2026-09-08 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साधारण सभा तथा स्वागत कार्यक्रम सम्पन्न

भदौ १६, अमेरिका | संयुक्त राज्य अमेरिकाको ईलिनोइस् राज्य, कार्वोन्डेल स्थित साउर्थन ईलनोइस् युनिभर्सिटिमा विभिन्न संकायमा स्नातक, स्नाकोत्तर र विद्यावारिधीमा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा संगठन नेपाली विद्यार्थी समाजले यसै वर्ष युनिभर्सिटिमा भर्ना भएका नयाँ नेपाली विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम नेपाली विद्यार्थी समाज (२०१८/२०१९)का अध्यक्ष संजिव रेग्मीको नेतृत्वमा भएको थियो । 

यस विश्वविद्यालयको सेन्टर फर ईन्टरनेशनल एजुकेशनकाका डाइरेक्टर डा. एन्ड्रु कार्भर र समुदाय र शैक्षिक कार्यक्रम संयोजक एवम् नेपाली विद्यार्थी समाजका एडभाईजर डा. इलेन कोन्राडको उपस्थितिमा सम्पन्न यस कार्यक्रमले आगामी वर्ष (२०१९/२०२०)को नयाँ वोर्ड सदस्यको लागि निर्वाचन पनि यसै कार्यक्रम मार्फत गरेको छ । रसाएन शास्त्रमा विद्यावारिधी गरिरहनु भएका कृष्ण पाण्डे आगामी वोर्डको अध्यक्षमा निर्वाचित भएका छन् भने वोर्डको उपाध्यक्षमा प्रविन पराजुली, सचिव कृष्ण शर्मा, कोषाध्यक्ष एलिजा तन्डुकार, सोसल चेयर बिदुर भुर्तेल  र सदस्यहरु प्रशान्त बराल, ईकबाल रइन र राजु झा निर्वाचित भएका छन् । 

यसै वर्ष मात्र यस विश्वविद्यालयमा विभिन्न संकायमा गरि २२ जना नयाँ नेपाली विद्यार्थीहरु स्नातक, स्नाकोत्तर र विद्यावारिधीको लागि भर्ना भएका छन् ।  नेपाली विद्यर्थी समाज कार्वोन्डेलले प्रत्येक वर्ष नयाँ नेपाली विद्यार्थीहरुको स्वागत, तिज दशैँ तिहार होली लगायतका नेपाली संस्कृति झल्किने पर्वहरु मनाउनका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग