षेत्रमा १.६५ प्रतिशत,उत्पादनमुलक क्षेत्रमा ०.५२ प्रतिशत,सेवामुलक क्षेत्रमा ०.२४ प्रतिशत कामदारको मृत्यु भएको थियो । सन् २०१७ मा आप्रबासी कामदार सहित सानाठुला गरि कुल ८९८४८ औधोगिक दुर्घटनाहरु भएकोमा सन् २०१८ मा १३ प्रतिशत भन्दा बढिले औधोगिक दुर्घटनामा बृद्धि सँगै कुल १०२३०५ दुर्घटना भएका थिए । त्यस्तै कार्यक्षेत्रमा हुने जटिल कामका कारण बिरामी भई सन् २०१७ मा कुल ९९३ जना कामदारको मृत्यु भएकोमा सन् २०१८ मा १७८ ले बृद्धि भई ११७१ जना कामदारको मृत्यु भएको थियो । 

दक्षिण कोरिया सरकारले औधोगिक दुर्घटनाको तथ्याङ्कबाट कार्यक्षेत्रमा के कती कारणबाट दुर्घटना हुँन पुगेका छन् त्यसलाई पहिचान गरि न्युनिकरण गर्न सहज हुने प्रतिक्रिया दिएको छ साथै सरकारले गतबर्षको जुलाईदेखि नै औधोगिक क्षेत्रमा हुँने दुर्घटनाको बीमा कबरेजलाई बिस्तार गरेको थियो भने सन् २०२२ सम्म औधोगिक जोखिमलाई धेरैनै घटाउँने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी