2026-09-08 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईसीसी महिला फोरम संयोजकमा दक्षिण कोरियाबाट पनि उम्मेदवारी

अर्जुन बराल | भदौ २३, सोल | गैह्र आवासिय नेपाली संघ(एनआरएनए) को यहि अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौको हायात होटलमा हुँन गईरहेको नवौ बिश्व सम्मेलनको मिति नजिकिदै गर्दा एनआरएनए आईसिसिको बिभिन्न पदमा नेतृत्वका लागि आकांक्षीहरुले आ–आफनो दावेदारी प्रस्तुत गर्न थालेका छन् भने अहिले बिभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वयन परिषदले अधिबेशन गदै नयाँ नेतृत्व चुन्ने क्रम जारि नै छ ।

यसैबिच एनआरएनएको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि हङकङमा सम्पन्न क्षेत्रीय भेलाको साथै अस्ट्रेलियामा सम्पन्न भएको ओसेनिया क्षेत्रीय भेला पश्चात सतहि रुपमा आकांक्षीहरु बाहिर देखिन थालिसकेका छन् भने नेतृत्वका लागि दाबेदारीहरु बढेसँगै एसिया प्यासिफिक महिला फोरम संयोजक जुनु गुरुङ्गले पनि आईसीसी महिला फोरम संयोजकमा उम्मेदवार घोषणा गरेकी छिन् ।

लामो समयदेखि दक्षिण कोरियामा रहेर सफल ब्यबसायिक महिलाका रुपमा आफुलाई चिनाईसकेकी जुनु गुरुङ्ग “वुमन फर वुमन” दक्षिण कोरियाकी पूब अध्यक्ष हुँन भने दक्षिण कोरियाको सरकारले प्रदान गर्ने मानार्थ सिटिजन सिपबाट सम्मानित महिला हुँन् । गुरुङ्गले आफुले एनआरएनए एनसीसी गठन भएको सबैदेशमा महिला फोरम संयोजकको हैसियतमा रहँदा महिला फोरम गठन गर्न सफल भएकोमा खुसि ब्यक्त गर्दै त्यसका निम्ति सबैप्रति आभार प्रकट गरेकी छिन् ।

यसै बिच गुरुङ्गले एसिया प्यासिफिक क्षेत्र र मध्यपूर्बका मजदुर तथा महिलाहरुको दर्दनाक अबस्थाको न्युनिकरण सहित महिलाका आवाजलाई शसक्त रुपमा उठाई उनीहरुको आर्थिक तथा ब्यबसायीक पाटोलाई सक्षम बनाउँन प्रयास सँगै सबैतिर छरिएर रहेका महिलाहरुको संञ्जाललाई अझ बिस्तार गरि फराकिलो बनाउँने प्रतिबद्धता सहित एनआरएनएलाई अझ गतिशिल र सबैको अपनवत्व हुँने गरि सबै क्षेत्रको प्रतिनिधित्वको सुनिश्चितताको लागि जोड दिन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग