2026-09-08 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली चेलीलाई बेलायतको प्रतिष्ठित डायना पुरस्कार, यस्तो पुरस्कार पाउने पहिलो नेपाली

विजय थापा | असार १८, डिसी | नेपाली चेली कन्चन अमात्यलाई बेलायतको प्रसिद्ध डायना मेमोरिएल पुरस्कार प्राप्त भएको छ । उनलाई उक्त पुरस्कार वेल्स कि राजकुमारीको सम्झनामा स्थापित उक्त पुरस्कार प्रदान गरिएको हो । 

डायना मेमोरिएल अवार्ड नामक प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने नेपालकी छोरी कन्चन अमात्य पहिलो नेपाली भएकी छिन । उनले सामाजिक कार्य तथा मानबिय कार्यमा उल्लेख्य योगदान गरे वापत उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

सन् १९९७ मा वेल्स कि राजकुमारी डायनाको मृत्यु भए पछि उनको सम्झनामा उक्त पुरस्कार स्थापित गरिएको थियो । यो उच्चतम पुरस्कार युवा नेपाली युवतीलाई उनको सामाजिक कार्य र मानवीय प्रयासमा उनले गरेको भूमिकालाई प्रदान गरिएको छ । यो प्रतिष्ठित पुरस्कारलाई बेलायती शाही परिवार, राजकुमार विलियम तथा राजकुमार ह्यारीको समर्थन र साथ रहेको छ । 

उक्त पुरस्कार स्व राजकुमारी डायनाको ५८ औ जन्मदिनमा प्रदान गरिएको छ । यस बर्ष उक्त डायना अवार्ड ( पुरस्कार )ले २० औ बार्षिकोत्सव मनाउने छ । 

डायना अवार्ड २०१९ मा कन्चनको प्रवेश संगै उनले आफ्नो सम्मानको भूमिकामा ‘आफू तीव्र गरिवी बिरुद्ध कार्यकर्ता,मानव अधिकारबादी पक्षपोषक ,र सामाजिक उद्यमी ‘हु भनेर ब्याख्या गरेकी छिन । 

 उनले उक्त पुरस्कारलाई स्वीकार गर्दै नया पुस्ताका नेपाली युवाहरुलाई प्रोत्साहन र परिचालन गर्न प्रतिबद्ध छु र बिश्वमा यस्तो समुदाय निर्माण गर्न चाहन्छु जहाँ कसैले पनि शिक्षा र भोक बाट एकै दिन पनि बन्चित हुन् नपरोस भन्ने संदेश दिएकी छिन । 

नेपाल ललितपुर जावलाखेल घर भै हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी कन्चन अमात्य पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकी कान्छी सुपुत्री हुन् । 

अमात्य विश्वकै सर्बाधिक धनीहरुको सूची निकाल्ने फोर्ब्सको ‘फोर्ब्स ३० बर्ष मुनीका ३०’ २०१८ सूचीमा पर्न सफल भएकी थिइन् ।  उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा छनोट गरेको थियो । अमात्य महिलाको आर्थिक सशक्तिकरण सम्बन्धि युएन महिला बिश्व च्यामपियन(बिजेता)मा सेवारत छिन् । 

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावरमेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी(डब्लुपीपीसी)सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार,नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् । 

यसै गरि उनले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा समेत जिम्मेवारी पाइसकेकी छन् ।

तस्बिर कृतज्ञता : दि डायना अवार्ड

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग