2026-07-25 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने भन्दै बुझाए ज्ञापन पत्र

असोज ३, वासिंगटन डिसी | विदेशमा रहेका नेपालीहरुलाई मतदानको तत्काल प्रबन्ध मिलाउन नेपाली जनसम्पर्क समिति,अमेरिकाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । सर्वोच्च अदालतले एक वर्ष पहिले नै यस्तो व्यवस्था गर्न सरकारका नाममा आदेश समेत जारी गरिसकेको छ । 

तर सर्वोच्च अदालतको आदेशलाई समेत वर्तमान सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै जनसम्पर्क समितिले अब कुनै बिलम्ब तुरुन्त आवश्यक पहल गर्न सरकार समक्ष ज्ञापन पत्र पेश गर्दै आग्रह समेत गरेको छ ।नेपाली कांग्रेसले भदौ २४ देखि जारी राखेको राष्ट्रिय जागरणको दोश्रो चरणको कार्यक्रम अन्तर्गत विदेशस्थित जनसम्पर्क समितिले सम्बन्धित मुलुकका दूतावास वा कन्सुलेट अफिसमार्फत यस्तो ज्ञापन पत्र बुझाउन निर्देशन जारी गरेको छ ।

सोही निर्देशन अनुसार बिहीवार नेपाली जनसम्पर्क समिति,अमेरिकाले वासिंगटन डिसीस्थित नेपाली राजदूतावास मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोही ज्ञापन पत्रमा सर्वोच्चको आदेश अनुसार तत्काल मतदानको प्रबन्ध मिलाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको समितिको तर्फबाट नेतृत्व गर्दै दूतावास पुगेका समितिका केन्द्रीय सभापति आनन्द विष्टले जानकारी दिएका छन् ।

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका सभापति विष्ट नेतृत्वको एक प्रतिनिधि मण्डलले राजदूत डा अर्जुन कुमार कार्कीलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र हस्तान्तरणको सुरुवातमा समितिका महासचिव मुनिन्द्र नेम्वाङ्गले ज्ञापन पत्रका बारे संक्षिप्त चर्चा गरेका थिए भने समितिका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमूख गौतम दाहालले ज्ञापन पत्र पढेर सुनाएका थिए ।

सभापति विष्टले ज्ञापन पत्र बुझाएपछि राजदूत डाक्टर कार्कीले समितिको तर्फबाट बुझाइएको ज्ञापन पत्र नेपाल सरकार समक्ष तत्काल पुर्याउने प्रतिवद्धता व्यक्त गरे । नेपाली जनसम्पर्क समिति,अमेरिकाले बुझाएको ज्ञापन पत्र विषयमा गैर आवासीय नेपाली संघ(एनआरएन) अमेरिकाले समेत ऐक्यबद्धता जाहेर गरेको छ ।

एनआरएनले दोहोरो नागरिकताको मागलाई निरन्तर उठाई रहेको सन्दर्भ जोड्दै ज्ञापन पत्र बुझाउने प्रतिनिधि मण्डलमा सहभागी एनआरएन अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्थले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश कार्यान्वयन गर्न सरकारलाई खबरदारी गर्ने गरी समितिले गरेको पहलको सह्राहना गर्दै समितिले उठान गरेको विषयमा ऐक्यबद्धता जाहेर गरेका थिए ।यसैगरी एनआरएन अमेरिका,मेरिल्याण्ड च्याप्टरका अध्यक्ष डोलनाथ घिमिरेले पनि जनसम्पर्क समितिले उठान गरेको एजेन्डामा ऐक्यबद्धता जाहेर गरे |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक