Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली जनसंम्पर्क समिती बेल्जियमलाई डा. रामशरण महतद्वारा प्रशिक्षण

२०७६, १२ असार बिहीबार ०४:०९

असार १२, बेल्जियम । नेपाली जनसम्पर्क समिती बेल्जियले नेपालबाट बेल्जियम पुगेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब अर्थ मंन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यता तथा श्रीमती रोशना थापा महतको बिशेष आतिथ्यमा प्रशिक्षण तथा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम कार्यक्रम संम्पन गरेको छ ।

सभापति सीता सापकोटाको अध्यक्षतामा संम्पन्न कार्यक्रममा जनसम्पर्क समिति बेल्जियमका पुर्व अध्यक्षहरु, समितीका पदाधिकारी तथा सदस्यहरु एवम् कृयासिल र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा  नेपाली जनसम्पर्क समिती बेल्जियका उपाध्यक्ष नरहरी सापकोटाले स्वागत मन्तब्य राख्दै सबैमा स्वागत गरेका थिए । यसै क्रममा पुर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवानले निर्वाचित समितीको बिरुद्धमा कसैलाई पनि लेख्ने र बोल्ने अधिकार छैन किनकी यो समिती लोकतान्त्रिक मुल्य मान्यताबाट निर्वाचित भएर आएको समिती हो, भन्दै भर्खरै मिडियामा देखिएको कपोकल्पित समिती कसैलाई मान्य नहुने र पुर्व रुपमा अबैध रहेको धारणा राखेका थिए । त्यस्तै प्रमुख अतिथी डा. रामशरण महतले पार्टी बिधि बिधान प्रकृया र पद्दतीले चल्ने हुँदा यस बाहेकका अराजक गतिबिधी र बिधान बाहिर रहेर कुनै पनि साथीहरुले गर्ने कृयाकलापले कदापी संगठनलाई फाईदा नहुने र संगठनको बिधान भन्दा बाहिर रहेर गरिने यस्ता गतिबिधीहरु लाई पार्टीले कदापी नस्वीकार्ने भन्दा अभिलम्भ यस्ता कृयाकलाप बन्द गरियोस र निर्वाचित समिती लाई मानेर अगाडी बढ्न सबैमा अनुरोध गरेका थिए । 


डा. महतले नेपाली काँग्रेस हिजोका दिनको जनताको मन जितेको सबै भन्दा ठुलो पार्टी हो । नेपाली काँग्रेस भित्रको केही गुट र उपगुटले गर्दा आज हामी आँफैमा कमजोर बन्न पुगेका छौँ, हामीलाई कसैले कमजोर बनाएको नभई हामी हाम्रै कारणले कमजोर भएका हौ भने संगठनमा एकता, सदभाव र मेलमिलाप भएन र बिधानतह पार्टी चलेन भने भोलीका दिनमा पनि पछुताउनुको बिकल्प केही नहुने भन्दै निर्वाचित समिती बाहेक हामी अरु जान्दैनौ र मान्दैनौँ भन्दै नेपाली काग्रेसको ईतिहासको बाकेको बारेमा अत्यन्तै महत्वपुर्ण बिचार ब्यक्त गरेका थिए । 

गैरआवसीय नेपाली संघ नेदरल्याण्डका अध्यक्ष श्री मनोहरी शर्मा, ज.स.स बेल्जियमका सदस्य एवं ने बि संघ कास्कीका पुर्व अध्यक्ष श्री पुर्ण तिमील्सीना लगायतले संगठनमा अहिले केही साथीहरुले संगठनको बिरुद्दमा गरेका गतिबिधीहरु गलत भएको कुरा प्रष्टाएका थिए । अतिथिको रुपमा संस्थाका संस्थापक अध्यक्ष धुर्वराज पौडेल एवं नि(बर्तमान अध्यक्ष शुवाष जोशी (सन्तोष), गैर आवासीय नेपाली सघं नेदरल्याण्का उपाध्यक्ष बिष्णु बास्तोला, महासचिब जितेन्द्र श्रेष्ठ, जनसम्पर्क समिति बेल्जियमका सदस्य एव नवलपुर सहायता समाजका अध्यक्ष विजय मल्ल, नि-वर्तमान अध्यक्ष रमेश सापकोटा, जसस समिति बेल्जियमका सल्लाहकार एव पर्वत समाजका अध्यक्ष झलक के सी, स्पेनका महासमिति सदस्य अर्जुन काफ्ले जसस बेल्जियमका सल्लाहकार एव ब्यवसायीक सघका नि-बर्तमान अध्यक्ष सी.पी भट्ट वर्तमान महासचिव मदन दबाडी, नेपाली युरोप मिलन केन्द्रका अध्यक्ष दिपक न्यौपाने,जसस समिति बेल्जियमका सल्लाहकार एव स्याङ्जा सहायता समाजका सचिव होमनाथ पाण्डे, जसस समिति बेल्जियमका सल्लाहकार एव गैर आवासीय नेपाली सघ बेल्जियम का भूतपूर्व युरोप सह-सम्योजक प्रेम गुरूङ् लागाएत पदाधिकारी एवं सदस्य ज्यू हरूसल्लाहकारहरू र कृयाशील सदस्यहरू साधारण सदस्यहरूको बाक्लो ऊपस्थित रहेको थियो । 

अन्तमा, सभापती सीता सापकोटाले संगठनमा देखिएको भनिएको बिबाद कुनै एकादो ब्यक्तीबाट उश्रिखल ढंगबाट बाहिर गई निर्बाचित समितीको बिरुद्मा लाग्नु भएको र यस्ता गतिबिधीले संगठन वा ब्यक्ती कसैलाई पनि फाईदा नपुग्ने भन्दै साथीहरु अनुशासनको दायरामा आई आँफुले गरेका अराजक गतिबिधीहरु अभिलम्ब बन्द गर्न आग्रह गरेकी थिइन् । उनले भनिन् 'यो घर तपाईहरुकै मुल घर भएकाले आफ्ना गल्तीहरुलाई सुधारी संगठनमा फर्किन अनुरोध छ । विमती भए आन्तरिक छलफलबाट समाधान खोजिनुपर्छ ।' 

उक्त कार्यक्रम जसस बेल्जियमका महामन्त्री दिनेश प्रसाद भण्डारीले संचालन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ