2026-09-08 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए कतारद्वारा वृहत इफतार तथा इद मिलन कार्यक्रम सम्पन्न

जेठ १७, कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एक कार्यक्रमका बीच ईदउल फित्रको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिबार कतारको एसियन टाउन बोईशाखी रेष्टुरेण्टमा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादानको पावन अवसरमा बृहत ईफतार कार्यक्रम तथा ईद उल फित्रको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कतारका कार्यवाहक राजदुत श्री लक्ष्मण खनालले ईद उल फितर जस्ता विशेष पर्वले स्वदेश तथा विदेशमा बस्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रबद्र्धन गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे । 

राजदुत खनालले एनआरनले समय–समयमा गर्ने यस्ता कार्यक्रमले विदेशमा रहेरपनि नेपालीहरुबीच मित्रभाव उजागर गर्न सहयोग पुर्याएको बताए । कार्यक्रममा मुस्लिम धर्म गुरु मौलानाले इस्लाम धर्मको महत्व र पवित्र महिना रमदानमा बसिने रोझाको बैज्ञानिकताबारे धारणा राखेका थिए । 

अन्तर्राष्ट्रिय मुस्लिम समाज कतार, नेपाली मुस्लिम समाज कतार, नेपाल पत्रकार महासंघ कतार लगायत बिभिन्न जिल्लाका जनसम्पर्क समिति एवं बैचारिक संस्थाका प्रतिनिधिहरुले प्रवासमा हुने यस्ता कार्यक्रमले नेपालीहरुबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास ब्यक्त गरेका थिए ।

कार्यक्रममा एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक आर के शर्मा, एनआरएन आइसीसी मानार्थ परिषद्का सदस्यहरु टी.बी कार्की, नरेन्द्र भाट, कमलमणी गुरागाई, बिल बहादुर गुरुङ, महेन्द्र चम्लागाई, कुमार कार्की, बिनोद भट्टराई, एनआरएनए आईसीसी सदस्यहरु र एनसीसीका प्रमुख सल्लाहाकार विनेश कुमार तामाङ लगायत अन्य सल्लाहाकार सदस्यहरु सहितका महानुभावहरुको उपस्थिती रहेको थियो ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष तेज कटवालले स्वागत मन्तब्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग